तनहुँ, फागुन २८- मनकामना मन्दिरको दर्शन गरी फर्किएका तीर्थयात्री लिएर आउँदै गरेको बस दुर्घटना हुँदा शनिवार साँझ गोरखामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ।मन्दिरबाट यात्रु लिएर फर्किदै गरेको ना३ख ७०९८ नम्बरको बस मनकामना गाविस ४ ढाडटारीमा दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांश लमजुडका बासिन्दा छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीर्थयात्रीलाई थप उपचारका लागि भरतपुर शिक्षण अस्पताल र अन्य घाइतेको आँबुखैरेनी स्थित मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बस सडकदेखी करिब ६० मिटर तल खसेको थियो।

7:11 AM
namaste Tanahun

0 comments:
Post a Comment