WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

भुवनकी नयाँ गर्लफ्रेन्ड !

हुनत नायक भुवन केसीका गर्लफ्रेन्डका बारेमा चर्चा गर्नु त्यति सजिलो छैन, उनी कतिसँग कहाँ कहाँ देखिए भनेर हिसाव राख्न खोज्नु मूर्खता सिवाय केही हुँदैन् । तर, पछिल्लो समय भुवनले एक ‘लड्की’लाई गर्लफ्रेन्ड भन्दै सार्बजनिक कार्यक्रममा परिचयमात्र गराएनन, उनले आफुलाई गर्ने केयर गुन तिर्नै नसक्नेसम्मको निष्र्कष सुनाए ।
कुरा गत शुक्रबार बेलुकीको हो । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर सुटुक्क कुर्सीमा बसे । सुस्मितासंग सम्बन्ध बिच्छेद गरेर बसेका भुवनले कुनचाहिं युवतीको हात समातेर आए भनेर कार्यक्रममा सहभागी सवैले उनीहरुमाथि आँखा लगाइरहे । जव आयोजकले भुवनलाई ड्यासमा बोलाए तब भुवनसंगै आएकी ती युवती एक्लै कुर्सीमा बसिरहिन् ।
सवैले उनैमाथि आँखा लगाएपछि भुवनले ती युवतीलाई आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे । आफ्नी नयाँ गर्लफ्रेन्डलाई ‘बिजनेस वीमन’ भनेर चिनाएका उनले बाँकी कुरा बताउन चाहेनन् ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् ।
नयाँ चलचित्र रिलिज हुनै लागेका बेला नयाँ नयाँ पब्लिसिटी स्टन्ट गर्ने भुवनले यो पनि आफ्नो नयाँ चलचित्र ‘साथी म तिम्रो’ चलाउन गरेको स्टन्टका रुपमा पनि लिन थालेका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए ।
आइतवारका मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् । भुवनको यो चालाबाट उनी नयाँ गर्लफ्रेन्डबारे चर्चा होस भन्ने मनस्थीतिमा रहेको भन्न सकिन्छ ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor