WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

राजतन्त्रबारे निर्णय गर्न जनतालाई दिनुपर्छः ज्ञानेन्द्र

पछुतो छैन, जनतालाई कुरा बुझाउन सकिन'






 १९ चैत्र, काठमाडौं । मुलुकमा राजतन्त्र घोषणा भएको तीन बर्षपछि पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्रबारे जनतालाई निर्णय गर्न दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नीमा सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा गरे ।
राजतन्त्र समाप्त भएको तीन बर्षपछि पनि अझै राजतन्त्रबारे निर्णयको कुरा उठाएपछि सञ्चारकर्मीहरूले अझै पनि राजाका रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने जिज्ञासा राखेका थिए । शाहले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक हुने बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाई नै निष्पक्ष र स्वतन्त्र अवसर दिनुपर्छ ।’ जनताबाट चुनिएका संबिधानसभा सदस्यले नभई जनमतसंग्रहका आधारमा राजतन्त्रको निर्णय हुनुपर्ने मत राख्दै आएका पूर्वराजाले जनतालाई प्रत्यक्ष र स्वतन्त्र अबसर नदिइएकाले संबिधानसभाको निर्णयमा आफु असन्तुष्ट रहेको संकेत गरे ।
आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको भन्दै उनले भविष्यमा पनि त्यस विपरित नजाने बताए । उनले आफू पनि यो देशको नागरिक भएकोले आफ्नो विचार, चिन्ता र चासो आम नेपाली नागरिकको भन्दा फरक नभएको दावी गरे ।
पूर्वराजा शाहले नागरिकका रुपमा आफू मुलुकको अवस्थाप्रति चिन्तित रहेको भन्दै अहिले देश इतिहासको सबैभन्दा कठिन घडीबाट गुजि्ररहेको कुरा कसैबाट नछिपेको बताए । इतिहासको महान आवश्यकतामा आफ्नो जिम्मेबारी पुरा गर्न कसैले पनि लाज मान्न नहुने उनको भनाई थियो ।
अन्तराष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सत्ता हातमा लिएर गल्ती गरेजस्तो लाग्दैन भन्ने जिज्ञासामा पूर्व राजाले आफूले लिएको पहलकदमी देशको हितमा थियो भन्नेमा आफू अहिले पनि विश्वस्त रहेको बताए । आफ्नो उदेश्य जनतालाई बुझाउन असफल भएको स्वीकारेका पूर्व राजा ज्ञानेन्द्रले त्यसका लागि आन्तरिक र बाहृय सहयोग नपाएको गुनासो गरे ।
वर्तमान अवस्थामा देशको अखण्डता, सार्वभौमिकता र एकतामा कतै सम्झौता भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा पूर्व राजाले प्रत्येक नेपाली देशभक्त भएका कारण देश बचाउन सबै तयार रहेको बताए । देश बिखण्डित भएको र समाप्त भएको कल्पना गर्न पनि नसक्ने भन्दै उनले नेपाली जनतामा पूर्ण विश्वास रहेको वताए । विगतमा पनि यस प्रकारका खतराहरु टार्न सफल भएका कारण नेपालीहरु एक रहेसम्म कसैले केही गर्न नसक्ने उनको बिश्वास थियोे ।
राजतन्त्र विस्थापित भएपछि नेताहरु असफल भएकोमा तपाईलाई खुसी लागेको होलानी भन्ने प्रश्नमा पूर्व राजाले कुटनीतिक जवाफ दिए । जिम्मेवारी पाएकाहरुले आफ्नो जिम्मेवारी मिलेर पुरा गर्नुपर्ने भन्दै उनले नेताहरुले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरु पुरा गरेमा आफू सबैभन्दा खुसी हुने वताए । आफूसहित सवै नेपालीको चाहना सम्मानसहित सुरक्षित वातावरणमा बाँच्न पाउनु तथा समृद्ध र शान्त नेपाल हेर्नु रहेको पूर्वराजा शाहको भनाई थियो ।

उद्धारका लागि १५ नेपाली सुरक्षाकर्मी जापान पठाइँदै

सेन्दाईमा भेटिएका १ सय १५ नेपालीको सूची सार्बजनिक

सरकारले जापानका भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि सुरक्षाकर्मीको एक टोली पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका २ जनालाई जापान पठाउने निर्णय गरेको हो ।

बैठकले भूकम्प तथा सुनामी पिडितहरुका लागि ५ हजार थान कम्मल पनि पठाउने निर्णय गरेको पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबार केन्द्रीय कारागारमा भएको घटनाको छानविनका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक छानविन आयोग गठन गरेको छ । आयोगमा डीआइजी कुवेर सिंह र नायवमहान्यायाधीबक्ता पे्रमराज कार्की सदस्य रहनु भएको छ ।
सेन्दाईमा भेटिएका १ सय १५ नेपाली शकुशल
जापानस्थित नेपाली राजदूतावासले सुनामीग्रस्त सेन्दाईमा हालसम्म सम्पर्कमा आएका १ सय १५ जना नेपालीको सूची सार्बजनिक गरेको छ ।
जापानबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार त्यहाँ रहेका नेपालीको अबस्था बुझ्न सेन्दाई पुगेका तोहुको बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु आशिष आचार्य, सन्दीप ढुङ्गाना र आधार लामिछानेले सेन्दाईका शिविरमा पुगेर तयार पारेको सूची दूतावासले सार्बजनिक गरेको हो ।
उनीहरुकाअनुसार अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु Sendai International Center / Multilingual Suppoert Center मा अस्थायी आश्रममा बसिरहेका छन् । त्यहां खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुचारु भएको छ ।
राजदूतावास शुक्रवारको भूकम्प तथा सुनामी क्षेत्रमा रहेका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ‘सञ्चार सम्पर्क विच्छेद भएका कारण अहिलेसम्म पनि नेपालीहरुको पूर्ण तथ्याङ्क हासिल गर्न नसकिएको भएपनि राजदूतावासले जापान सरकारको परराष्ट मन्त्रालय, प्रहरी लगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसंग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थावारे सूचना संकलन गरिरहेको छ’ दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजोसम्म सम्पर्कमा नरहेकी भूकम्पग्रस्त सेन्दाइमा रहेकी श्रीमती आङफुटी शेर्पा लगायतका नेपालीहरुसंग राजदूतावासले सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
सम्पर्कमा आएका नेपालीहरुको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

बहराइनमा मृत्यु भएका दुई नेपालीको शव पठाउन कठिनाई

चैत्र, बहराइन । खाडी मुलुक बहराइनलाई हेर्ने दूतावासको टुंगो नहुँदा त्यहाँ मृत्यु भएका दुई नेपाली कामदारको शव नेपाल पठाउन कठिनाई भएको छ । लमजुङ्ग जिल्ला जिलुना-९का २६ का देऊबहादुर गुरुङ्गको हृदयघातका कारण यही मार्च ८ तारिखमा निधन भएको थियो । यस्तै म्याग्दी जिल्ला दाबियाचौरका टीका खड्काको पनि हृदयघातकै कारण मार्च १२ तारिखमा निधन भयो ।
मृतकका परिवार र आफन्तजनले शब नेपाल पठाउन यहाँस्थित नेपाली क्लब र गैरआवासीय नेपाली संघलाई अनुरोध गरेपनि बहराइन हेर्ने दूतावास नहुँदा त्यसको कारवाही अगाडी बढन सकेको छैन् ।
पहिले साउदी अरेबियास्थित दूतावासले बहराइन हेर्दथ्यो, केही दिनअघिमात्र मन्त्रीपरिषद्ले कतारस्थित दूतावासलाई जिम्मेवारी दिएछ-क्लबका अध्यक्ष दुर्गा गिरीले अनलाइनखबरसंग भन्नुभयो-’कतारको दूतावासलाई बहराइनबाट एगि्रमो नगइसकेकाले बहराइनसंगै नेपालको सिधा सम्बन्ध बन्न सकेको छैन् । ‘
कुन दूतवासले बहराइनलाई हेर्ने भन्ने टुंगो नहुँदा उनीहरुको शव नेपाल पठाउन आबश्यक कागजात बनाउन नसकिएको गिरीको भनाई छ ।
बहराइनको जिम्मेवारी लिने दूतावासको टुंगो नहुँदा पासपोर्ट नविकरण गर्न तथा अन्य सरकारी कामबाट बहराइनमा कार्यरत नेपाली बन्चित भएका छन् । तत्कालका लागि यसअघि काम गर्दै आएको साउदीस्थित नेपाली दूतावासलाई जिम्मेवारी दिन परराष्ट्र मन्त्रालयसंग अनुरोध गरिएको गिरीले जानकारी दिनुभयो ।
यसैवीच बहराइनमा चर्किएको आन्दोलनका कारण नेपालीहरु समस्यामा पर्न थालेका छन् । आइतवारबाट मेन हाईवे, स्कुल, बजार, निजी कार्यलय पूर्णरुपमा बन्द छन भने बजार सुनसान भएको छ । उद्योगधन्दा बन्द रहेकाले नेपाली कामदारहरु कम्पनीकै होष्टलमा बसिरहेका छन् । यस्तै स्थिती भयो भने बहराइनका कार्यरत ३५ हजार नेपालीलाई समस्या पर्न सक्ने छ । घरबाट बाहिर हिड्ने स्थिती नभएकाले मनमा त्रास लिएर होष्टलमै बस्न बाध्य छन्

दुर्घटनामा दुईको मृत्यु

तनहूँ, - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ३२०३ र काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ना३ ख ८३२५ नम्बरको बस सोमबार दिउँसो पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी गाविसको नारीघाटमा सोमबार दिउँसो बस एक आपसमा ठक्कर खाँदा एक चालक र एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको बसका चालक कास्कीका विक्रम श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकी सोही बसमा यात्रारत अन्दाजी २५ वर्षीया महिलाको भने सनाखत हुन सकेको छैन्। श्रेष्ठको घटनास्थल र महिलाको उपचारका लागि मेडिकल लैजादाँ मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका १ दर्जन भन्दा यात्रु मध्ये केहीको आँबुखैरेनी स्थित मेडिकल हल र केहीलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor