WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

राष्ट्रिय खबर

माओवादीका कारण संविधान नबन्ने खतराः पौडेल




काठमाडौ चैत । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीका कारण जेठ १४ मा संविधान नबन्ने खतरा बढ्दै गएको बताउनु भएको छ । शान्ति प्रकि्रया अगाडि बढाउन नचाहानु तथा संवैधानिक समितिको उपसमितिलाइ पंगु बनाइएकोले संविधान नबनाउने माओवादीको नियत छर्लङ बन्दै भएको उहाँको दावी थियो । संसदीय दलको कार्यालय िसंहदरवारमा पत्रकारहरुसँग कुरागर्दै नेता पौडेलले शान्ति प्रकि्रयावारे ठोस निर्णय गर्न माओवादी राजी नभएको बताउनु भयो । जेठ १४ मा संविधान जारी गर्ने माओवादी छाटकाट देखिएन पौडेलले भन्नुभयो-त्यसवाट माओवादीलाई उम्किन हामी दिदैनौ । माओवादी जनसेनाका लडाकूलाइ विशेष समिति मातहत ल्याउन गरिएको कार्यक्रम राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायलाई झुक्काउने चाल भएको पौडेलको आरोप थियो । उहाँले माओवादी लडाकूलाइ व्यबहारिक रुपमै विशेष समिति मातहत ल्याउन सरकारसँग माग गर्नुभयो ।

कुवेत गएका' थुप्रै युवती हराए


       बर्दिया, चैत २२- विदेश जानुअघि एक वर्षपहिले गुलरिया-१ बेलगाडीकी १७ वर्षीया राजकुमारी चौधरीले बुबाआमालाई भनेकी थिइन्, 'पैसा कमाएर टायल किन्ने पैसा पठाइदिन्छु, घर छाउन।'
आफ्नी 'राजकुमारी' को विदेशमा कमाएर पैसा पठाउने ढिपी बुबाआमाले टार्न सकेनन्। खरको छानाबाट बर्सेनि बर्खामा पानी जो चुहिन्थ्यो! गाउँकै दलाल नारायण सुनार र डिलाराम पौडेलले राजकुमारीलाई 'कुवेत लगिदिने' भन्दै थिए। उनीहरूले बुबाआमालाई फकाए पनि, 'कुवेतमा राम्रो काम पाइन्छ, कामअनुसारै पारिश्रमिक पनि।'

                   'पुगेकै भोलिपल्ट फोन गर्छु' भन्दै दलालसँग 'कुवेत हिँडेको' एक वर्ष भइसक्दा पनि छोरीले फोन गरिनन्। अहिले छोरीको अत्तोपत्तो छैन। चिन्तित बुबाआमालाई शंका लागेको छ, 'कतै दलालहरूले छोरीलाई त बेचेनन्!'
छोरीले पैसा पठाउली भन्ने आशामा बुबा देवारीले ऋण काढेरै घरमा नौ महिनाअघि टायल लगाए। 'अहिलेसम्म छोरीको पत्तो छैन, ऋण तिर्न पैसा पनि छैन,' उनले भने।
आमा देवीकुमारी भन्छिन्, 'छोरीको फोन अहिले आउला, भरे आउला भन्दै एक वर्ष बितिसक्यो।' पैसा कमाएर घरमा भरथेग गरूँला भन्ने छोरी सम्पर्कविहीन भएपछि चौधरीदम्पती अहिले छोरी खोजिदिन विभिन्न संघसंस्था चहारिरहेका छन्, केही पत्तो लाग्ला कि भन्दै। कहिलेकाहीँ गाउँमा झुल्कने सुनार र पौडेललाई 'छोरी कहाँ गएकी' भनी सोध्दा उनीहरू पनि 'खोजिरहेको' भन्दै उम्कने गरेको बुबाआमा गुनासो गर्छन्।
गुलरिया नगरपालिका वरपरबाट मात्र विदेश जान भन्दै घर छाडेका २६ युवती अहिले बेखबर छन्। आर्थिक अवस्था कमजोर भएका ती युवतीलाई कुवेत लैजाने भन्दै दलालले दिल्ली वा मुम्बई पुर्‍याउने र त्यसपछि उनीहरूसँग सम्पर्कै नहुने प्रहरी बताउँछ। बर्दिया प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक कल्पना रानाका अनुसार दुई वर्षभित्र यी युवती हराएका हुन्।
गुलरिया-१ बेलगाडीका बुद्धिराम थारू पनि एक वर्षयता निराश छन्। आर्थिक संकटमा परेपछि उनले चार बच्चालाई आफैं स्याहारसुसार गर्ने भन्दै २९ वर्षीया पत्नी राजकुमारी थारूलाई 'कुवेत' पठाएका थिए। 'गत वर्ष चैतमा कुवेत जान भनी दलालसँग दिल्ली गएकी थिइन्, त्यसपछि पत्तो छैन,' थारूले दुःखी हुँदै भने, 'धनको आशले साना बालबालिका छाडेर पत्नीलाई विदेश पठाएँ, अहिले यस्तो भयो!' उनलाई पनि सुनार र पौडेलले नै कुवेत लैजाने भन्दै दिल्ली पुर्‍याएका थिए।
देवारीका अनुसार विदेशबाट रकम पठाएपछि १० हजार दिने सर्तमा दलालले दुवैलाई विदेश पठाएका हुन्। पासपोर्ट बनाउँदा लाग्ने खर्चसमेत दलालले ब्यहोरेको उनले बताए।
पछिल्लो समयमा बर्दियाका गाउँगाउँबाट राम्रो कमाइको आशामा विदेश जाने भन्दै महिला हराउने क्रम बढेको प्रहरी बताउँछ। 'हराउने महिला कहाँ जान्छन् भनेर पत्ता लगाउन निकै गाह्रो भएको छ,' रानाले भनिन्, 'कतिपय महिला भाषाको समस्याले पनि सम्पर्कविहीन भएका हुनसक्छन्।'
महिला हराउने क्रम बढेपछि भारतसँग सीमा जोडिएका बलैगाउँ र कालिका नाकामा जाँच कडा पारिएको उनले बताइन्। विदेश पठाउने दलाल सम्पर्कविहीन भएकाले हराएका महिलाको खोजी गर्न गाह्रो परेको प्रहरी बताउँछन्। गुलरिया नगरपालिकाअतिरिक्त सानोश्री, कालिका, बाँसगढी, राजापुरलगायतका गाउँबाट महिला हराएका छन्।

प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास



image





काठमाडौं,  चैत
बालुवाटारस्थित प्रधानमन्त्रीनिवासभित्रै राष्ट्रिय अनुसन्धान विभागका डिएसपी अनेससिंह ठकुरीले विभागकै एक महिलामाथि बलात्कारको प्र्रयास गरेका छन् । तर, डिएसपीलाई संरक्षण गर्दैर् पीडित महिलाको सरुवा भएको छ ।
फकाउँदा शारीरिक सम्पर्क राख्न नमानेपछि डिएसपी ठकुरीले अधिकृतस्तरकी करिब ४० वर्षीया महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेका हुन् । पीडित महिलाले प्रधानमन्त्री सचिवालय तथा विभागमा मौखिक रूपमा जाहेरी परे पनि त्यसको सुनुवाइ भएन ।
घटना गत ८ फागुनको हो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) ठकुरीले यौनसम्पर्कका लागि फकाएका थिए । तर, नमानेपछि ती महिला प्रहरीमाथि बलात्कार गर्न खोजेका थिए ।

महिला रुँदै कराएपछि घटना बाहिर आएको थियो । बालुवाटार स्रोतका अनुसार घटनाबारे बालुवाटारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई जानकारी छ । पीडित महिलाले सबैसँगै रुँदै घटनाको विषयमा गुनासो पोखेकी थिइन् । जुन कुरा प्रधानमन्त्री झलनाथ खनालसम्म पुगिसकेको बालुवाटार स्रोतको भनाइ छ ।
घटना भएको दिन रुँदै पीडित महिला आफू त्यहाँ काम नगर्ने बताउँदै प्रधानमन्त्रीनिवासबाट निस्किएकी थिइन् । भोलिपल्ट उनको त्यहाँबाट सरुवा गरिएको थियो । नयाँ पत्रिकाले बुधबार पीडित महिलासँग कुराकानी गरेको थियो । तर, उनले यो विषयमा कुरा गर्न मानिनन् । उनको गोपनीयताको अधिकारलाई ख्याल गर्दै नाम र अहिले सरुवा भएको ठाउँ सार्वजनिक गरिएको छैन ।
डिएसपी ठकुरीले भने आफूले ती महिलामाथि बलात्कारको प्रयास नगरेको बताए । पीडित भएको भनिएकी महिलासँग कामको विषयमा विवाद भएपछि आफ्नो चरित्र हत्या गराउन लागिएको उनको भनाइ छ । पीडित महिलाले भने घटनाको बारेमा बोल्न चाहिनन् ।
डिएसपी ठकुरी चार महिनाअघि मात्र बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा सरुवा भएका थिए भने पीडित महिला दुई महिनाअघि सरुवा भएकी थिइन् । तर, त्यहाँ गएदेखि नै उनले ती महिलालाई शारीरिक सम्बन्धका लागि दबाब दिँदै पटकपटक दुव्र्यवहार गर्दै आएका थिए । 'कहिले पाँचखाल घुम्न जाऊँ, कहिले होटलमा खाजा खान जाउ भन्दै डिएसपीले फकाउने गरेका थिए,' पीडित महिलाका एक सहकर्मीले नयाँ पत्रिकासँग भने, 'तर उनको प्रस्ताव नमानेपछि बलात्कार प्रयास गरेको उनले बताएकी थिइन् ।'

राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार त्यससम्बन्धी उजुरी अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्टकोमा समेत पुगेको छ । तर, डिएसपी ठकुरी भट्टको निकट व्यक्ति भएकाले उनलाई संरक्षण दिएको स्रोतको दाबी छ । तर, भट्टले घटनाको बारेमा आफूलाई केही थाहा नभएको दाबी गरे ।
स्र्रोतका अनुसार पीडित महिला प्रहरीले प्रमुख भट्टकी श्रीमतीसँग आफूमाथि भएको अन्यायको विषयमा गुनासो पोखेकी थिइन् । उनले डिएसपी ठकुरीलाई कारबाही गराउन पहल गर्ने बताएकी थिइन् ।
अनुसन्धान विभाग स्रोतका अनुसार यसअघि पनि महिलाका विषयमा डिएसपी ठकुरीमाथि पटकपटक कारबाही भइसकेको छ । गत वर्षमात्र अनुसन्धानकै एक प्रहरी अधिकृतकी श्रीमतीमाथि अभद्र व्यवहार गरेकोमा उनी विवादमा तानिएका थिए । तर, विभागका प्रमुख भट्टले उनलाई जोगाएका थिए ।
स्रोतका अनुसार विभागका निवर्तमान प्रमुख देवीराज शर्माले त एकपटक बर्खास्तको प्रक्रिया नै अगाडि बढाएका थिए । गुण्डागर्दीमा संलग्न व्यक्तिसँग साँठगाँठ गरेकोलगायतका अभियोगमा उनलाई त्यसवेला बर्खास्त गर्न लागिएको स्रोत बताउँछ ।


तर, ठकुरी नेपाल प्रहरीका तत्कालीन एआइजी हेमबहादुर सिंहका निकट व्यक्ति भएकाले उनकै दबाबमा कारबाही रोकिएको थियो । पटकपटक भएका कारबाहीकै कारण उनको डिएसपीमा बढुवा पनि ढिला भएको थियो । डिएसपी ठकुरीले भने आफ्नो बद्नाम गराउन गलत हल्ला फैलाएको दाबी गरे ।

काठमाडौंसहित २८ नगरपालिकाको पानीमा हैजाका जिवाणु

चैत्र, काठमाडौं । काठमाडौं उपत्यकामा वितरित खानेपानीमा आउँ र हैजाको जिवाणु भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले गरेको अध्ययनअनुसार जनस्वास्थ्यका दृष्टिले काठमाडौं उपत्यकामा वितरित खानेपानी असुरक्षित रहेको छ ।
पाइप र ट्यांकरबाट वितरित पानी तथा बोतल र जारमा बिक्रीका लागि राखिएको पानीको नमुना परिक्षण गर्दा हैजा र आउँका जिवाणु भेटिएको नाष्टका विज्ञान महाशाखा प्रमुख डा. दिनेश भोजुले जानकारी दिनुभयो ।
यसैगरी वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)ले काठमाडौं उपत्यकासहित नेपालका २८ नगरपालिकामा वितरित खानेपानी पनि पीउनयोग्य नरहेको महाशाखाले जनाएको छ । वितरण प्रणालीमा सावधानी नअपनाउँदा खानेपानीमा फोहरमैला मिसिएर जैविक प्रदुषण उच्च रहेको एन्फोका सूचना अधिकृत राजेश अधिकारीले जानकारी दिनुभयो ।

  

काठमाडौं,  चैत्रकेहि दिन अघि मात्रै युवा दस्ता र्सार्वजनिक गरेको माओबादीले पुनः जनसत्ता सञ्चलन गर्ने भएको छ । माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले जनतालाई राहत दिन पुनः जनसत्ता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो

उहाँले विकास निर्माण, न्यायनिसाफका साथै अन्य जनसरोकारका विषयमा जनसत्ताबाट काम थालिने बताउनुभयो । जिल्ला संगठन समितिको बैठकले केन्द्रिय कमिटीको निर्देशन बमोजिम जनसत्ता र जनअदालत गठनका साथै जनस्वयम्सेवक दर्ता निर्माण समेत गर्ने निर्णय गरेको इनचार्ज पराजुलीले जानकारी दिनुभयो ।
वाइसिएल, युवा र पार्टी कार्यकर्ता रहने उक्त दलले जनताको सुरक्षा, विकृति विसङ्गति विरुद्ध लड्नुका साथै विकास निर्माणमा सहयोग गर्न उहाँल दाबी गर्नुभयो बताउनुभयो ।

लिबियाबाट फर्किएका नेपालीलाई राहात प्याकेज

बैदेशिक रोजगार ब्यवसायि संघका अध्यक्ष प्रेमबहादुर कटुवालले लिबिया बाट फर्केका नेपालीलाई राहात प्याकेजका सम्बन्धमा नेपाल सरकारसँग छलफल भैरहेको बताउनु भएको छ । लिबियाबाट फर्केका नेपालीको अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिबिया बाट फर्केका नेपलीसँग भएको लिबियन डलर सटहिको ब्यवस्था मिलाउन पनि नेपाल सरकार सँग माग गर्नुभयो ।
यसैगरी, मध्य पूर्वमा समेत राजनैतिक संकटदेखापरेकोले भबिष्यमा आउन सक्ने जोखिम बाट बच्नका लागि नेपाल सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि तत्काल स्पष्ट नीति बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । लिवियामा अलपत्र १ हजार ७ सय ५२ नेपाली मध्ये १ हजार ७ सय ४७ जना शकुशल नेपाल फिर्ता भएका छन ,भने बाँकि ५ जना अझै लिबियामै रहेको बताईएको छ । ति मध्ये २ जना भोलि सम्ममा नेपाल आउने र अन्य ३ जना भने नेपाल फिर्ता भएपछि नेपाल सरकारले रोजगारिको ग्यारेण्टि गरेमात्रै फिर्ता हुने बताएपछि उनिहरुलाई फर्काउन अफ्ठ्यारो भएको बताईएको छ ।
लिबियामा संर्घष चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न फरेन इम्प्लोयमेन्ट एसोसियसनका सचिव नवराज के.सीको नेतृत्वमा लिविया गएको टोलिले त्यहा रहेका नेपालीलाई सकुशल उद्धार गरेको हो । के.सिले लिवियामा रहँदा त्रिपोलि र म्रि्रौटा बाट उद्धार गर्न कठिनाई उत्पन्न भएपनि अन्त्यमा आफूहरु सफल भएको बताउनु भयो ।

नेपाल:भूकम्पले अस्पताल नै लड्नेछन्


काठमाडौं, चैत - भूकम्पको जोखिमबाट बच्न विज्ञहरूले उपत्यकामा ठूल  क्षमताको आपतकालीन स्वास्थ्य सेवा माग गरिरहेकै बेला यहाँका अस्पताल भने आफैं लड्ने स्थितिमा छन्। एक सातायताको परीक्षणमा सात रेक्टर स्केलभन्दा ठूलो भूकम्प गए मुलुककै सबैभन्दा ठूलो वीर अस्पतालका ८० प्रतिशतभन्दा बढी भौतिक संरचना ध्वस्त हुने प्राविधिकहरूले औंल्याएका छन्।

परीक्षणले काठमाडौंका १४ अस्पतालमा सात वर्षअघि गरिएको प्राविधिक अध्ययनमा जुन रिपोर्ट सार्वजनिक भएको थियो त्यसमा कुनै सुधार नआएको देखाएको छ। विश्व स्वास्थ्य संगठन र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)ले संयुक्त रुपमा गरेको उक्त अध्ययन अनुसार पाटन, कान्ति, सैनिक, प्रहरी, प्रसुती गृह जस्ता पुराना भवन रहेका अस्पतालहरु सबैलाई खतराको घेराभित्र राखिएको छ।
अध्ययनमा संलग्न एनसेटका इञ्जिनियर रमेश गुरागाइँका अनुसार ७ देखि ८ रेक्टर स्केलको भुइचालो जाने हो भने उपत्यकाका घरहरुको अहिलेको अवस्थामा कम्तीमा एक लाखको मृत्यु हुने स्थिती छ। त्यसैगरि कम्तीमा तीनदेखि पाँच लाख घाइते हुने उनीहरुको पूर्वानुमान छ।
जबकि, उपत्यकाभरकै अस्पतालमा अहिलेकै अवस्थामा पनि केवल दुई देखि तीन हजार जनालाई मात्र आकस्मिक उपचार सेवा दिनसकिने क्षमता छ। भुकम्पका बेला अस्पताल स्वयं पीडित भए यो क्षमता झनै घट्न पुग्ने स्पष्ट छ।
'जोखिम न्यूनीकरणका लागि थप तयारी र सावधानी नअपनाउने हो भने, अहिलेकै अवस्थामा अस्पताल आफै गम्भीर घाइते बन्छ,' वीर अस्पतालका निर्देशक डा.बुलन्द थापा भन्छन्,, 'त्यतिबेला घाइते र विरामीको व्यवस्थापन गर्ने कि, अस्पतालको?'
इन्जिनियर गुरागाईका अनुसार ठूलो भुइँचालो आएमा मुलुकका ८० प्रतिशत ठूला अस्पताल स्वयं काम गर्नसक्ने अवस्थामा रहने छैनन्।
घाइतेको उपचार गर्ने अस्पतालको भौतिक संरचना, अभौतिक संरचना र सेवा दिनसक्ने क्षमताका आधारमा पूर्वतयारी हुनुपर्ने डा. थापा बताउछन्।
पछिल्ला दिनमा विपद व्यवस्थापन लागि वीर अस्पताललाई तयारी अवस्थामा राख्न सक्दो सक्रियता थालिसकेको उनी बताउछन्। एक सातायता वीर अस्पतालको पुराना भवनलाई दिन सकिने टेवाको अध्ययन सुरु गरिएको छ।
'त्यसका आधारमा प्रस्तावना लेख्न समेत भनिसकेको छु,' डा.थापाले भने, 'विश्व स्वास्थ्य संगठन, वेलायति सहयोग नियोगलगायतका थुपै्र अन्तराष्ट्रिय दातृ संस्थाहरु वीरको संरचना मजबुत बनाउन सहयोगका लागि तयार भइसकेका छन्।'

 

 

 

 

 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

माओबादीले पुनः जनसत्ता सञ्चालन गर्ने

 

 

 

 

 

 

 

 

 

 

 

 

उद्धारका लागि १५ नेपाली सुरक्षाकर्मी जापान पठाइँदै

सेन्दाईमा भेटिएका १ सय १५ नेपालीको सूची सार्बजनिक

काठमाडौं । सरकारले जापानका भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि सुरक्षाकर्मीको एक टोली पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका २ जनालाई जापान पठाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प तथा सुनामी पिडितहरुका लागि ५ हजार थान कम्मल पनि पठाउने निर्णय गरेको पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबार केन्द्रीय कारागारमा भएको घटनाको छानविनका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक छानविन आयोग गठन गरेको छ । आयोगमा डीआइजी कुवेर सिंह र नायवमहान्यायाधीबक्ता पे्रमराज कार्की सदस्य रहनु भएको छ ।
सेन्दाईमा भेटिएका १ सय १५ नेपाली शकुशल
जापानस्थित नेपाली राजदूतावासले सुनामीग्रस्त सेन्दाईमा हालसम्म सम्पर्कमा आएका १ सय १५ जना नेपालीको सूची सार्बजनिक गरेको छ ।
जापानबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार त्यहाँ रहेका नेपालीको अबस्था बुझ्न सेन्दाई पुगेका तोहुको बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु आशिष आचार्य, सन्दीप ढुङ्गाना र आधार लामिछानेले सेन्दाईका शिविरमा पुगेर तयार पारेको सूची दूतावासले सार्बजनिक गरेको हो ।
उनीहरुकाअनुसार अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु Sendai International Center / Multilingual Suppoert Center मा अस्थायी आश्रममा बसिरहेका छन् । त्यहां खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुचारु भएको छ ।
राजदूतावास शुक्रवारको भूकम्प तथा सुनामी क्षेत्रमा रहेका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ‘सञ्चार सम्पर्क विच्छेद भएका कारण अहिलेसम्म पनि नेपालीहरुको पूर्ण तथ्याङ्क हासिल गर्न नसकिएको भएपनि राजदूतावासले जापान सरकारको परराष्ट मन्त्रालय, प्रहरी लगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसंग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थावारे सूचना संकलन गरिरहेको छ’ दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजोसम्म सम्पर्कमा नरहेकी भूकम्पग्रस्त सेन्दाइमा रहेकी श्रीमती आङफुटी शेर्पा लगायतका नेपालीहरुसंग राजदूतावासले सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
सम्पर्कमा आएका नेपालीहरुको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

बहराइनमा मृत्यु भएका दुई नेपालीको शव पठाउन कठिनाई

चैत्र, बहराइन । खाडी मुलुक बहराइनलाई हेर्ने दूतावासको टुंगो नहुँदा त्यहाँ मृत्यु भएका दुई नेपाली कामदारको शव नेपाल पठाउन कठिनाई भएको छ । लमजुङ्ग जिल्ला जिलुना-९का २६ का देऊबहादुर गुरुङ्गको हृदयघातका कारण यही मार्च ८ तारिखमा निधन भएको थियो । यस्तै म्याग्दी जिल्ला दाबियाचौरका टीका खड्काको पनि हृदयघातकै कारण मार्च १२ तारिखमा निधन भयो ।
मृतकका परिवार र आफन्तजनले शब नेपाल पठाउन यहाँस्थित नेपाली क्लब र गैरआवासीय नेपाली संघलाई अनुरोध गरेपनि बहराइन हेर्ने दूतावास नहुँदा त्यसको कारवाही अगाडी बढन सकेको छैन् ।
पहिले साउदी अरेबियास्थित दूतावासले बहराइन हेर्दथ्यो, केही दिनअघिमात्र मन्त्रीपरिषद्ले कतारस्थित दूतावासलाई जिम्मेवारी दिएछ-क्लबका अध्यक्ष दुर्गा गिरीले अनलाइनखबरसंग भन्नुभयो-’कतारको दूतावासलाई बहराइनबाट एगि्रमो नगइसकेकाले बहराइनसंगै नेपालको सिधा सम्बन्ध बन्न सकेको छैन् । ‘
कुन दूतवासले बहराइनलाई हेर्ने भन्ने टुंगो नहुँदा उनीहरुको शव नेपाल पठाउन आबश्यक कागजात बनाउन नसकिएको गिरीको भनाई छ ।
बहराइनको जिम्मेवारी लिने दूतावासको टुंगो नहुँदा पासपोर्ट नविकरण गर्न तथा अन्य सरकारी कामबाट बहराइनमा कार्यरत नेपाली बन्चित भएका छन् । तत्कालका लागि यसअघि काम गर्दै आएको साउदीस्थित नेपाली दूतावासलाई जिम्मेवारी दिन परराष्ट्र मन्त्रालयसंग अनुरोध गरिएको गिरीले जानकारी दिनुभयो ।
यसैवीच बहराइनमा चर्किएको आन्दोलनका कारण नेपालीहरु समस्यामा पर्न थालेका छन् । आइतवारबाट मेन हाईवे, स्कुल, बजार, निजी कार्यलय पूर्णरुपमा बन्द छन भने बजार सुनसान भएको छ । उद्योगधन्दा बन्द रहेकाले नेपाली कामदारहरु कम्पनीकै होष्टलमा बसिरहेका छन् । यस्तै स्थिती भयो भने बहराइनका कार्यरत ३५ हजार नेपालीलाई समस्या पर्न सक्ने छ । घरबाट बाहिर हिड्ने स्थिती नभएकाले मनमा त्रास लिएर होष्टलमै बस्न बाध्य छन्

सुनामीका कारण वेपत्ता नेपालीको संख्या बढ्दो

नेपालीको अवस्था बुझ्न समिति गठन
शुक्रबार जापानमा आएको भिषण भूकम्प र सुनामीका कारण वेपत्ता हुने नेपालीको संख्या थपिदै गएको छ ।
टेलिफोन सम्पर्क खुलेपछि बिभिन्न संघसंस्था र आफन्तहरुले गरेको खोजीपछि उनीहरु सम्पर्कविहीन भएको खुलेको हो । पछिल्लो जानकारी अनुसार कियागी केनको सेन्दाई एरियामा रहेका काजी शेर्पा, तुलसी शेर्पा र शिव आचार्य सम्पर्कमा आउन सकेका छैनन् ।
यसैगरि सेन्दाईको ताइहाका कु मिनामीको एक भारतीय रेष्टुरेन्टमा कार्यरत चुडामणि सापकोटा, सेन्दाईमा रहेका बाबु सापकोटा र माया गुरुङसँग सम्पर्क स्थापित हुन नसकेको दूतवासद्वारा गठित संयुक्त समितिका सदस्यहरुले जनाएका छन् ।
उनीहरु उद्धारपछि कुनै शिविरमा सुरक्षित रहेको वा नरहेको बिषयमा अहिलेसम्म जानकारी आउन सकेको छैन् । त्यसक्षेत्रमा बिजुली आपूर्ति नभएको र मोवाइल पनि चार्ज सकिने अबस्था नरहेकाले उनीहरु सम्पर्कमा नआएको हो कि भन्ने अनुमान पनि गरिँदै छ ।
यस्तै शुक्रबार आएको सुनामीले एक नेपाली रेष्टुरेन्ट बगाएको छ । जापानमा रहेका नेपालीलाई पुगेको प्रभावबारे खोजी र सूचना संकलन भइरहेका बेला फुकुसिमा इवाकीमा आएको सुनामीले साइनो नेपाली रेष्टुरेन्ट बगाएको जानकारी प्राप्त भएको हो ।
रेष्टुरेन्ट संचालक रमेश देवानका अनुसार सुनामीले रेष्टुरेन्टका सवै सामाग्री बगाएको छ भने त्यहाँ कार्यरत कर्मचारी र ग्राहक भागेर अग्लो स्थानमा शरणलिन पुगेका छन् । सुनामीले कुनै मानवीय क्षती नभएको देवानले टोक्यो नेपाल डटकमलाई बताए ।
यता थकाली सेवा समिति जापानले भर्खरै दिएको जानकारीअनुसार सो समितिसंग आबद्ध सेन्दाई क्षेत्रका एक नेपाली परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।
समिति अध्यक्ष सरदकुमार गौचनले थसेसको साझा मेलग्रुपमा त्यसका क्षेत्रका सदस्यले पठाएको जानकारी उदृत गर्दै जनाएअनुसार मनोज तुलाचन र मीना तुलाचनको परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।
उनीहरु मियागीकेनको केसानुभन्ने ठाउँमा रेष्टुरेन्ट चलाएर बसेका थिए । टेलिभिजनमा देखाइएअनुसार उक्त क्षेत्र पुरै ध्वस्त पारेको देखिाएको थियो । सुनामी आउनुअघि उनीहरु भागेको वा अन्यन्त्र शरण लिइरहेको बिषयमा अहिलेसम्म जानकारी हुन सकेको छैन् । उनको छोराले सेन्दाई क्षेत्रमा शरण लिइहरेको जानकारी पाइएको गौचनले टोक्यो नेपाल डट्कमलाई जानकारी दिनुभयो ।
सो परिवारको बिषयमा कुनै जानकारी प्राप्त भएमा आफ्नो निजी इमेल वा थकाली सेवा समितिको इमेलमा सम्पर्क गरिदिनुहुन सम्पूर्ण सदस्य तथा नेपाली दाजुभाईमा गौचनले आग्रह गर्नुभएको छ ।
...JAPAN...
यसैवीच सहकर्मी सन्देश पोखरेलका अनुसार सेन्दाई सहरको हचिमानमा रहेका नेपालीहरु सकुशल रहेको जानकारी प्राप्त भएको छ । टेलिफोन सम्पर्कमा आएकी भवानी दवाडीका अनुसार दश नेपालीसहित करिव ७ सय स्थानीय नागरिकलाई हचिमान प्राथमिक बिद्यालयमा राखिएको छ । त्यहाँको वडा कार्यालयले उनीहरुलाई खाने प्रबन्ध गरिदिएको दवाडीले जानकारी दिनुभयो । पानी, ग्यास, बिजुली आपूर्ति हुन नसकेका कारण समस्या उपत्पन्न भएको छ भने मोवाइल चार्ज गर्न नसकेका कारण त्यहाँ रहेका मानिसले आफ्नो अबस्थाबारे बाहिर रहेका आफन्तलाई जानकारी दिन सकेका छैनन् ।
नेपालीको अवस्था बुझ्न समिति गठन
शक्तिशाली भूकम्प र सुनामीबाट प्रभापित क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बुझ्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको छ ।
नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजक गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी रहनु भएको छ । समितिमा जापानमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु सदस्य रहेका छन् । समितिको प्रमुख सल्लाहकारमा जापानका लागि नेपाल राजदूत गणेश योन्जन तथा सल्लाहकार गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचन रहनु भएको छ ।
समितिले राजधानी टोक्यो सहित मियागी, फुकुसिमा, देवाते, इबाराकी र चिबा प्रान्तहरुमा रहेको भ्रमण गरी त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुका साथै पिडित भटिए आवश्यक सहयोग र उद्धार गर्नेछ । समितिले शनिबारबाट काम थालिसकेको छ ।

बागलुङ लगायत धौलागिरीमा भुकम्प

बाग्लुङ, फागुन २८ -धौलागिरी अञ्चलका तीन जिल्लामा भुकम्पको महशुस भएको छ। शनिबार विहान ५ बजेर ५४ मिनेट जाँदा पर्वत, बागलुङ र म्याग्दीमा भुकम्पको धक्काको महसुस भएको थियो।जापानको मियागो शहरमा शुक्रबार ८..९ रेक्टरस्केलको भूकम्प गएको भोलिपल्ट यहाँ करिब पाँच, छ सेकेण्ड भुकम्पले कम्पन सृजना भएको हो। स्थानीय सयपत्री एफ.एम. काम गर्ने पत्रकार भाषा शर्माले समाचार बढिरहेको बेला कम्युटरको स्क्रिन हल्लेर पल्टेला जस्तो भएको बताइन्।

'समाचार बाचन गरिरहेको थिएँ,' शर्माले भनिन्,' एक्कासी कम्पनको महशुस भई कम्युटर हल्लिएपछि समाचार पढ्न असहज भयो।' पर्वत र म्याग्दीमापनि भुकम्पको महसुस भएको त्यहाँ स्थानीयले बताएका छन्।
कति रेक्टरको भुकम्पको धक्का गयो र कहाँ केन्द्र विन्दु थियो भन्ने आधिकारिक पुष्टी भने कसैले गरेको छैन।

आज सुपर मुन * डराउनु पर्दैन : वैज्ञानिकहरू

पृथ्वी र चन्द्रमा १९ वर्षयता शनिबार सबैभन्दा नजिक हँुदैछन् । नजिकै आउने भएकाले चन्द्रमा अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो -सुपर मुन) देखिनेछ । सुपर मुन औसत दूरीमा भन्दा पृथ्वीबाट ५० हजार किलोमिटर नजिक हुनेछ ।

सुपर मुनका कारण भूकम्प, सुनामीलगायत दैवीप्रकोप हुने विश्वास गरिए पनि त्यसमा सत्यता नहरकेको वैज्ञानिकहरूले बताएका

छन् । जापानमा आएको भूकम्प र सुनामीलाई सुपर देखिन लागेको घटनासँग जोडेर चर्चा गर्न थालिएपछि उनीहरूले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

'सुपर मुनको असरले समुद्री ज्वार आउनसक्ने भए पनि महाविनाशकारी घटना नै ल्याउँछ भन्नु गलत हो,' त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा.उदयराज खनालले

भने । उनका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जसलाई प्रक्रियालाई अर्थ-टाइड भनिन्छ ।

'सुपर मुनले विनाश मच्चाउने कुरा अवैज्ञानिक हो,' राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.देवीदत्त पौडेलले भने, 'चन्द्रमा पृथ्वीको निकट आउनु वा टाढा जानु एउटा नियमित खगोलीय प्रक्रिया हो ।'

चन्द्रमाले प्रत्येक साढे २९ दिनमा पृथ्वीलाई एक चक्कर लगाउँछ । यो चक्कर ५ डिग्री झुकेको लाम्चिलो गोलाकारमा

हुन्छ । लाम्चिलो गोलाकार चक्कर लगाउँदा चन्द्रमा कहिले पृथ्वीको नजिक कहिले टाढा पुग्छ । शनिबार यो पृथ्वीबाट २ लाख २१ हजार ५ सय ६७ माइलको दूरीमा हुनेछ । पृथ्वीबाट चन्द्रमाको औसत दूरी २ लाख ३८ हजार ८ सय ५७ माइल छ ।

हरेक खगोलीय पिण्डहरूले एक-अर्कालाई तानिरहेका हुन्छन् । चन्द्रमा र सूर्यले पनि पृथ्वीलाई त्यसरी नै तानिरहेका छन् । चन्द्रमा पृथ्वीको नजिकै आएपछि उसको गुरुत्वाकर्षण क्षमता बढ्न जाने भएकाले पृथ्वीमा हलचल आउन सक्ने भए पनि त्यस्तो हलचलको खासै क्षमता नहुने प्रा.डा.खनालले बताए । 'सुपर मुनको प्रभाव धेरै सामान्य हुन्छ,' नासाको गोडार्ड स्पेस प्लाइट सेन्टरका प्रमुख वैज्ञानिक डा.जेम्स गार्भिनले पनि भनेका छन् । उनका अनुसार यसमा पृथ्वीको सतहमा ठूलो हलचल ज्वारभाटा पैदा गर्न सक्ने क्षमता हँुदैन ।

सुपरमुनका बेला पृथ्वीमा दैवी विपत्ति भएका केही उदाहरण भए पनि वैज्ञानिकहरूले भने कैयन पटक केही नभएको समेत बताएका

छन् । सन् १९३८ मा सुपर मुन आउँदा न्युजिल्यान्डमा चक्रवात आएको थियो । सन् २००५ को इन्डोनेसियामा सुनामी आउनु दुई साताअघि सुपर मुन देखिएको थियो । यस्तै सन् २००४ मा एसियामा सुनामी आएको केही पछि पनि सुपर मुन देखिएको थियो । सन् १९५५, १९७४, १९९२ मा सुपर मुन देखिँदा भने मौसममा सामान्य खरावीमात्र भएको थियो ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor