WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

लादेन मारिएको दृश्य "ह्वाइट हाउसमा लाइभ" हेरेका थिए ओबामाले

२४ घण्टा भइसक्यो, तर अझै पनि विश्वभरका मिडिया ओसामा बिन लादेनको मृत्युको खबर पछ्याइरहेका छन्, त्यसपछाडिका कुरा खोतलिरहेका छन्। बेलायती पत्रिका सनका अनुसार, लादेन मारिएको दृश्य ह्वाइट हाउसमा राष्ट्रपति बाराक ओबामाले लाइभ हेरेका थिए। लादेनलाई मार्न गएको अमेरिकी सेनाको विशेष समूहले आफ्नो टाउकोमा क्यामेरा जडान गरेका थिए, त्यही क्यामेराबाट प्रत्यक्ष प्रसारण भएको दृश्य ओबामा र उनका निकट सहयोगीहरुले हेरेका रहेछन्।
पाकिस्तानको अब्बोत्ताबादमा १० लाख अमेरिकी डलरको लगानीमा बनेको एउटा तीन तल्ले घर थियो। निकै सुरक्षा अपनाइएको। अमेरिकी जासुसी एजेन्सी सीआइएलाई चार वर्षअघि नै त्यो घरबारे शंका लागेको थियो। त्यो घरमा फोन र इन्टरनेटको लिङ्क छैन भन्ने थाहा पाएपछि त सीआइए झनै शंकालु बन्यो। आफू कहाँ बसेको हो स्याटेलाइटले ट्र्याक गर्छ भनेर होला बिन लादेनले यस्ता विद्युतीय सञ्चार चलाउँदैन थिए।
घरमा बस्ने बिन लादेनै हो भन्ने निधो भएपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ आक्रमण गर्ने निर्देशन दिए। सुरुमा त त्यहाँ बम खसाउने कि भन्ने कुरा भएको थियो। तर बम हान्दा बस्तीका अरु पनि मर्न सक्ने भएकोले स्थल कारबाही गर्ने निर्णय भएको रहेछ।
आक्रमणको आदेश पाएपछि चार वटा नाइटभिजन हेलिकप्टर उडे बिन लादेन बसेको घरमाथि। दुई दर्जन अमेरिकी एलिट स्पेसल फोर्सका सैनिक हेलिकप्टरको डोरीबाट घरको छतमा झरे। भिडन्त भयो। उनीहरु लादेन बसेकै कोठामा पुगे। एक अरबी भाषा जान्ने सैनिकले आत्मसमर्पण गर्न भने, तर उनले मानेनन्। उनी आफ्नी पत्‍नीको पछाडि गए, मानव ढाल बनाउने प्रयास थियो त्यो उनको। उनी थिइन् लादेनकी कान्छी स्वास्नी २७ वर्षकी यमनमा जन्मिएकी अमल अहमद अल सदाह।
एक सैनिकले प्वाइन्ट ब्ल्याङ्क रेन्जमा दुई आँखाको बीचमा गोली हाने। अर्को गोली उनको छातीमा लाग्यो।
सब दृश्य हेरिरहेका थिए ओबामाले ह्वाइट हाउसमा ती सैनिकको हेल्मेटमा भएको क्यामेराबाट। लादेन मारिएपछि ओबामाले ‘वि गट हिम’ भनेछन्।
४० मिनेटमा काम तमाम गरेर लादेनको शव लिएर उनीहरु फर्किए।
शव लादेनको प्रमाणित भएपछि ओबामाले राष्ट्रको नाममा सम्बोधन गरे।
लादेनको शवमा गह्रुँगा ब्याग बाँधियो र समुद्रमा छाडियो। अन्त्येष्टि सम्पन्न। र, लादेनलाई समाप्त गर्ने जेरोनिमो कोड नाम दिइएको अपरेसन पनि सकियो। (फोटो, स्रोतः सन)
अमेरिकाको न्युयोर्क टाइम्सले दिएको जानकारी भने अलि बेग्लै छ-
राष्ट्रपति ओबामा र उनका सहयोगीहरु ह्वाइट हाउसको सिचुएसन रुपममा भेला भएका थिए। उनीहरुले अपरेसन के भइरहेको छ भन्ने बारे तत्काल जानकारी पाइरहेका थिए। भिडियो स्क्रिनमा सीआइएका निर्देशक Leon E. Panetta थिए। उनले पाकिस्तानमा के भइरहेको छ भनी आफ्नो मुख्यालयबाट जानकारी दिँदै थिए। बिन लादेनलाई जेरोनिमो कोड नाम दिइएको थियो।
“उनीहरु लक्ष्यमा पुगे”, सीआइए निर्देशकले भने।
धेरै मिनेट बिते।
“हामीसँग जेरोनिमको भिडियो छ”, उनले भने।
केही मिनेटपछि उनले भने, “जेरोनिमो एकिया”
एकिया अर्थात् EKIA‍‍= Enemy Killed In Action
बल्ल राष्ट्रपतिले बोले- “वि गट हिम”

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor