6:04 AM
namaste Tanahun
No comments
'सरकारबाट फिर्ता बोलाउन सक्ने'
काठमाडौं । नेकपा एमालेको नेपाल-ओली पक्षधर पार्टी अध्यक्ष एवं प्रधानन्त्री झलनाथ खनाल एकलौटी रुपमा अघि बढ्ने खाजेको भन्दै गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
पार्टी निर्णय विपरित पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारमा आफु निकटका मात्र सहभागी गएको तथा माओवादीलाई गृह मन्त्रालय दिन खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओेलीले त्यसको जस अपजस खनालले नै लिनु पर्ने चेतावनी दिएका हुन् । पार्टी अध्यक्ष खनालले वरिष्ठ नेता नेपाल र ओलीसँग परामर्श गरी मन्त्रीहरु चयन गर्ने पार्टी निर्णय भएपनि खनालले एकलौटी गरेको उनीहरुको आरोप छ ।
‘सोमबारको मन्त्रिपरिषद् विस्तार पार्टी निर्णय विपरित छ’ ओली निकटका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-’पार्टी निर्णयलाई उल्लंघन गर्दै जाए पार्टी अध्यक्षले गम्भीर परिणाम भोग्नुपर्छ ।’ गम्भीर परिणामबारे थप प्रष्ट पार्दै उनले भने-’ अध्यक्ष हुने भनेकै पार्टीको निर्णय कार्यान्वयनका लागि हो । पार्टी निर्णय उल्लंघन गर्ने अध्यक्ष हुन सक्दैनन् ।’ पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले पनि हिजो विस्तार गरिएको मन्त्रिपरिषद्मा सहभागी एमालेका नेताहरूको नाममा संस्थागत निर्णय नभएको बताएका छन् । उने भने- ‘सरकारको सफलता र असफलताको गुणदोष प्रधानमन्त्री स्वयम्ले लिनुपर्ने भएकाले मन्त्रिपरिषद्मा समावेश गरिएका नामहरू पार्टीबाट अनुमोदन गर्ने जोखिम उहाँ स्वयम्ले लिनुपर्छ ।’
खनालले सातबुँदे परिर्माजन गर्ने पार्टीको निर्णयलाई समेत स्वीकार नगरेको तथा माओवादीको एजेण्डामा हिडेको उनीहरुको बुझाई छ । ‘एमालेभित्रको अन्तरविरोध भनेकै एमालेलाई माओवादीमा बुझाउने कि लाकतान्त्रिक वामपन्थी पार्टीका रुपमा आफ्नै अस्तत्वमा रहने भन्ने हो’ एक केन्द्रीय सदस्यले भने-’हामी कुनै पनि हालतमा एमालेलाई विघटन हुन दिँदैनौं ।’
ती केन्द्रीय सदस्यका अनुसार आगामी रणनीति तय गर्न बैशाख १४ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठक अघि नै नेपाल-ओली पक्षधरका नेताहरुको छुट्टै भेला हुँदैछ ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-