WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अमेरीकि सेनाले लुकिछिपि अन्त्येष्टि गरेको खवर लादेनको मृत्यु माथि नै प्रश्न चिन्ह!

अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।

अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।

एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।

लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।

यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor