WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अल कायदाका प्रमुख" ओसामा बिन लादेन "को मृत्यु

ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्।

काठमाडौं, १९ बैशाख ('नमस्ते तनहुँ')
अल कायदाका प्रमुख तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यू भएको छ। अमेरीकी अखवारहरूसहित अल जजिराले समेत यस खबरको पुष्टी गरेको समाचार प्राप्त भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ओसामा बिन लादेनको मृत्यू शरिर फेलापरेपछी उनको मृत्यू पुष्टी भएको छ। यस सम्बन्धमा ओसामा बिन लादेनको डिएनए परिक्षण गरेपछी मात्र घट्नाको पुष्टी गरेको थियो। अमेरीकी सैनिकहरूले अघिल्लो हप्ता पाकिस्तानमा अल कायदा माथी आक्रमण गर्दा ओसामा बिन लादेन मारिएका थिए। तर अमेरिकी अधिकारीहरूले यस घट्नाको पुर्ण बिश्वस्त नभएसम्म यसबारेमा कुनै समाचार निस्कन दिएका थिएनन्। अब यस घट्नाको पुर्ण सत्यता पुष्टी हुनासाथ अमेरिकी राष्ट्रपती ओबामा आफैले ओसामा बिन लादेन मारिएको पुष्टी गरेका छन्।
यस सम्बन्धमा अमेरिकी राष्ट्रपती ओबामाले भर्खरै टेलिभिजन मार्फत वक्तव्य समेत दिर्इसकेका छन्। उनले आफ्नो वक्तव्यमा ओसामा बिन लादेन पाकिस्तानमा लुकेर बसेको एक बर्षदेखी थाहाँ भएतापनि उनी लुकेको वास्तविक स्थान थाँहा भएको थिएन। गत अगष्ट ६ मा ओसामा बिन लादेन रहेको ठाँउ पत्ता लगाएपछी उनी माथी हमला गर्न पाकिस्तानमा रहेको अमेरिकी टोलीलार्इ आदेश दिएको थियो। यस हमलामा पाकिस्तानको समर्थन रहेको तथा कुनै पनि अमेरिकी सेनाको हताहत भएको छैन। ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्। ओबामाका अनुसार ओसामा बिन लादेन कुनै इस्लामिक धार्मिक नेता नभएर एक आतंकवादी मात्र भएको समेत बताएका थिए। उनले अगाडी अमेरिका इस्लाको बिरूध्द नभएर आतंकवादको मात्र बिरोधी भएको समेत स्पष्ट पारेका थिए। ओबामाले यस घट्नाले अमेरिकाको आतंकवाद बिरूध्दको युध्दमा एक ठुलो बिजय भएको समेत बताएका छन्।
खबरका अनुसार ओसामा बिन लादेन पाकिस्‍तानको इस्‍लामाबाद नजिकै सीआईएले चलाएको एक अपरेशनको शिकार बनेको छ। उक्त अपरेशनमा लादेनका साथ उनको २० नजिकका समर्थकहरू समेत मारिएका छन्। यस घट्नालार्इ अमेरिकीहरूले ठुलो उपलव्धीका रूपमा लिएका छन्। घट्नाको पुष्टीसंगै बिश्वभर यस खबरले ठुलो तहलका मच्चाएको छ।
१० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका ओसामा बिन लादेन, अल कायदा नामक आतंकी संगठन का प्रमुख हुन। उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए। ९ सितंबर २००१ का दिन उनको संगठनले अमरीकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी बिश्वभर यस संगठन बारेमा चर्चा चलेको थियो। यस संगठनले बिश्वभर आतंकी गतिविधिहरू संचालन गरिरहेको छ।

अन्जानको “नजलाउ” इजरायलमा विमोचित

इजरायल । नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली “नजलाउ” संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमकाबीच विमोचन गराएका छन ।
इजरायलको तेल अभिभमा भएको नया बर्षको कार्यक्रमको केही दिनपछि अप्रिल २४ तारिख आइतबार संसारकै होचो भूभाग मृतसागरमा पुगेका उनले त्यहीँ उपस्थित भएका सैयौं दर्शकहरुबीच पहिलो एल्वम विमोचन भएको घोषणा गरेका हुन् ।
२१ बर्षका यी गायकले सोह्र बर्षकै उमेरमा ‘शायद गल्ती’ बोलको गीत रेकर्ड गराएका थिए । म्युजिक मेनिया ईन्टरटेनमेन्टको प्रस्तुति रहेको, पप रयाप र रोमान्चक, सेन्तिमेंटल सबै प्रकारका स्वाद रहेको यो सांगीतिक एल्वममा उनको एउटा आफ्नै शिर्ष गीत ‘नजलाउ’को रिमिक्स सहित सात वटा सुमधुर गीतहरु रहेका छन ।
नयाँ बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित कार्कक्रममा जिरे खुर्सानी साँझका लागि नेपालबाट आएका जिरेखुर्सानीका कलाकारद्वय किरणकुमार केसी र शिवहरि पौडेलसँगै डल्लाकोटी यहाँ आएका हुन् । सांस्कृतिका कार्यक्रममा भाग लिगेपछि उनले इजरायलका अन्य बिभिन्न शहरहरुमा सांगीतिक प्रस्तुति देखाएर दर्शकहरुलाई पनि नचाएका थिए ।

विश्वकै मोटी महिला बन्ने सपना


आजभोलि युवतीहरु जिरो फिगर भनेपछि हुरुक्कै हुन्छन् । मोटोपनासँगै शरिर भद्दा देखिने हुदा सुन्दरी बन्ने होडमा युवतीहरु डाइटिङ् गर्ने तथा अन्य खाना ब्यवहारमा सतर्कता अपनाउछन् । तर फेसन र जिरो फिगरको जमानामा अपवाद बनेकी छिन् अमेरिकी महिला डोना सिम्पसन । उनी अहिले संसारकै मोटी महिला बनेर नाम कमाउने कसरतमा छिन् ।
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्‍यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।

जीमखानामा नाङ्गै ब्ययाम

सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।
यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’
‘इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।
यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’
तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor