WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँ: मलामी चढेको बस दुर्घटना हुँदा २० जना घाइते

 तनहुँ, फागुन २६- लास जलाउनका लागि मलामी चढेर आउँदै गरेको बस दुर्घटना हुदाँ तनहुँमा बिहीबार साँझ २० मलामी घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।तनहुँको अरुणोदयबाट शव लिएर आउँदै गरेको ग १ ख २१४३ नम्बरको बस अरुणोदय- ५, ओख्लेपानीमा सडकदेखी करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते मध्ये सबै अरुणोदय गाविसका बासिन्दा रहेका छन्।

तनहुँ: ट्रकको ठक्करबाट महिलाको मृत्यु "डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध"

२६ फागुन, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा ट्रकको ठक्करबाट विहीबार विहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याम्घा गाविस-९ की ५० वर्षीया मनुमाया पौडेल रहेको प्रहरीले जनाएको छ ।
चितवनको नारायणगढबाट पोखराका लागि छुटेको ना ३ ख ८२२ नम्बरको ट्रकले बाटो काट्दै गरेकी पौडेललाई बन्दीपुर-८, याम्पाफाँटमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

नेपाल-ओलीद्वारा प्रधानमन्त्रीको चियापान बहिस्कार

सरकार असफल भन्नेहरूको हेराइ नै असफल: प्रधानमन्त्री



१ वैशाख, काठमाडौं । नयाँ बर्ष २०६८ को अबसरमा प्रधानमन्त्री झलनाथ खनालले आयोजना गरेको चियापान एमाले बरिष्ठ नेताहरुले बहिस्कार गरेका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले अपरान्ह १ बजेपछि बालुवाटारमा आयोजना गरिएको चियापानमा बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली र महासचिव इश्वर पोखरेल नै उपस्थीत भएनन् ।
पछिल्लो समयमा खनालको कार्यशैलीप्रति रुष्ट रहेका नेपाल ओली पक्ष आफ्नो असुन्तुष्टि देखाउन चियापान बहिस्कार गरेको बताइएको छ । माओवादीलाई गृहमन्त्रालय नदिन दबाव दिने उदेश्यले बालुवाटार जान खोजेका नेता ओलीलाई त्यहाँ प्रवेश नदिएपछि फर्केका थिए । त्यसपछि ओली बालुवाटार गएका छैनन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने पार्टीकै बरिष्ठ नेताहरुले चियापान बहिस्कार गरेको आफुलाई ‘याद नभएको’ बताउनुभो । थापाले भन्नुभयो-कार्यब्यस्तताका कारण नआउनुभएको होला, तर आउँदिन भनेर जानकारी गराउनुभएको थिएन् ।’
चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सुवाषचन्द्र नेम्वाङ, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुको उपस्थीति थियो । कांग्रेस सभापति शुशिल कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल पनि चियापानमा उपस्थीत थिएनन् ।
हेराई नै असफलः खनाल
यसैवीच प्रधानमन्त्री खनालले सरकार असफल भयो भन्नेहरुको हेराईमै असफलता रहेको दावी गर्नुभएको छ । चियापान कार्यक्रममा उपस्थीत खनालले संचारकर्मीसंग कुरा गर्दै यो सरकार शान्ति र संबिधानको मिसनसहित गठन भएकाले मिसन पुरा नभएसम्म सरकार निरन्तर अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री खनालले पार्टीभित्रका र सत्तारुढ दलसंग सम्बन्धीत समस्या समाधान गरेर ब्यापक एकतामा आधारित सरकारको रुपमा बिकाश गर्दै लैजाने दावी गर्नुभयो ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor