WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँका खबर:तनहुँका लागि पठाइएको बजेट सांसदद्वारा माइती गाउँमा खर्च

तनहुँ, चैत १६- निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आफ्नो जिल्लाको विकासका लागि संसदमार्फत् पठाइएको रकम तनहुँकी सभासदले स्याङ्जामा खर्च गरेकी छिन्। नेकपा एमालेबाट समानुपातिकतर्फकी सभासद हसिना बेगमले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपियाँ माइती जिल्ला स्याङ्जा पठाएकी हुन्।
आर्थिक वर्ष ०६७/६८ का लागि आएको १० लाख रुपियाँ उनले स्याङ्जाका विभिन्न मदरसा, मस्जिद, आमा समूह र एक विद्यालयलाई छुट्टाएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ। बेगमले ६ मदरसा विद्यालयका लागि ५ लाख ५० हजार, दुई मुस्लिम आमा समूहलाई २ लाख ८५ हजार र फूलबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपियाँको योजना कार्यक्रममा उल्लेख भएको जिल्ला विकास समिति स्याङ्जाका बुद्धिप्रसाद रेग्मीले बताए। बेगमले प्रशासनिक खर्चका लागि ५० हजार, प्राविधिक खर्चका लागि १५ हजार छुट्टाए पनि ५० हजारको योजना भने अहिलेसम्म तोकेकी छैनन्।

योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।

स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।

तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।

तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।

तनहुँ;जलेर वृद्धाको मृत्यु

तनहुँ,29 चैत । आफू सुतेको ओछ्यानमा आइतबार राति अचानक आगालागी हुँदा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ ।व्यास नगरपालिका-१० बीसघरेस्थित पाटीमा लामो समयदेखि बस्दै आएकी नाम ठेगाना खुल्न नसकेकी  ६०÷६५ वर्षकी वृद्धाको सुतेको ओछ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।साँझपख मैनबत्ती बालेर सुत्नेक्रममा मैनबत्ती ढलेर आगो लागेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

हिमाल रेमीटको रकम पीडितलाई हस्तान्तरण

तनहुँ, चैत २९- तनहुँ गजरकोट ५, पुट्टारका खड्गबहादुर विश्वकर्माले रकम पाएका छन्। हिमाल रेमिटका सौरभ बजगाईँले मुक्तिनाथ मनि ट्रान्सफरको कार्यालयमा विश्वकर्मालाई रकम बुझाएका हुन्।
दुबईमा कार्यरत खड्गका छोरा पद्म विश्वकर्माले चैत ३ गते खड्गबहादुरको नाममा पठाएको ५९ हजार ४० रुपैयाँ गाउँकै होमनाथ ढकालले नक्कली नागरिकताको प्रमाण पत्र बुझाएर रेमिटान्सबाट निकालेका थिए।

रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'

एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।

सुनामीपीडितको सहयोगार्थ नेपालीखबरले गरेको सांस्कृतिक कार्यक्रमको झलकहरु

बोष्टन । जापानको भुकम्प तथा सुनामी पिडितहरुको लागि आर्थिक सहयोग जुटाउन नेपाली खबर पाक्षिकको अमेरिकाको बोष्टनमा एक सांस्कृतिक कार्यक्र आयेजना गरेकोछ ।
अप्रिल ११ सोमवारका दिन भएको ‘वोष्टन कल्चरल नाइट’ नामक सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित व्याण्ड कर्मा व्याण्डले लाइभ कन्र्सट देखाएको थिए ।
भने पुराना प्रसिद्व पप गायक भिम तुलाधर, राम श्रेष्ठ, सहदेव बानिया, विश्वराज चौलागाई लगायत स्थानिय कलाकारहरुले गीत संगित तथा नृत्य प्रस्तुत गरेका थिए ।
‘अरुको दुःख नै आफ्नो दुःख सम्झनु मानवीयता हो’ भन्ने भावनालाई महसूस गरी कार्यक्रम आयोजना गरिएको नेपाली खबरका अध्यक्ष विजय तामाङले बताउनु भयो ।
नेपाली युवाहरुको मन जित्न सफल कर्मा व्याण्ड लगायतका टोली भिजिट नेपाल २०११ को प्रचार प्रसार गर्ने सिलसिलामा अमेरिकाको विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ ।
सांस्कृति कार्यक्रमका झलकहरु ।





जिरे खुर्सानीका साथमा इजरायलमा नेपाली नयाँ बर्ष मानाइयो

 नेपाली नयाँ बर्ष २०६८ को उपलक्ष्यमा इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार केसी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्य लगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो ।
नयाँ बर्षको शुभकामना आदान प्रदान संगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दुतावास इजरायलका राजदुतज्यु, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो ।
शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए । भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली ” नजलाउ ” लिएर नेपाल देखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो ।

इन्टरनेटबाटै कन्डम किन्न सकिने

पोखरा, वैशाख ५- तपाईलाई कन्डम किन्न औषधि पसलसम्म जान लाज लाग्छ? त्यसो हो भने अब चिन्ता नगर्नुस्। इन्टरनेटमा एक क्लिक मात्र गर्नुस्, तपाईको घरसम्मै कन्डम आइपुग्नेछ।
  विभिन्न ब्रान्डका कन्डमसहित यौनसन्तुष्टि मेटाउने यौनखेलौना किन्न चाहनेले अब औषधिपसल र डिपार्टमेन्टल स्टोर धाउनु नपर्ने भएको छ। स्विटसेक्रेट स्टोरले तपाईको घरसम्म निःशुल्क यी सामग्री पुर्‍याइदिन्छ। कम्तीमा २ हजार रुपैयाँको कुनै पनि यौनसामग्री इन्टरनेटमार्फत् किन्ने ग्राहकलाई यी सामग्री घरसम्मै पुर्‍याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए। यौनसामग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधा दिन निःशुल्क होमडेलिभरी व्यवस्था गरेको उनले बताए।
‘आफूलाई चाहिने सामग्री इन्टरनेटमार्फत् बुकिङ गरेपछि दिएको स्थानको आधारमा हामी घरसम्मै पुर्‍याइदिन्छौं,' उनले भने, ‘नजिकको सहरमा आफैं र टाढाका सहरमा कुरियरमार्फत् पठाउँछौ।' मुख्य सहरमा २ दिनभित्र र अन्य ठाउँमा ५ दिनभित्र सामग्री पठाउनसक्ने उनले बताए।
७ महिनाअघि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि आफ्ना सामग्री पुर्‍याउने बताएको छ। नेपालमा इन्टरनेटमार्फत यौनसामग्री बेच्ने आफूहरू पहिलो भएको उनले बताए।
ढकालले भारत, साउदी अरब, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामग्री पठाइसकेको बताए।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिनथालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ। ‘३० वर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,' उनले भने।
सामानबारे ग्राहकलाई परामर्श दिन बिक्रीकक्षमा महिला र पुरुष कर्मचारी खटेका छन्। महिलाले बुकिङ गरेमा महिला कर्मचारीले परामर्श दिने तथा पुरुषले सम्पर्क गरेमा पुरुषले नै परामर्श दिने ढकालले बताए।
पोखरामा बिक्री कक्ष
स्विटसेक्रेट स्टोरले पोखराको सिर्जनाचोकमा आइतरबारदेखि नयाँ बिक्रीकक्ष संचालनमा ल्याएको छ। काठमाडौंपछि उसले खोलेको यो दोश्रो बिक्रीकक्ष हो। स्विटसेक्रेटले छिट्टै इटहरीमा तेश्रो बिक्रीकक्ष खोल्ने तयारी गरेको छ। स्विटसेक्रेट स्टोरमा अहिले १ सयभन्दा बढी प्रकारका यौनखेलौना किन्न पाइन्छ। चिनियाँ कम्पनीले उत्पादन गरेका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले ७ महिनाअघि काठमाडौंमा पसल खोलेको थियो।

बलिउडमा यौन शोषन

काठमाडौं, २ बैशाख
निर्देशक दिबाकर बनर्जीमाथी यौन शोषन गर्न खोजेको आरोप लगाएपछी एक्लिएकी पायल रोहतगीको समर्थनमा मोडलबाट अभिनेत्री बनेकी काश्मीरा शाह अगाडी आएकी छिन्। कश्मीराले बलीवुडका धेरै जसो कलाकारहरू पायलबाट पर भाग्न थालेपछी पायलको समर्थनमा उत्रीएकी छिन्।
कश्मीराका अनुसार बलीवुडको बी तथा सी ग्रे़डमा काम गर्नेहरू माथी यस्तो घट्ना घटिरहने कूरा सबैलार्इ थाँहा छ। उनले अगाडी भनिन् 'मलार्इ पायल माथी निकै दुख लागेको छ, किन भने उनले बलिउडमा दिबाकर बनर्जीको करतूतलार्इ सबैको सामु ल्याउन खोज्दा उनलार्इ अन्य कलाकारहरूबाट जून सहयोग दिनुपर्ने हो सो उनले पार्इनन्।
पायलले चलचित्र लव सेक्स और धोखाका निर्देशक दिबाकर बनर्जीमाथी उनलार्इ चलचित्रमा खेलाउनका लागि यौन शोषन गर्न खोजेको आरोप लगाएकी थिर्इन।
उता बलिउडका केही निर्देशकहरू अनुराग कश्यप तथा सुधीर मिश्राले पायलले झुठो आरोप लगाएको भन्दै निर्देशक दिबाकर बनर्जीको पक्षमा उभिएका छन्।

अष्ट्रेलियमा नेपाली युवतीले आत्महत्या गरिन


सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।
सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उनलाई गएको चैत १३ गते साँझ वाथरुममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको आत्महत्या नै भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकको ल्यापटप र मोवाइल नियन्त्रणमा लिएको छ ।
मृतकको आजै सिड्नीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । काठमाडौं बुद्धनगर बस्ने बुबा चेतनाथ चौलागाईं (केशव) तथा आमा जेठी चौलागाईंका दुई छोरा छन् भने छोरी उनी एक्ली थिइन ।

नग्न महिला कर्मचारीलार्इ ३० लाख तलव!

बेलायतको एक सफ्टवेयर कम्पनीले महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्नका लागि आमंत्रण गरेको छ। यस बापत उनीहरूलार्इ उक्त कम्पनीले आकर्षक तलवको प्रस्ताव समेत दिएको छ। खबरका अनुसार बंकिमघाम शायरमा रहेको उक्त कम्पनीमा काम गृने यस्ता महिला कर्मचारीहरूलार्इ बार्षिक ३० लाख रुपैयाँ तलब दिनेछ। कंम्पनीका अनुसार कुनै पनि ग्राहकहरूलार्इ यस बारेमा जानकारी नहुने तथा यस्ता कर्मचारीहरूलार्इ ग्राहकहरूसंग भेट समेत गर्न भने नदिने उललेख गरेको छ। उक्त कंपनीका प्रवक्ता क्रिस टेलरका भनार्य अनुसार बिश्वको यो पहिलो जागिर हुनेछ जसमा महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्न लगार्इने तथा यसको बदलामा आकर्षक तलब तथा सुविधा समेत दिर्इनेछ ।

नाँगिने वचन नतोड्ने´!

काठमाडौं,  चैत्र (namaste tanahun)
भारतले बिश्वकप क्रिकेट प्रतियोगितामा बिजय हासिल गरेमा नाँगिने वक्तव्य दिने पूनम पाण्डे केही दिन देखी गायव भएकी थिर्इन। तर अहिले उनले फेरी आफ्नो वचन नतोड्ने वक्तव्य दिएकी छिन्। उनले वयस्क मानिसहरूको अगाडी नाँगिनु कुनै अपराध नभएको बताएकी छिन्।
उनले यसका लागि भारतिय क्रिकेट बोर्ड संग अनुमति मागेकी छिन्। यती मात्र नभर्इ उनले भारतमा नाँगिनु अपराध भए फ्रान्समा गएर बिश्व बिजेता टोलीको अगाडी आफु नाँगिर्इ आफ्नो वचन कुनै हालतमा पूरागर्ने वक्तव्य दिएकी छिन्।

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

लसएन्जलस । झापाको महारानी- ७ दुरामाढी स्थायी घर भएका २३ वर्षीय रोशन भण्डारीको अमेरिकाको लसएन्जलस सहरमा मंगलबार गोली हानी हत्या भएको छ ।
दुइ वर्ष अघि डिभी परेर त्यहा गएका भण्डारी लसएन्जलसस्थित एक पसलमा कार्यरत थिए । स्थानीय अपराधीहरुको एक समूहले पसल अगाडि गाडी चढ्न लागेका बेला भण्डारीमाथि गोली हानेका थिए । उनको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
भण्डारी कार्यरत पसलका तीन महिना अघि भएको लुटपाट घटनाबारे स्थानीय अदालतमा सुनुवाइ हुनु केहीबेर अघि मात्र उनीमाथि गोली हानिएको बताइएको छ ।
भण्डारी हत्यामा लुटपाटमा संलग्न अपराधीहरुको संलग्नता हुन सक्ने आशंका गरिएको छ । प्रहरीलेको केही घण्टापछि शवलाइ परिवारको जिम्मा लगाएको थियो ।

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै


मुम्बई, चैत १७ - पाकिस्तानमाथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छविश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले। त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन्। भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ धेरैको। किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन्।
यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ।

भारतीय क्रिकेट टिमलाई प्रोत्साहित गर्न उनले जितेमा खेलाडीहरुको 'चेन्जिङ रुम'मा गएर आफूले लगाएको लुगा खोल्ने बताएकी थिइन्। भारतीय क्रिकेट काउन्सिलले अनुमति दिन्छ भने उनी पूरै रङ्गशालामा नै कपडा उतार्न तयार छिन्।

त्यसैले भारती क्रिकेटका फ्यानहरु जे कारणले भारतले जितोस् भन्ने चाहन्छन् त्यसमा पुन पनि उत्तिकै महत्त्वकी भएकी छिन्। त्यसैले पुन अहिले भारतीय क्रिकेटजस्तै चर्चाको शिखरमा छिन्।

पुनम लुगा खोल्ने छिन् या छैनन् यसै भन्न सकिन्न तर यो हल्लाले भारतीय फिल्मी उद्योगमा उनको भाउ माथि चढ्ने पक्कै छ।

शनिबार भारतले श्रीलंकासँग विश्‍वकपको फाइनल खेल्दैछ। त्यसैले पुनमको घोषणा व्यवहारमा उत्रेको हेर्न फाइनलसम्म कुर्नैपर्नेछ।

यौनमा अनियमितताले हानि

यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा आक्कलझुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका दोब्बर हुन्छ ।

यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।

यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।

'जामा' जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।

अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।

उक्त अध्ययनमा संलग्न जेसिका पालस भन्छिन्, 'नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।'

बजारमा नाङ्गै मोडल(फोटो फिचरसहित)

मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।
मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।
२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।
दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।
उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।
यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्‍यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ । सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।




 

आयो नाङ्गो हुने दिन

चर्चामा आउन बहाना न चाहिन्छ, सो भारतकी मोडेल पुनम पाण्डेलाई चर्चामा आउन अहिले एउटा बाहना फेला पर्‍यो । भारतमा अहिले विश्वकप क्रिकेट भैरहेको छ र भारत त्यसका लागि दावेदार छ । यही मौका छोपेर मोडल पुनमले भारतमा एउटा स्क्याण्डल मचाइन त्यसबाट उनले निक्कै चर्चा पनि पाइन ।
                        भारत-पाकिस्तानको सेमिफाइनल अघि पुनमले घोषणा गरिन्, यदी भारतले विश्वकप जित्यो भने म नाङ्गै दौडिनेछु । भारतले बुधबार पाकिस्तानलाई सेमिफाइनल जित्यो र फाइनलमा पुग्यो । सेमिफाइनल जितेको खुशीमा पुनमले फेरी एकपटक घोषणा गरिन्, अब नाड्ढो हुने दिन धेरै टाढा छैन
उनले विहिबार फेरि टि्वटरमा लेखिन्, भारतसँग गरेको मेरो प्रतिवद्धता पुरा हुन अब तीन दिन मात्र बाँकी छ । शनिबार भारत र श्रीलंकाबीच विश्वकप उपाधिका लागि खेल हुँदैछ । यहीं हुनेछ पुनमको प्रतिवद्धताको परीक्षा पनि ।
त्यसो त देशले उपाधि जिते नाङ्गीन्छु भन्ने घोषणा पुनमले गरेको पहिलो भने होइन । यसअघि पारुग्वेकी मोडल रारिसा रिक्वेल्मीले पनि फुटबल विश्वकप हुँदा यस्तै घोषणा गरेकी थिइन् । तर पारग्वेले खेल हारे पनि मोडेलले प्रतिज्ञाबाट चुकिनन् बरु अघि बढिन र नाङ्गो भएर सडकमा दौडिइन ।
तर पुनमको प्रतिज्ञा भने पुरा हुनका लागि थप केही शर्त भने छन् । उनले भनेकी छन्, म सडकमा नाङ्गो हुनेछैन म खेलाडीका अघि नाङ्गो हुन खोजेकी हुँ । खेलाडीका अघि नाङ्गो हुनका लागि खेलाडीको अनुमति चाहिन्छ । यदी भारतले विश्वकप जितिहाल्यो भने र खेलाडीले अनुमति नदिए के गर्ने ?

आजको फोटोहरु :

एसएलसी दिन आमा लाहानको पशुपति आदर्श उच्चमावि केन्द्रमा आएपछि पछ्‌याउँदै आएको छोरो।

चिट चोराउँदै गर्दा प्रधानाध्यापक पक्राउ :६६ वर्षीय वृद्धाले दिए परीक्षा-

रौतहट, चैत १० - आजदेखि सुरु भएको प्रवेशिका परीक्षामा अमर्यादित काम गरेको भन्दै यहाँ एकजना प्रधानाध्यापकसहित १८ जना परीक्षार्थीलाई पक्राउ गरिएको छ। मावि सखुवाका प्रधानाध्यापक द्वारिका राउतलाई गरुडा परीक्षा केन्द्रमा चिट चोराइरहेको अवस्थामा प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेको छ। जिल्लाको पिपरापोखरीया परीक्षा केन्द्रमा चिट चोराउन आएको समूह र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ।यसैगरी जिल्लाको गरुडा, गौर, मलाहीलगायतका परीक्षा केन्द्रबाट १८ जना परीक्षार्थी पक्राउ परेका छन्। रौतहटका २४ वटा परीक्षा केन्द्रमध्ये अधिकांश केन्द्रमा शिक्षक आफैँले चिट चोराइरहेको पाइएको छ। रौतहटमा यसवर्ष छ हजार ९५९ नियमित र १३५ एक्जाम्टेड परीक्षार्थी छन्।
गार्डका रुपमा खटिएका शिक्षक र केन्द्राध्यक्षको मिलेमतोमा परीक्षा केन्द्र भित्रै गाइड र फोटोकपी प्रयोग गरेर चिट चोराएको पाइएको छ। -रासस

६६ वर्षीय वृद्धाले दिए परीक्षा-

पर्सा - शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साका एक वृद्धले दिएका छन्। आजबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन्।  जिल्लाको अति विकट बस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट दस पास गरेका गुरुङले विजयवस्ती केन्द्रबाट परीक्षा दिइरहेका छन्।

पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र  उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए।

पर्सामा यस वर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५  परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए। 

सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ।

यसैबीच एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ।

एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ।

विराटनगर–१४ मा रहेको एक्सल ट्युसन सेन्टरका सञ्चालक मनिष स्वर्णकारसहित प्रश्नपत्र फोटोकपी गरेर परीक्षा केन्द्रमा लगी बाँड्न सघाउने १७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले १६ जनालाई प्रश्नपत्रसहित र सञ्चालक स्वर्णकारलाई पाइखानाभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

तनहुँका २६ वटा परीक्षा केन्द्रबाट ६ हजार ५७ जना प्रशिक्षार्थीले परीक्षा दिने

आजबाट सुरु हुने २०६७ सालको एसएलसी परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । यस वर्षो एसएलसी परीक्षामा तनहुँ जिल्लामा नियमित तर्फ५ हजार ५ सय ४२ जना, एक्जाम्टेट तर्फ५ सय १५ जना गरी ६ हजार ५७ जना प्रशिक्षार्थीहरु सामेल हुँदै छन् ।
विद्यार्थीहरुलाई सहज र शान्तिपर्ूण्ा रुपमा परीक्षा दिनका लागि जिल्लाका विभिन्न गाउँ विकास समितिमा २६ वटा परीक्षा केन्द्र तोकिएको र आवश्यक शान्ति सुरक्षाको प्रवन्ध मिलाइएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले बताउनु भयो ।
त्यस्तै कमालले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरु र प्रश्नपत्र तथा आवश्यक सामग्रिहरु पुर्‍याइ सकिएको र परीक्षा केन्द्रमा आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गर्नका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरुलाई जिम्मा दिइसकेको पनि जानकारी गराउनु भयो ।
यस वर्षो एसएलसी परीक्षा सञ्चालनका लागि सत्यवती उच्च माध्यामिक विद्यालय दमौलीमा क र ख, निर्मल उच्च माध्यमिक विद्यालय दमौलीमा क र ख, जलदेवि उच्च माध्यमिक विद्यालय, कालिका माथि देवघाट, बालविकास उच्च माध्यमिक विद्यालय भिरकोट, शिव उच्च माध्यमिक विद्यालय ऋषिङ्ग रानीपोखरी, महेन्द्र ज्योती उच्च मावि शिशाघाटलाई परीक्षा केन्द्र निधारण गरिएको छ ।
त्यस्तै, मिन उमावि थर्पु, खैरेनी उमावि खैरेनीटार, पञ्चमुनीदेव उमावि दुलेगौंडा, गाउँफर्कोदय उमावि ढोरफिर्दी, आधारभूत उमावि राइपुर, जनज्योती उमावि भिमाद, चन्द्रज्योती उमावि घिरिङ्ग सुन्धारा, सिर्द्धार्थ उमावि किहू, त्रिभुन उमावि रुपाकोट, विद्यानिकुञ्ज उमावि मिर्लुङ्ग, चन्द्रावती उमावि बसन्तपुर, कालीका उमावि पुर्कोट, होरालो शारदा शिक्षा सदन उमावि भानु, पवित्रा उमावि बन्दीपुर, भानु उमावि बन्दीपुर, रामशाह उमावि आँवुखैरेनी र माहेन्द्रि उमावि गजौडे परीक्षा केन्द्रहरु रहेका छन् ।

यसै गरी २०६७ सालको प्रवेशिका परीक्षामा देशभरिमा एक हजार ६ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको र परीक्षालाई मर्यादित बनाउन एक हजार ६ सय ७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको छ भने यस वर्षएसएलसी परीक्षामा देशभरबाट ४ लख ९६ हजार २ सय ४३ जना विद्यार्थीहरुले परीक्षा दिंदै छन ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला-जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइसकेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन् ।

एसएलसीका लागि लोडसेडिङ दुई घण्टा घट्यो

नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि दुई घण्टा घटाएको छ। प्राधिकरणले मुलुकभर सञ्चालन हुने एसएलसी परीक्षालाई ध्यानमा राखेर १४ घण्टाको विद्यमान लोडसेडिङ अवधिमा दुई घण्टा घटाएको हो।
परिवर्तित लोडसेडिङको तालिका एसएलसी परीक्षा अवधिभर मात्र लागु हुने प्राधिकरणले जनाएको छ

यसबर्षको एलएलसी परिक्षा सुरु चिट, चोराउनेलाई सार्वजनिक मुद्दा(3 more story....inside)

1.एसएलसी परीक्षा आजदेखि सुरु  १० चैत । यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाँच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
अपांगता भएका विद्यार्थीहरुलाई थप डेढ घण्टा समय दिइएको छ । सरकारले यसबर्ष चिट चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताउनुभयो ।
परीक्षाको लागि मुलुकभर एक हजार ६ सय ७२ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि ४७ हजार २ सय ४२ जना कर्मचारी खटिएका छन् । काठमाडौंमा सबैभन्दा बढी ८३ केन्द्रबाट २ हजार ८ सय ६० जनाले परीक्षा दिनेछन् । मनाङमा सबैभन्दा कम एउटा केन्द्रबाट १ सय २२ जनाले एसएलसी दिनेछन् । एसएलसी परीक्षा १८ गते सकिने छ ।
2.ट्युसन सेन्टरबाट एसएलसीको प्रश्नपत्र बरामद
 चैत्र, विराटनगर । मोरङको विराटनगरस्थित एक ट्युसन सेन्टरबाट एसएलसीको अंग्रेजी विषयको प्रश्नपत्र बरामद भएको छ । एसएलसीको पहिलो दिन विहीबार देशभर अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहँदा प्रहरीले विराटनगरको एक्सेल एकेडेमी ट्युसन सेन्टरबाट प्रश्नपत्र बरामद गरेको हो ।
प्रहरीले सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

3. जनसेना एसएलसीमा
यसैबीच यसवर्षको एसएलसी परीक्षामा चितवन र नवलपरासीबाट ६ सय २७ जनाले एसएलसी परीक्षा दिने भएका छन् । नवलपरासीस्थित चौथो डिभिजनबाट ५ सय ८० र चितवनस्थित तेस्रो डिभिजनबाट ४७ जना परीक्षामा सहभागी छन् । नवलपरासीका जनसेनाहरुले चोरमारास्थित नवलपुर र अरुणखोला बोर्डिङ स्कुलबाट परीक्षा केन्द्रबाट सहभागिता जनाएका छन् ।
चितवनका जनसेना जुटपानीस्थित पृथ्वी उच्चमावि परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएका तेस्रो डिभिजन शक्तिखोरका प्रवक्ता जनक विष्टले बताउनुभयो । उनीहरु सबै जनसैन्य खुला शिक्षालयबाट परीक्षामा सामेल भएका हुन् ।


साउदीका गैरकानुनी नेपालीलाई घर फिर्ने मौका

साउदी अरबमा गैरकानुनी रूपमा कार्यरत नेपालीलाई घर फिर्ने मौका मिलेको छ । साउदी नागरिकको सहमति पाएको खण्डमा झन्डै एक लाख गैरकानुनी नेपाली कामदार घर फिर्न पाउनेछन् ।

'जसलाई साउदी नागरिकले सहमति दिन्छन्, ती कामदारलाई यहाँको अध्यागमन विभागले साउदी छोड्न अनुमति दिन थालेको छ,' रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पारस घिमिरेले कान्तिपुरलाई भने, 'साउदी नागरिकको परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकको प्रमाणपत्र र राहदानीको प्रतिलिपि राखेर निवेदन दिएमा दूतावासले ट्राभल डकुमेन्ट जारी गर्न थालेको छ ।'

दूतावासले एक हप्तामा झन्ढै डेढ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिइसकेको छ । 'अहिले दैनिकजसो तीन सयदेखि ४ सय गैरकानुनी नेपालीलाई ट्राभल डकुमेन्ट दिइरहेको छ,' घिमिरेले भने, 'उनीहरूलाई यहाँको डिर्पोटेन्सन सेन्टर -गैरकानुनी कामदारलाई थुनेर राख्ने जेल) ले साउदी छाड्न पाउने भिसा दिइरहेको छ ।' यो व्यवस्था साउदी सरकारले घोषित रूपमा गरेको होइन । भारतीय, बंगाली र पाकिस्तानी दूतावासले पनि यो व्यवस्था कार्यान्वयन गर्न थालेको उनले बताए ।

६ महिनाअघि साउदी राजा अब्दुल्लाहले अवैध आप्रवासीलाई आममाफी दिने घोषणा गरेका थिए । तर त्यसमा हज, उमराहमा आएर भाग्ने मात्रैलाई लागू हुने अघोषित जानका गराइएको थियो । आममाफीको समय सकिनै लाग्दा अध्यागमन विभागले यो व्यवस्था लागू गरेको हो । आममाफीको समय मार्च २३ बाट सकिँदै छ । घिमिरेका अनुसार यो व्यवस्था भने अनिश्चित छ । 'यसको कुनै समयसीमा तोकिएको छैन,' उनले भने, 'अहिलेसम्मको पस्थिति हेर्दा साउदी नागरिकले आफ्नो सहमति दिएको दिनसम्म लागू हुने अवस्था छ ।'

उनले ट्राभल डकुमेन्ट पाएकामध्ये ८/९ जना नेपाली स्वदेश पुगिसकेको जानकारी पाएको बताए ।

कामदारको जिम्मा लिने व्यक्ति -स्पोन्सर) को अनुमतिबिनै भागेर अन्य कम्पनीमा काम गर्ने कामदारलाई साउदीको कानुनले अवैध मान्ने गरेको छ ।

दूतावासका अनुसार स्वदेशमा गरेको सम्झौताअनुसार काम, सेवा, सुविधा नपाएपछि कामदारहरू भाग्ने गरेका छन् । साउदी पुगेको चार महिनामै भागेका रोल्पाका कविराज ओलीले स्वदेश आउन नपाएकामा निकै दुःख व्यक्त गरे । १४ वर्ष भारतमा गाडी चलाएका ओली भनेको काम नपाएपछि भागेका थिए ।

'यहाँ क्याटरिङमा गाडी चलाउन आएको थिएँ । भाँडा माझ्न लगाइयो । साहूसँग कुरा गर्दा तीन हजार रियाल तिरे स्वदेश जान पाउने बताएपछि भाग्नुको विकल्प देखिनँ,' साउदीको काभुबाट फोनमा उनले भने, 'अहिले रूख काट्ने काममा छु । आएदेखि नै घर फिर्न चाहन्छु तर सकिरहेको छैन ।' राजधानी रियादबाट ३ सय किलोमिटर टाढा कार्यरत उनी दुई वर्षअघि गएका थिए । 'मसँगै कार्यरत चार जना नेपाली साथी बिहीबार दूतावास गएका छन्,' उनले भने, 'आफू यतै अल्भिmरहेको छु ।'    

कामदारको पासपोर्ट स्पोन्सरसँगै रहने हुँदा आवश्यक कागजात उनीहरूसँग हुँदैन । दूतावासका अनुसार गैरकानुनी काम गरेका झन्डै दुई हजार नेपाली जेल जीवन बिताइरहेका छन् । भागेर आएका कामदारको जिम्मा लिनु नपर्ने, कामदार झिकाउन थप आयभार नपर्ने भएकाले कम्पनीले पनि त्यस्ता कामदारलाई तलब बढी दिने गर्छन् । न्यून तलब र बिचल्ली परेका कामदार भाग्ने गरेका छन् । दूतावासलाई महिनामा झन्डै १ हजार ५ सय जना भगुवा कामदारको पासपोर्ट प्राप्त हुने गरेकोे छ ।

राजदूतका अनुसार यस्ता कामदार निकै जोखिममा काम गरिरहेका छन् । 'उनीहरूको परिचयपत्र नबन्ने, बिमा लेखपत्र नबनाइने र औषधि उपचारको सुविधा पाइँदैन । दुर्घटनामा परेमा सरकारी अस्पतालमा उपचार नपाइने, निजीमा नसक्ने र उपचार गर्न नयाँ कम्पनीको दायित्व नपर्ने कानुनी व्यवस्था छ । त्यस काम गर्ने क्रममा मृत्यु भएका कैयौं शव पठाउन सकिएको छैन,' उनले भने ।

आजको फोटोहरु :

बेलुन उडान:
मेक्सिकोको सन पिरामिडमाथि उडिरहेको हट एअर बेलुन। यहाँ हिजोदेखि हट एअर बेलुनको महोत्सव चलिरहेको छ। 

स्याङ्जामा एक सय मिटर तल जीप खस्यो

चारको मृत्यु, १२ घाइते-
 पोखरा, चैत - स्याङ्जाको केवरेभन्ज्याङमा मंगलबार विहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका चार जनाको वालिङ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा कुवाकोट-३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट-१ का  १५ वर्षीया लक्ष्मी थापा, कुवाकोट-५ का ५३ वर्षीय उदयबहादुर सिंजाली र नाम नखुलेका अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

वालिङबाट रत्नपुर जाँदै गरेको ग १ ज ४६५९ नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

बाबुराम झुक्किएर माओवादीमा लागे : एमाले नेता ओली

तनहुँ, चैत ८ - एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखा पुगेका नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई झुक्किएर माओवादीमा लागेको बताएका छन्। उनले माओवादीमै लागेका कारण बाबुराम अहिले हैरान भएको समेत बताए।युवा संघ नेपाल गोरखाको मंगलबार छैटौ जिल्ला अधिवेशनको उद्‍घटन गर्दै नेता ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘बोर्ड फस्ट भएकाहरु झुक्किएर माओवादीमा लागेर अहिले हैरान भएका छन्।' उनले माओवादीभित्रको आन्तरिक विवादले माओवादी धरासायी भएको र नेताहरु छटपटाउनथालेको दावी गरे।
माओवादीले शान्ति, संविधान र विद्रोहका कुरा एकैसाथ गरेकाले माओवादीले शान्ति प्रक्रिया टुंग्याउन र संविधान बनाउन नचाहेको प्रष्ट भएको उनको भनाई थियो। शिविरमा लडाकु, वाइसिएल र अर्धसैनिक दस्ता बनाएको माओवादीलाई गृह मन्त्रालय दिए देशमा शान्ति सुरक्षा कायम नहुने भन्दै नेता ओलीले गृह मन्त्रालयको जिम्मेवारी पाएको खण्डमा समेत माओवादी रुपान्तरण हुन नसक्ने बताए। उनले भने, ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन माओवादीलाई गृह मन्त्रालय दिन हुँदैन्।' उनले एमालेले समेत कुनै पनि हालतमा यस्तो गल्ती नगर्ने दावी गरे।

सरकार गठनका क्रममा एकीकृत माओवादी र एमालेबीच भएको ७ बुँदे सहमति गलत प्रवृत्तिले भएको भन्दै उनले ७ बुँदे सहमतिको कुनै औचित्य नभएको बताए। उनले भने, ‘माओवादीलाई नभई उसको गलत प्रवृत्तिलाई सच्याउन एमालेको आलोचना गरेको हुँ।' कम्युनिष्ट वामएकताका नाममा देशको राजनीति बिगार्न नमिल्ने भन्दै नेता ओलीले ७ बुँदे सहमति एमालेको स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिले समेत त्रुटिपूर्ण रहेको ठहर गरिसकेको बताए। नेता ओलीले मंगलबार नै गोरखा नगरपालिका-११ मा अवस्थित एमालेको पार्टी कार्यालयको समेत उद्‍घाटन गरेका थिए।

ज्युँदै सभासदको श्राद्ध गर्दै हिँड्ने पक्राउ

६०१ जना सभासदको श्राद्ध गर्दै हिँड्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । आइतबार समयमा संविधान नबनाएको भन्दै ६०१ जना सभासदको श्राद्ध गर्दै हिँडेका राकेश कुमार शर्मालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरामा श्राद्ध गरिरहेको अवस्थामा शर्मालाई प्रहरीले पक्राउ गरेको हो । ज्युँदो अवस्थामै सभासद्हरुको श्राद्ध गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ६०१ जना सभासदहरुको कार्टुनसहित १० महिने मासिक श्राद्ध उनले पोखराको पृथ्वीचोकमा गरेका थिए । शर्मालाई बैदामको प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

holi special:

holi with kerisma manader@her home

दुर्घटनामा परी कुवेतामा दुई नेपालीको मृत्यु

कुवेत । कुवेतस्थित रिजनल गेट निर्माण कम्पनीमा कार्यरत दुई नेपालीको बुधबार सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका हिरामणी चौधरी र शेखर श्रेष्ठ रहेका छन् ।
कुवेतको साविया भन्ने स्थानमा चौधरी र श्रेष्ठले चलाएको ट्रक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दिउँसो एक्कासि आएको बालुवासहित आँधीले सडक नदेखिँदा दुर्घटना भएको थियो ।

श्रमदानमा पाटी निर्माण

तनहुँको मिलुङ गाउँ विकास समिति-२ रतनपुरमा स्थानीय बासिन्दाले श्रमदानमा पाटी निर्माण गरेका छन् । एक लाख ५० हजार रूपैयाँबराबरको श्रमदानबाट उक्त पाटी निर्माण गरिएको समाजसेवी गोबिन्द ढकालले बताउनुभयो । पाटी निर्माण भएपछि गर्मीमा शीतल, घाम र पानीका बेला ओत लाग्ने थलो बनेको उहाँले जानकारी दिनुभयो । रतनपुरका बासिन्दाको दिनरात खटेर पाटी निर्माण गरेको बताइएको छ ।

सडक विस्तार गर्न बजेट माग

पोखरा, (नेस), जिल्ला विकास समिति कास्कीले कास्की हेमजा गाविसको फेदीदेखि तनहँुको सीमा कोत्रेसम्म छ लेनको सडक निर्माण गर्न सरकारसित माग गरेको छ। छ लेनको सडकले यातायात सहज हुने विश्वास समेत जिविसले लिएको छ।

छ लेनको सडक निर्माणसँगै जिविसले पोखरा चक्रपथ निर्माणको लागि आवश्यक बजेट विनियोजनको लागि सरकार समक्ष आग्रह गरेको छ। जिविसको १९ औं जिल्ला परिषदले भने चक्रपथ निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छैन्।
पोखरामा सवारी साधन थपिने क्रमले भैरहेका सडकहरु साँघुरो बन्दै गएका छन्। मुख्य शहरी क्षेत्रमा गुड्ने सवारी साधनले राजमार्गहुदैं पोखराबाट बाहिरिने सवारी साधनले घण्टौंसम्म जाम गर्ने समस्याले जिविसले पोखरामा चक्रपथ निर्माण अनिर्वाय भएको ठहर गरेको छ। चक्रपथ निर्माण अत्यावश्यक बनिसकेको छ। स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले भन्नुभयो-चक्रपथ बनाउने मेगा प्रोजेक्टको लागि सरकार समक्ष अनुरोध गर्नुको अर्को विकल्प छैन्।

भूपी शेरचन राजमार्ग अन्तर्गतको फेदीदेखि पृथ्वीराजमार्ग अन्तर्गतको कोत्रेसम्मको झण्डै ३५ किलोमिटर सडकलाई छ लेन बनाईए राजमार्गमा हुने ट्राफिक समस्या समेत हल हुने विश्वास जिविसले गरेको छ। जिविसले सडक पुर्वाधारको लागि ४९ करोड ७२ लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ। तर छ लेनको सडक र चक्रपथको लागि भने बजेट छुट्टयाएको छैन्।

समितिले यसै आर्थिक वर्षमा सडक निर्माण लगायत विभिन्न कार्यक्रमको लागि दुईअर्ब ६२ करोड २० लाख रुपियाँ खर्च गरिसकेको छ। जिविसले आउँदो आर्थिक वर्षको लागि दशकिलोमिटर सडक कालोपत्रे गर्ने दुईसय किलोमिटर सडकलाई स्तरोन्नति सोही अनुपातको सडकलाई नियमित गर्ने र दुईवटा मोटरेवल पुल निर्माण एउटा कजवे र दुईवटा कलर्भट निर्माण गर्ने लक्ष्य अगाडि सारेको छ।

४९ नेपाली कुबेतको मरुभूमिमा फसे

 काठमाडौं, फागुन ६- कुबेतको सुबियास्थित रिजनल गेट निर्माण कम्पनीमा सवारी चालकका रूपमा कार्यरत ५९ जना नेपाली अलपत्र परेका छन्। नेपालका विभिन्न म्यानपावर कम्पनीबाट गएका उनीहरूलाई एक साताअघि मध्यरातमा जबर्जस्ती बसमा राखी मरुभूमिबीचमा ल्याएर छाडिएको छ। 'एक साता भयो, हामीलाई यहाँ जबर्जस्ती छाडिएको,' मोरङ इटहरा-६ का होमनाथ पोखरेल, २५, ले कुवेतको मिन अल्लाहबाट नागरिकसँग टेलिफोनमा भने, 'मरुभूमिको बिचमा केही नभएको घरमा छाडिदिएका छन्। न पानी पाइन्छ, न खानेकुरा नै।'
अलपत्र पर्ने सबै दुईदेखि सात महिनाअघि भिजिट भिसा (१४ नम्बर भिसा) मा कुबेत पुगेका थिए। लामो समय गैर कानुनी रूपमा कम्पनीले भिजिट भिसामै काम गर्न लगाएपछि उनीहरूले वर्किङ भिसा र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन दवाब दिएका थिए।
'बिनालाइसेन्स गाडी चलाउँदा कुनै पनि बेला हामीलाई यहाँको प्रहरीले पक्रन सक्थ्यो। यसरी गाडी चलाउँदा दुर्घटना भए हामीले बिमा रकम समेत पाउँदैनौं,' भिसा र लाइसेन्स बनाउन दवाब दिनुको कारण पोखरेलले बताए।
'वर्किङ भिसा, सवारी चालक अनुमतिपत्र केही मिल्दैन। तिमीहरू काम गरे गर, नगरे नगर भन्दै हामीलाई फागुन २९ गते बसमा राखी यस्तो ठाउँमा छाडेर गए,' पोखरेलले भने, 'भिजिट भिसामा काम गर्न नै मिल्दैन तर हामीलाई यही भिसामा यत्रो महिना काम लगाइएको थियो।'
एक सातादेखि चिसो भुईंमा रात बिताउँदै आएका उनीहरूले बिहान एउटा रोटी र बेलुकीमात्र खाना दिइएको बताए। पोखरेलका अनुसार उनीहरूलाई त्यहाँ ल्याएपछि कम्पनीका मान्छे भेट्न आएका छैनन् भने त्यहाँ रहेका केही नेपाली संघसंस्थाले एक छाक खानेकुरा उपलब्ध गराएका छन्।
'यहाँ बत्ती, खानेपानी, ग्यास केही छैन,' अलपत्र परेका दोलखा जुङ्गुका नवराज बस्नेतले भने, 'बस्ती भएको ठाउँमा पुग्न झण्डै २ घण्टा मरुभूमिको बाटो छिचोल्नुपर्छ।'
बस्नेतका अनुसार उनीहरूलाई कुबेतको भिसा झिकाउने एजेन्ट चितवनका रामचन्द्र सुवेदीकै अगाडि कम्पनीले गलहल्याएर बसमा हालेको थियो। विवाद बढेपछि नेपाली कामदारले एजेन्ट सुवेदीलाई कम्पनीमै डाकेका थिए। कम्पनीले बसमा चढाई मिन अल्लाह ल्याई छाडेपछि नेपाल नफर्कन्जेल खानेबस्ने सम्पूर्ण व्यवस्था मिलाउने आश्वासन दिएर फुत्केका सुवेदी पनि सम्पर्कमा छैनन्।
एजेन्टले पनि धोका दिएपछि उनीहरूमध्ये केही समस्या सुनाउन कुबेतस्थित नेपाली दूतवास पुगेको थिए। दुई दिनसम्म आफ्ना गुनासो सुनाउँदा पनि दूतावासबाट कुनै सुनुवाइ नभएपछि उनीहरू निरास भएर फर्केका थिए। 'दुतावासले हुन्छ हामी उद्धार गछौं भन्छ, अहिलेसम्म केही गरेको छैन,' अलपत्र परेका हेटौंडाका हिरा थापाले भने।
काठमाडौं रहेका डिलक्स म्यानपावर, फ्युचर स्टार म्यानपावर, युथ म्यानपावर, केएसए म्यानपावर, भिक्टोर ओभरसिजलगायतका म्यानपावर कम्पनीबाट गएका उनीहरूलाई कम्पनीले पछिल्लो महिना तलबसमेत नदिएको गुनासो उनीहरूको थियो।

कुबेतमा अलपत्र परेकाहरू :
१. होमनाथ पोखरेल इटहरा-६, मोरङ
२. हिरा थापा हेटौडा
३. सरो तामाङ ठूलोपाखर- २, सिन्धुपाल्चोक
४. असीम तामाङ सितापाइला, काठमाडौं
५. जनककुमार श्रेष्ठ खरिढुंगा, दोलखा
६. सन्तोष तामाङ माईस्थान, महोत्तरी
७. शिवराज चापागाइ -
८. नगेन्द्रप्रसाद काफ्ले दमक, झापा
९. गोवीन्द तिवारी चाउथे, पोखरा
१०. प्रमोद कोइराला चितवन
११. मनरथ न्यौपाने इटहरा-६, मोरङ
१२. कनक वहादुर गोले पनौती, काभ्रे
१३. मानकुमार श्रेष्ठ नवलपरासी
१४. निलकन्ठ भट्टराई जाँते- ९, मोरङ
१५. ओमबहादुर भण्डारी दुलारी- ५, मोरङ
१६. कृष्णप्रसाद नेम्वाङ झापा
१७. आधाङ नेम्वाङ झापा
१८. बुद्धिहाङ लिङ्देल झापा
१९. नरेश श्रेष्ठ काभ्रे
२०. जङवहादुर खान स्याङ्जा
२१. पूर्णसिंह गुरुङ लम्जुङ
२२. जीवन मल्ल नवलपरासी
२३. वलराम राई धनकुटा
२४. निराजन श्रेष्ठ काठमाडौं
२५. मोहन प्रधान इटहरी
२६. अशोक इटानी चितवन
२७. गोपाल श्रेष्ठ काभ्रे
२८. राजेन्द्र भण्डारी नवलपरासी
२९. बुद्धिनाथ ढकाल दमक
३०. नवराज बस्नेत दोलखा
३१. फडिन्द्र खत्री उदयपुर
३२. रामहरइ आङ -
३३. मिलन तामाङ धादिङ
३४. याम वहादुर खवास धरान
३५. पासाङ् दिङ शेर्पा सोलुखुम्बु
३६. सुवीन्द्र धिमाल मोरङ
३७. रामप्रसाद पोखरेल मोरङ
३८. दिलवहादुर विश्वकर्मा दाङ
३९. लम्बी घिसिङ मोरङ
४०. मिनबहादुर वाईबा रामेछाप
४१. रामबहादुर ढकाल धादिङ
४२. पविन्द्र थिङ सिन्धुली
४३. रामशरण आचार्य नुवाकोट
४४. विदयक कुमार लामा रामेछाप
४५. रमेश विश्वकर्मा -
४६. पासाङ खेत्र संखुवासभा
४७. शरण लाल सिन्धुली
४८. पेमा लामा काभ्रे
४९. आसमान मोक्तान सिन्धुपाल्चोक
५०. ठूले तामाङ सिन्धुपाल्चोक
५१. मनीकुमार श्रेष्ठ काभ्रे
५२. मिठुकाजी तामाङ काभ्रे
५३. टेकबहादुर लामा काभ्रे
५४. दिल्पु लामा काभ्रे
५५. लावाङ लामा काभ्रे
५६. मेघनाथ पण्डित चितवन
५७. कृष्णबहादुर कार्की चितवन
५८. मदन ताम्राकार भक्तपुर
५९. अमित खड्का सिन्धुली

दुग्ध प्रशोधन कारखाना बन्ने


दमौली,  चैत । तनहुँ लमजुङ र गोरखा जिल्लाका किसानलाई समेट्ने गरी व्यास-३ रानीगाउँ नजिकै दुग्ध प्रशोधन कारखाना बन्ने भएको छ । रु ६१ लाखको लागतमा दुईतले पक्की भवन निर्माण गरिने तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।
      कोल्डस्टोर स्टोर कार्यालय र समीक्षा हल रहने गरी दुग्ध प्रशोधन कारखाना बनाउने तयारी भएको जानकारी उहाँले दिनुभयो । उद्योग निर्माणका लागि कृषि तथा सहकारी मन्त्रालयले सहकारी सदृढीकरण कार्यक्रमअन्तर्गत यस वर्ष रु २५ लाख उपलब्ध गराएको बताइएको छ । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बसे्रनि दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणबाट रु तीन करोडको कारोबार गर्दै आएको छ

आज सुपर मुन * डराउनु पर्दैन : वैज्ञानिकहरू

पृथ्वी र चन्द्रमा १९ वर्षयता शनिबार सबैभन्दा नजिक हँुदैछन् । नजिकै आउने भएकाले चन्द्रमा अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो -सुपर मुन) देखिनेछ । सुपर मुन औसत दूरीमा भन्दा पृथ्वीबाट ५० हजार किलोमिटर नजिक हुनेछ ।

सुपर मुनका कारण भूकम्प, सुनामीलगायत दैवीप्रकोप हुने विश्वास गरिए पनि त्यसमा सत्यता नहरकेको वैज्ञानिकहरूले बताएका

छन् । जापानमा आएको भूकम्प र सुनामीलाई सुपर देखिन लागेको घटनासँग जोडेर चर्चा गर्न थालिएपछि उनीहरूले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

'सुपर मुनको असरले समुद्री ज्वार आउनसक्ने भए पनि महाविनाशकारी घटना नै ल्याउँछ भन्नु गलत हो,' त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा.उदयराज खनालले

भने । उनका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जसलाई प्रक्रियालाई अर्थ-टाइड भनिन्छ ।

'सुपर मुनले विनाश मच्चाउने कुरा अवैज्ञानिक हो,' राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.देवीदत्त पौडेलले भने, 'चन्द्रमा पृथ्वीको निकट आउनु वा टाढा जानु एउटा नियमित खगोलीय प्रक्रिया हो ।'

चन्द्रमाले प्रत्येक साढे २९ दिनमा पृथ्वीलाई एक चक्कर लगाउँछ । यो चक्कर ५ डिग्री झुकेको लाम्चिलो गोलाकारमा

हुन्छ । लाम्चिलो गोलाकार चक्कर लगाउँदा चन्द्रमा कहिले पृथ्वीको नजिक कहिले टाढा पुग्छ । शनिबार यो पृथ्वीबाट २ लाख २१ हजार ५ सय ६७ माइलको दूरीमा हुनेछ । पृथ्वीबाट चन्द्रमाको औसत दूरी २ लाख ३८ हजार ८ सय ५७ माइल छ ।

हरेक खगोलीय पिण्डहरूले एक-अर्कालाई तानिरहेका हुन्छन् । चन्द्रमा र सूर्यले पनि पृथ्वीलाई त्यसरी नै तानिरहेका छन् । चन्द्रमा पृथ्वीको नजिकै आएपछि उसको गुरुत्वाकर्षण क्षमता बढ्न जाने भएकाले पृथ्वीमा हलचल आउन सक्ने भए पनि त्यस्तो हलचलको खासै क्षमता नहुने प्रा.डा.खनालले बताए । 'सुपर मुनको प्रभाव धेरै सामान्य हुन्छ,' नासाको गोडार्ड स्पेस प्लाइट सेन्टरका प्रमुख वैज्ञानिक डा.जेम्स गार्भिनले पनि भनेका छन् । उनका अनुसार यसमा पृथ्वीको सतहमा ठूलो हलचल ज्वारभाटा पैदा गर्न सक्ने क्षमता हँुदैन ।

सुपरमुनका बेला पृथ्वीमा दैवी विपत्ति भएका केही उदाहरण भए पनि वैज्ञानिकहरूले भने कैयन पटक केही नभएको समेत बताएका

छन् । सन् १९३८ मा सुपर मुन आउँदा न्युजिल्यान्डमा चक्रवात आएको थियो । सन् २००५ को इन्डोनेसियामा सुनामी आउनु दुई साताअघि सुपर मुन देखिएको थियो । यस्तै सन् २००४ मा एसियामा सुनामी आएको केही पछि पनि सुपर मुन देखिएको थियो । सन् १९५५, १९७४, १९९२ मा सुपर मुन देखिँदा भने मौसममा सामान्य खरावीमात्र भएको थियो ।

रंगको पर्व होली आज मनाइँदै

चैत्र, काठमाडौं । रंगको पर्व होली परम्परागतरूपमा विभिन्न रङ र अविर खेली काठमाडौं उपत्यकासहित पहाडि जिल्लाहरुमा शनिबार मनाइँदैछ । आपसी मेलमिलाप र सदभावनाको पर्वको रुपमा लिइने होली पर्व तराईका जिल्लाहरुमा भने भोली मात्र मनाउने गरिन्छ । होलीलाई फागु पर्व पनि भन्ने गरिन्छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साथीभाई र आफन्तजन भेला भएर समूह समूहमा होली खेलिरहेका छन् । हिजो पानी परेपछि काठमाडौं उपत्यकाको मौसम चिसो भएकोले होलीप्रेमीहरुलाई भने केही निराश बनाएको छ ।
एकसाता अघि फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक अगाडी गाडिएको चीरमा पूजाआजा गरेपछि होली पर्व सुरु भएको मानिन्छ । रंगीचंगी झल्लरीबाट सिंगारिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाएपछि होली सम्पन्न हुन्छ । यसैगरी ललितपुरमा गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा आपसमा रंग र अविर दलेर होली खेल्ने परम्परा चलेको मानिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रसायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति बढेको छ । कसैले इच्छाविपरित रंग वा लोला हान्यो भने सार्बजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ । होलीको नाममा कसैले जबर्जस्ती रंग वा लोला हानेमा १०० नम्बरमा टेलिफोन गर्न प्रहरीले आग्रह गरेको छ । उजुरी आउनेवित्तिकै पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।
फागु पर्व नेपाल, भारत, इटाली, श्रीलंका, अमेरिका, इन्डोनेसिया, जापानलगायत देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।

चुँदी रम्घामा भानु महोत्सवको आयोजना हुने



महोत्सव गर्ने लहरमा भिन्नै महोत्सवको रुपमा ‘साहित्यिक पर्यटनका लागि भानु महोत्सव’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा तनहुँमा ‘भानु महोत्सव २०६७’ को आयोजना हुने भएको छ । आदिकवि भानुभक्तले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरुप उहाँको देनलाई विश्वव्यापी पुर्‍याउने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।

भानुभक्तको जन्मस्थल(village)
                                 भानु जन्मस्थान विकास समितिद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा भाषिक एकताका प्रतीकका रुपमा परिचित आदिकवि आचार्यको जन्मस्थानको उत्थान र विकासका लागि सो महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।  समितिका अध्यक्ष श्रीभक्त आचार्य सो महोत्सवमा भारतका दार्जलिङ, कालिङ्पोङ सिक्किम लगायत स्थानहरुबाट प्रतिष्ठित साहित्यकारहरू आउने र करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।  उहाँले सो महोत्सवमा राष्ट्रिय कविगोष्ठी गरिने जानकारी दिँदै महोत्सवमा भानुभक्त आचार्यको ऐतिहासिक घर अवलोकन तथा उहाँले प्रयोग गर्नुभएको सामग्रीहरु पर््रदर्शनीमा राखिने जानकारी दिनुभयो।  साहित्यिक तर्ीथाटनका रुपमा रहेको रम्घा गाउँ र नेपाली भाषाका वाल्मीकिको रुपमा रहेका आचार्यको जन्मस्थानलाई साहित्यिक व्यक्तिहरूको तर्ीथाटनका रुपमा अगाडि बढाउनुपर्ने आयोजकले जोड दिएका छन् । महोत्सवमा रम्घाको संस्कृति झल्किने ५० वटा स्टल रहने आयोजकले जनाएको छ

पर्यटकलाई लोला हान्नेविरुद्ध प्रहरीको निगरानी

चैत्र, काठमाडौं । नेपाल घुम्न आएका बाह्य पर्यटकहरूलाई फागु पर्वमा जथाभावी लोला हान्ने र दुर्व्यवहार गर्नेहरूमाथि पर्यटक प्रहरीले विशेष निगरानी राख्ने भएको छ ।
सरकारले नेपाल पर्यटन वर्ष २०११ मनाइरहँदा पर्यटकहरूमाझ नकारात्मक सन्देश नजाओस् भन्ने उद्देश्यले काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटक प्रहरीले निगरानी राख्न लागेको हो ।
दस लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसहित शुभारम्भ भएको पर्यटन वर्षमा नेपाल आउने पर्यटकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै पर्यटक प्रहरी होलीमा २४ घण्टा नै तैनाथ हुने छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाका सहसचिव लक्ष्मण भट्टराईले होलीमा पर्यटकहरूको सुरक्षाको लागि प्रहरीलाई विशेष रूपले परिचालन गरिने बताउनुभयो । सहसचिव भट्टराईले वर्तमान परिस्थितिमा पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी भएकोले पर्यटक प्रहरी परिचालनसम्बन्धी विस्तृत योजना भने शुक्रबार तय हुने उहाँले जानकारी दिनुभयो ।
पर्यटन उद्योग महाशाखाअन्तर्गत पर्यटक प्रहरी शाखाका प्रहरी निरीक्षक भरत लामाले आफूहरू स्रोत र साधनले भ्याएसम्म काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटकको सुरक्षाको लागि तैनाथ हुने बताउनुभयो ।
पर्यटकहरूको चाप बढी हुने काठमाडौंको ठमेल, वसन्तपुर, पशुपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रहरूमा २४ घण्टा नै पर्यटक प्रहरी खटिने उहाँले भन्नुभयो ।

एसएलसी परीक्षामा कडाई गरिने

चैत्र, काठमाडौं । चैत १० गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी (प्रवेशिका) परीक्षालाई मर्यादित बनाउन सरकारले कडा नीति लिएको छ ।
विभिन्न सुरक्षा निकायका उच्चअधिकारीसहितको सहभागितामा शिक्षामन्त्री गङ्गालाल तुलाधरको अध्यक्षतामा शुक्रबार शिक्षा मन्त्रालयमा बसेको ‘एसएलसी परीक्षा वोर्ड’ को बैठकले परीक्षामा कडाई गर्ने निर्णय गरेको हो । विगतका वर्षमा परीक्षामा खुलेआम चिट् चोर्नेलगायतका विकृति देखिएकामा यसपटक त्यस्तो हुन नदिन आवश्यक तयारी भएको मन्त्री तुलाधरले बताउनुभयो । उहाँले चिट चोराउने शिक्षक, कर्मचारी वा सुरक्षाअधिकारीलाई सम्बन्धित ऐनअनुसार कारवाही गरिने र त्यस्तो कार्यमा अभिभावक सम्लग्न भएको पाइए सार्वजनिक अपराधको मुद्दा लगाइने निर्णय भएको जानकारी दिनुभयो । यसका लागि आवश्यक परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरीको परिचालन पनि गरिने भएको छ ।
परीक्षालाई मर्यादित बनाउने क्रममा यही चैत ८ गते जिल्ला र स्थानीयस्तरमा सबै सरोकारवालाको सहभागितामा बैठकहरू आयोजना गर्ने निर्णय पनि वोर्डले गरेको छ । यस वर्षको परीक्षामा कुल ४ लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थी र एकहजार ७२ वटा परीक्षा केन्द्र तोकिएका छन्

शनिबार चन्द्रमा पृथ्वीको नजिक आउने

चैत्र, काठमाडौं । नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूणिर्माका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ । पृथ्वी नजिक भएपछि गुरुत्वाकर्षका कारण समुन्द्रतटमा आउने ज्वारभाटामा केही वृद्धिबाहेक पूथ्वीमा कुनै विपत्तिजनक घटना नहुने खगोलविद् तथा ज्योतिषविद्को धारणा छ ।
शनिबारको दिन चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७७ किलोमिटर मात्रै टाढा हुनेछ । यसबाट भूकम्प, ज्वालामुखी विष्फोटन, सुनामी हुरीबतासजस्ता कुनै किसिमको विपत्ति नहुने तर समुन्द्रमा नियमितभन्दा ज्वारभाटाको उचाई केही वृद्धि हुने नेपाल खगोलीय समाजका संस्थापक सचिव सुरेश भट्टराई बताउनुहुन्छ ।
यसअघि २०४८ माघ ६ गते सोमबार पूणिर्माका दिन बिहान ४:१० मा चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार ५४८ किलोमिटर टाढा रहेको थियो । त्यसपछि २०६१ पुस २६ गते औँसीका दिन दिउँसो ३:५३ मिनेट जाँदा पनि चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७१ किलोमिटर दूरीमा रहेको थियो भने २०६५ मङ्सिर २८ गते राति ३:२३ मिनेटमा पूणिर्मा सुरुभएको चार घण्टा परसरेपछि पृथ्वीको ३ लाख ५६ हजार ५६७ किलोमिटर टाढा चन्द्रमा रहेको थियो ।
यसैगरी, दुई वा दुईभन्दा बढी ग्रह एकै ठाउँमा पर्दा, ती ग्रहहरू एक आपसबाट टाढा वा नजिक हुँदा विशेषगरी जलतत्वमा प्रभाव पर्ने ज्योतिषशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ् निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराई बताउनुहुन्छ । यस्तो अवस्थामा चन्द्रमाको प्रभावले लुकेर बसेको जललाई बाहिर ल्याउने, वर्षा गराउने र सूर्यको माध्यमबाट जल शोषण गरी डेढ महिनापछि सुख्खा गराउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा भट्टराई यस किसिमको प्रभाव नेपालमा पनि पर्नसक्ने बताउनुहुन्छ । पृथ्वीको नजिक चन्द्रमा आउने एउटा नियमित प्रक्रिया भएको र त्यस बखत सूर्यास्तपछि चन्द्रमाको आकार केही ठूलो देखिने गर्छ

बहत्तर वर्षपछि जेठा बाबुको काजक्रिया

तनहुँ, चैत - एक व्यक्तिले आफ्ना जेठा बाबु तिलकराम खनालको ७२ वर्षपछि  गरेका छन्। पैँतीस वर्षका उमेरमा विवाह गरी बर्मा हिँडेका जेठा बाबु तिलकराम घर नफर्किएपछि हिन्दू संस्कारअनुसार कुशलाई दागबत्ती दिई जामुने-२ गुणादीका ६१ वर्षीय नारायणदत्त क्रियामा बसेका हुन्।
  विसं १९६० मा जन्मिएका तिलकराम १९९५ सालदेखि परिवारको सम्पर्कमा आएका छैनन्। एक सय सात वर्षको उमेर भइसक्दा पनि जेठाबाबु घर नफर्किएपछि कुशलाई दागबत्ती दिइएको नारायणदत्तले बताए।
उनले आफ्ना जेठा बाबुको सन्तान नभएकाले आफूले हिन्दू संस्कारअनुसार अन्तिम विधि गरेको बताए।
तिलकरामसँग वैवाहिक जीवनमा बाँधिएकी केशीमायाको ९२ वर्षको उमेरमा १४ वर्षअघि मृत्यु भएको थियो। बुधबारदेखि क्रियामा बसेका नारायणदत्त तिलकरामका काइँला भाइ लीलाधरका जेठा छोरा हुन्

अजको फोटो हरु: (3-photos,see....)

 'ढकमक्क लालिगुराँसः     खोटाङमा समय अगावै लालिगुराँस फूल्न थालेपछि, पर्यटकीय गुराँसे डाँडाहरुमा आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेका छन् ।
1.how beautiful nepal
2.goal....(pokhara)

नेपाल:भूकम्पले अस्पताल नै लड्नेछन्

काठमाडौं, चैत  - भूकम्पको जोखिमबाट बच्न विज्ञहरूले उपत्यकामा ठूलो क्षमताको आपतकालीन स्वास्थ्य सेवा माग गरिरहेकै बेला यहाँका अस्पताल भने आफैं लड्ने स्थितिमा छन्। एक सातायताको परीक्षणमा सात रेक्टर स्केलभन्दा ठूलो भूकम्प गए मुलुककै सबैभन्दा ठूलो वीर अस्पतालका ८० प्रतिशतभन्दा बढी भौतिक संरचना ध्वस्त हुने प्राविधिकहरूले औंल्याएका छन्।
परीक्षणले काठमाडौंका १४ अस्पतालमा सात वर्षअघि गरिएको प्राविधिक अध्ययनमा जुन रिपोर्ट सार्वजनिक भएको थियो त्यसमा कुनै सुधार नआएको देखाएको छ। विश्व स्वास्थ्य संगठन र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)ले संयुक्त रुपमा गरेको उक्त अध्ययन अनुसार पाटन, कान्ति, सैनिक, प्रहरी, प्रसुती गृह जस्ता पुराना भवन रहेका अस्पतालहरु सबैलाई खतराको घेराभित्र राखिएको छ।
अध्ययनमा संलग्न एनसेटका इञ्जिनियर रमेश गुरागाइँका अनुसार ७ देखि ८ रेक्टर स्केलको भुइचालो जाने हो भने उपत्यकाका घरहरुको अहिलेको अवस्थामा कम्तीमा एक लाखको मृत्यु हुने स्थिती छ। त्यसैगरि कम्तीमा तीनदेखि पाँच लाख घाइते हुने उनीहरुको पूर्वानुमान छ।
जबकि, उपत्यकाभरकै अस्पतालमा अहिलेकै अवस्थामा पनि केवल दुई देखि तीन हजार जनालाई मात्र आकस्मिक उपचार सेवा दिनसकिने क्षमता छ। भुकम्पका बेला अस्पताल स्वयं पीडित भए यो क्षमता झनै घट्न पुग्ने स्पष्ट छ।
'जोखिम न्यूनीकरणका लागि थप तयारी र सावधानी नअपनाउने हो भने, अहिलेकै अवस्थामा अस्पताल आफै गम्भीर घाइते बन्छ,' वीर अस्पतालका निर्देशक डा.बुलन्द थापा भन्छन्,, 'त्यतिबेला घाइते र विरामीको व्यवस्थापन गर्ने कि, अस्पतालको?'
इन्जिनियर गुरागाईका अनुसार ठूलो भुइँचालो आएमा मुलुकका ८० प्रतिशत ठूला अस्पताल स्वयं काम गर्नसक्ने अवस्थामा रहने छैनन्।
घाइतेको उपचार गर्ने अस्पतालको भौतिक संरचना, अभौतिक संरचना र सेवा दिनसक्ने क्षमताका आधारमा पूर्वतयारी हुनुपर्ने डा. थापा बताउछन्।
पछिल्ला दिनमा विपद व्यवस्थापन लागि वीर अस्पताललाई तयारी अवस्थामा राख्न सक्दो सक्रियता थालिसकेको उनी बताउछन्। एक सातायता वीर अस्पतालको पुराना भवनलाई दिन सकिने टेवाको अध्ययन सुरु गरिएको छ।
'त्यसका आधारमा प्रस्तावना लेख्न समेत भनिसकेको छु,' डा.थापाले भने, 'विश्व स्वास्थ्य संगठन, वेलायति सहयोग नियोगलगायतका थुपै्र अन्तराष्ट्रिय दातृ संस्थाहरु वीरको संरचना मजबुत बनाउन सहयोगका लागि तयार भइसकेका छन्।'

काठमाडौंसहित २८ नगरपालिकाको पानीमा हैजाका जिवाणु

चैत्र, काठमाडौं । काठमाडौं उपत्यकामा वितरित खानेपानीमा आउँ र हैजाको जिवाणु भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले गरेको अध्ययनअनुसार जनस्वास्थ्यका दृष्टिले काठमाडौं उपत्यकामा वितरित खानेपानी असुरक्षित रहेको छ ।
पाइप र ट्यांकरबाट वितरित पानी तथा बोतल र जारमा बिक्रीका लागि राखिएको पानीको नमुना परिक्षण गर्दा हैजा र आउँका जिवाणु भेटिएको नाष्टका विज्ञान महाशाखा प्रमुख डा. दिनेश भोजुले जानकारी दिनुभयो ।
यसैगरी वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)ले काठमाडौं उपत्यकासहित नेपालका २८ नगरपालिकामा वितरित खानेपानी पनि पीउनयोग्य नरहेको महाशाखाले जनाएको छ । वितरण प्रणालीमा सावधानी नअपनाउँदा खानेपानीमा फोहरमैला मिसिएर जैविक प्रदुषण उच्च रहेको एन्फोका सूचना अधिकृत राजेश अधिकारीले जानकारी दिनुभयो ।

लिबियाबाट फर्किएका नेपालीलाई राहात प्याकेज

बैदेशिक रोजगार ब्यवसायि संघका अध्यक्ष प्रेमबहादुर कटुवालले लिबिया बाट फर्केका नेपालीलाई राहात प्याकेजका सम्बन्धमा नेपाल सरकारसँग छलफल भैरहेको बताउनु भएको छ । लिबियाबाट फर्केका नेपालीको अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिबिया बाट फर्केका नेपलीसँग भएको लिबियन डलर सटहिको ब्यवस्था मिलाउन पनि नेपाल सरकार सँग माग गर्नुभयो ।
यसैगरी, मध्य पूर्वमा समेत राजनैतिक संकटदेखापरेकोले भबिष्यमा आउन सक्ने जोखिम बाट बच्नका लागि नेपाल सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि तत्काल स्पष्ट नीति बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । लिवियामा अलपत्र १ हजार ७ सय ५२ नेपाली मध्ये १ हजार ७ सय ४७ जना शकुशल नेपाल फिर्ता भएका छन ,भने बाँकि ५ जना अझै लिबियामै रहेको बताईएको छ । ति मध्ये २ जना भोलि सम्ममा नेपाल आउने र अन्य ३ जना भने नेपाल फिर्ता भएपछि नेपाल सरकारले रोजगारिको ग्यारेण्टि गरेमात्रै फिर्ता हुने बताएपछि उनिहरुलाई फर्काउन अफ्ठ्यारो भएको बताईएको छ ।
लिबियामा संर्घष चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न फरेन इम्प्लोयमेन्ट एसोसियसनका सचिव नवराज के.सीको नेतृत्वमा लिविया गएको टोलिले त्यहा रहेका नेपालीलाई सकुशल उद्धार गरेको हो । के.सिले लिवियामा रहँदा त्रिपोलि र म्रि्रौटा बाट उद्धार गर्न कठिनाई उत्पन्न भएपनि अन्त्यमा आफूहरु सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जस्मिनर् इन्टरनेशनलका निर्द्धेशक कपिल मणि उप्रेतिले उद्धार कार्यमा आई.ओ .एमले सहयोग गरेको बताउनुहुँदै लिविया बाट फर्केका नेपाली मध्ये आधा बढिको राहादानि नभएकाले अबिलम्ब राहादानिको ब्यवस्था गर्न समेत नेपाल सरकार सँग माग गर्नुभएको छ ।

सरकारले अनुदान नदिए फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्ने

मासिक १ अर्ब ५५ करोड रुपैया घाटा हुँदा टाट पल्टने अवस्थामा पुगेको भन्दै नेपाल आयल निगमले तत्काल राज्यले अनुदान नदिए पुन पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुपर्ने चेतावनी दिएको छ । आज एक पत्रकार सम्मेलनको आयोजन गरी निगमका कार्यकारी निर्देशक दिगम्बर झाले पछिल्लो समयमा हवाईर् इन्धन र पेट्रोलमा मुल्य बृद्धि गरेको भए पनि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भईरहेको अवस्थामा मुल्य बृद्धि नगरे निगम चल्न सक्ने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले पछिल्लो मुल्य बृद्धि पछि पनि हवाईर् इन्धनमा केही नाफा भए पनि पेट्रोलमा अझै ४रुपैया ३० पैसा घाटा रहेको , डिलमा प्रति लिटर २० रुपैया र खाना पाकाउँने एलपी ग्यासँमा २ सय ५४ रुपैया घाटा भएको जानकारी दिनुभयो । पछिल्लो समयमा लोडसेडिङ्गका कारण पेट्रोलियम पदार्थको खपत दोब्बर बढेकोले पनि घाटा चुलिदै गएको भन्दै कार्यकारी निर्देशक झाले सरकारले अनुदान वा करमा छुट नदिए आपूर्ति असहज बन्ने चेतावनी दिनुभयो ।

माओबादीले पुनः जनसत्ता सञ्चालन गर्ने

काठमाडौं,  चैत्र

केहि दिन अघि मात्रै युवा दस्ता र्सार्वजनिक गरेको माओबादीले पुनः जनसत्ता सञ्चलन गर्ने भएको छ । माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले जनतालाई राहत दिन पुनः जनसत्ता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले विकास निर्माण, न्यायनिसाफका साथै अन्य जनसरोकारका विषयमा जनसत्ताबाट काम थालिने बताउनुभयो । जिल्ला संगठन समितिको बैठकले केन्द्रिय कमिटीको निर्देशन बमोजिम जनसत्ता र जनअदालत गठनका साथै जनस्वयम्सेवक दर्ता निर्माण समेत गर्ने निर्णय गरेको इनचार्ज पराजुलीले जानकारी दिनुभयो ।
वाइसिएल, युवा र पार्टी कार्यकर्ता रहने उक्त दलले जनताको सुरक्षा, विकृति विसङ्गति विरुद्ध लड्नुका साथै विकास निर्माणमा सहयोग गर्न उहाँल दाबी गर्नुभयो बताउनुभयो ।

मलेसिया: बेलुन महोत्सव

how beautiful.....






















मलेसियामा मनाइने बेलुन महोत्सव...........

एम्नेष्टिमार्फत नाम दर्ता गराएर कोरियाली भिषा


काठमाडौ  चैत । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका बिदेशी कामदारले एम्नेष्टी इन्टरनेशनलमार्फत आफ्नो नाम दर्ता गराए वैधानिक भिषा प्राप्त गर्ने भएका छन् ।
गैरकानुनी रुपमा बसेको अबधि दश वर्ष पुगेको भएमात्र यस्तो सुबिधाको दावी गर्न पाइने भएको छ । दश वर्षभन्दा बढी कोरियामा बसेका चिनियाँ नागरिकहरुले भने गत साताबाट सो सुबिधा लिन थालीसकेको एम्नेष्टीले जनाएको छ ।
५ वर्षभन्दा बढी एकै ठाउँमा बसेको ब्यक्तीले सोही भूमिमा स्थायी बसोवास गर्ने अधिकार पाउनुपर्ने आबाज अन्तर्राष्ट्रियरुपमा उठेपछि विभिन्न देशहरुले यसलाई मान्यता दिन थालेका छन ।
कोरीयामा दशकौं बसेर त्यहाको आर्थीक बिकासमा टेवा पुर् याउनेलाई पनि कोरिया सरकारले सरकारले पक्राउ गरेर देश निकाला गर्दै आए पनि हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवावपछी दश वर्ष भन्दा बढी बस्नेलाई कोरियामै बसोबासको स्वीकृति दिने निण्र्ँय गरेको हो ।

बहराईनमा दुतावास नहुँदा नेपाली नागरिकको शब ल्याउन समस्या


काठमाडौ  चैत । खाडी मुलुक बहराइनमा दूतावास नहुँदा त्यहाँ मृत्यु भएका दुई नेपाली कामदारको शव नेपाल ल्याउन समस्या भएको छ । लमजुङगका देऊबहादुर गुरुङगको मार्च ८ र म्याग्दीका टिका खड्काको मार्च १२ मा हृदयघातबाट मृत्यु भएको थियो । मृतकका परिवार तथा आफन्तजनले शब नेपाल ल्याईदिन बहराईनस्थित नेपाली संघसंस्था र गैरआवासीय नेपाली संघलाई अनुरोध गरेपनि बहराइन हेर्ने दूतावास नहुँदा शब नेपाल ल्याउने प्रकि्रया अगाडी बढन सकेको छैन् ।
यसअघि साउदी अरेबियास्थित दूतावासले बहराइन हेर्ने गरेको भए पनि केही दिनअघिमात्र बसेको मन्त्रीपिरÈदले कतारस्थित दूतावासलाई बहराईन हेर्ने जिम्मेवारी दिएपछि बहराइनसँगको नेपालको सिधा सम्पर्क टुटेको छ ।
यसैवीच बहराइनमा चकिर्एको आन्दोलनका कारण्ँ नेपालीहरु समस्यामा पर्न थालेका छन् । आइतवारबाट मुख्य सडक बिद्यालय बजार निजी कार्यलय पूण्र्ँरुपमा बन्द छन भने बजार सुनसान भएको छ ।
उद्यॊगधन्दा बन्द रहेकाले नेपाली कामदारहरु कम्पनीकै होष्टलमा बसिरहेको बताइएको छ । बहराइनमा ३५ हजार नेपाली कार्यरत छन ।


भ्रष्टाचार गरेको ठहर भएका काग्रेस नेता बाग्ले घरबाटै गिरफ्तार



काठमाडौ ३ चैत । सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको सजाय सुनाएका पूर्व मन्त्री एवम् कांगे्रस नेता चिरििाजवी वाग्लेलाई आज प्रहरीले पक्राउ गरेको छ । बाग्लेलाई प्रहरीले उनकै कालो पुल र भत्केको पुलको विचमा रहेको घरबाटै पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा करिब ८ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा हिजो फैसला गर्दै सर्वोच्च अदालतले करिब डेढ वर्ष कैद तथा २ करोड ३ लाख जरिवाना र त्यत्ति नै बमोजिमको बिगो असूल गर्ने फैसला सुनाएको थियो । प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायधीश खिलप्रसाद रेग्मीको संयुक्त इजलासले त्यस्तो फैसला गरेको थियो । पटक पटक मन्त्री भएका वाग्लेले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको र स्रोत नखुलाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

मलेसियामा साँस्कृतिक धमाका २०६८ हुने


क्वालालम्पुर । नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रवासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने भएको छ ।
मलेसियाको निलाई शहरमा नै पहिलो पटक साँस्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकले बताएको छ । अप्रिल १७ का दिन बिहान ११ बजे देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसियामा कार्यक्रमको आयोजना हुने छ ।
आयोजक प्रवासी मगर संघ मलेसिया निलाई इकाई कमिटि हो भने सहआयोजक: भुपेन्द्र महतरा, केबी र किरण बजगाई‌ रहेका छन् । साँस्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रवासमा नै काम गर्ने प्रवासी नेपाली रहेको अयोजकले जनाएको छ ।
कलाकारहरुमा क्रमश: सीमा, मीलन, रोशन, नगेन्द्र, सुरेश, सुमन, रामकृष्ण, भीम, दोरण, चीत्र, राज, श्रीराई, दीया, रमला, दीनेश र सुधा लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ ।
कार्यक्रममा प्रतियोगितात्मक भएकोले उपहारहरु पनि राखिएको छ । कार्यक्रममा प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, तितृय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई अन्य आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ । कार्यक्रम हेर्नको लागि प्रबेश शुल्क आर एम:१५ मात्र लाग्ने पनि आयोजकले जनाएको छ ।
तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागि निशुल्क बसको व्यवस्था गरिएको छ । कार्यक्रमको विशेष सहयोगीमा सयपत्री होटल, रमाइलो होटल, इन्द्रेणि होटेल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक:fwwmc , आई.एम.ई र रेमित- मास्टर रहेका छन् ।

जापान: ,वृद्धहरुको विजोग

HOW SARROW:"great sympathy form side of all tanahun people and NAMASTE TANAHUN(family)
जापानको भुकम्प पीडित वृद्धहरु उत्तरी जापानको केसनुमा स्थित सेल्टरमा।

विषादी न्यूनीकरण गर्न आइपिएम कृषक पाठशाला


२ चैत्र, तनहुँ । जिल्लामा विषादीरहित तरकारी उत्पादन गर्न छ वटा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । तनहुँ आइपिएम कृषक एसोसिएसनको सहयोगमा आँबुखैरेनी गाविस वडा नं १ र २ मा एक हजार ७०० आइपिएम कृषक पाठशाला, बरादी आइपिएम कृषक पाठशाला, क्यामिन बर्लाची आइपिएम कृषक पाठशाला, शिवालय आइपिएम कृषक पाठशाला, छाङ गाविसको मनोहरी आइसपएम कृषक पाठशाला र छिम्लेश्वारा आइपिएम कृषक पाठशाला छन् ।
जिल्लाका कृषकलाई विषादीरहित तरकारी उत्पादनका लागि प्रोत्साहन गर्न प्रविधि, रासायनिक मल, वर्णसङ्कट जातका बीउ, कीराका विषादीहरू सहयोग गर्दै आइरहेकाको तनहुँ आइपिएम कृषक एसोसिएसनकी अध्यक्ष एवम् सहजकर्ता लक्ष्मी वाग्लेले जानकारी दिनुभयो ।
उक्त प्राविधिकद्वारा गरिएको तरकारीखेतीबाट करिब २०० कृषक प्रत्यक्षरूपमा लाभान्वित भएको उहाँले बताउनुभयो । जिल्लाको रिसिङ, दुलेगौडा, ढोरफिर्दीलगायतका ३५ गाविसमा आइपिएम पाठशाला सञ्चालन गरिसकिएको जानकारी दिँदै उहाँले उक्त अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक समूहलाई रु छ हजार बराबरको बीउवीजन, रासायनिक मल, विषादी प्रदान गरिएको छ । प्रत्येक कृषकले कम्तिमा तीन रोपनी क्षेत्रफलमा तरकारीखेती गुर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । यसरी उत्पादन गरिएको तरकारी कृषक स्वयम्ले बिक्री गरी आम्दानी लिन सक्ने बताइएको छ

तनहूँ:राजनीतिक हस्तक्षेपले व्यवसायी संकटमा :

, तनहूँ, चैत  - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग कल-कारखानामा राजनीतिक हस्तक्षेप बढेकाले व्यवसायीहरु मर्कामा परेको बताएका छन्। राजनैतिक दलले आर्थिक क्रान्तिको नारा उठाएपनि मजदुरको नाममा राजनीति गर्ने दलका कार्यकर्ताहरुबाट अप्ठ्यारो र असहज परिस्थिति उत्पन्न भएको भन्दै उनले वर्तमान परिस्थितीमा देशमा आर्थिक क्रान्ति असम्भव भएको समेत बताए।
तनहुँ उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै जोशीले सोमबार राजनीतिक दलहरुको मजदुरलाई उचालेकै कारण व्यवसायीको लगानी धरापमा परेको बताए। उनले भने, 'लगानी धरापमा परेपनि व्यवसायी अझै निरास भएका छैनन्।'
दलको उक्साहटमा आएर मजदुरहरुले व्यवसायीको क्षमता भन्दा बढी पारिश्रमिक माग्ने गरेको भन्दै उनले मजदुरहरु उद्योगी व्यपारीको बशमा भन्दा दलको बशमा भर परेको बताए। 'हाम्रै पैसा लिएका मजदुरहरु हाम्रो बशमा छैनन, हाम्रो भरमा छैनन्।' उनले भने, 'कसैको भर्ती केन्द्र हो भने उनीहरुलाई किन पैसा दिने?' उद्योग कलकारखानामा कार्यरत मजदुरहरुलाई काम नगरी आन्दोलनमा जानका लागि व्यवसायीले लगानी गर्नुपरेको उनको भनाई थियो।
नेपाली जनताहरु सधै चुप लागेर राजनीतिक दलको खेललाई मात्र निहालिरहेकाले देशमा यस्तो अवस्था सृजना भएको उनले बताए। 'भारतमा प्याजमा एक रुपैया भाउ बढे सरकारले राजीनामा दिन्छ।' उनले भने, 'तर हामी चुप लागेर बस्छौ।' देशमा लगानी मैत्री वातावरण कहिल्य सृजना नभएको भन्दै उनले राजनीतिक दललाई तताउन जनताहरु चलाएमान हुन जरुरी रहेको बताए।
'संविधानमा पनि हामी व्यापारीको लगानी छ।' उनले भने, 'संविधान बन्ने वा नबन्नेमा पनि हामी चिन्तित छौ, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनौ।' राजनीति मुक्त उद्योग कारखाना पश्चात मात्र व्यवसाय गर्ने वातावरण सृजना हुने भन्दै उनले राजनीति भित्र उद्योग व्यवसाय संचालन गर्न नसकिने धारणा व्यक्त गरे। आर्थिक उन्नती र आर्थिक लगानी पश्च्ाात मात्र आर्थिक क्रान्ति सम्भव भएको भन्दै उनले गरिबी, बेरोजगारी बढाएर देशमा आर्थिक क्रान्ति नहुने धारणा व्यक्त गरे।
'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आर्थिक क्रान्ति अपरिहार्य छ।' जोशीले भने, 'यहाँ आर्थिक क्रान्तिको सट्टा राजनीतिक क्रान्ति चलेको छ।' राज्यले जनतालाई पुर्‍याउनु पर्ने सामान्य हक अधिकार समेत पुर्‍याउन नसकेको भन्दै जोशीले जनताहरु राज्यको भरमा नभई देउताको भरमा बाच्नु परेको बताए। 'केन्द्रिय कारागारमा गएर कसैले भित्रै गोली हान्न सक्छ।' उनले भने, 'आम नेपाली जसरी बाँचेका छन्, भगवानको देन हो।'
उद्योग बन्द गर्ने
हेटौडाका बन्द उद्योगको विषयमा उद्योगी र मजदुर विच वार्ता हुन नसके वार्ताको जिम्मेबार मजदुरहरुनै हुने भन्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मजदुरहरुले उद्योग बन्द गरेमा उद्योगी व्यवसायीले हेटौडाका मात्र नभई देशभरका उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिए।

राजतन्त्रबारे निर्णय गर्न जनतालाई दिनुपर्छः ज्ञानेन्द्र

पछुतो छैन, जनतालाई कुरा बुझाउन सकिन'






 १९ चैत्र, काठमाडौं । मुलुकमा राजतन्त्र घोषणा भएको तीन बर्षपछि पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्रबारे जनतालाई निर्णय गर्न दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नीमा सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा गरे ।
राजतन्त्र समाप्त भएको तीन बर्षपछि पनि अझै राजतन्त्रबारे निर्णयको कुरा उठाएपछि सञ्चारकर्मीहरूले अझै पनि राजाका रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने जिज्ञासा राखेका थिए । शाहले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक हुने बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाई नै निष्पक्ष र स्वतन्त्र अवसर दिनुपर्छ ।’ जनताबाट चुनिएका संबिधानसभा सदस्यले नभई जनमतसंग्रहका आधारमा राजतन्त्रको निर्णय हुनुपर्ने मत राख्दै आएका पूर्वराजाले जनतालाई प्रत्यक्ष र स्वतन्त्र अबसर नदिइएकाले संबिधानसभाको निर्णयमा आफु असन्तुष्ट रहेको संकेत गरे ।
आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको भन्दै उनले भविष्यमा पनि त्यस विपरित नजाने बताए । उनले आफू पनि यो देशको नागरिक भएकोले आफ्नो विचार, चिन्ता र चासो आम नेपाली नागरिकको भन्दा फरक नभएको दावी गरे ।
पूर्वराजा शाहले नागरिकका रुपमा आफू मुलुकको अवस्थाप्रति चिन्तित रहेको भन्दै अहिले देश इतिहासको सबैभन्दा कठिन घडीबाट गुजि्ररहेको कुरा कसैबाट नछिपेको बताए । इतिहासको महान आवश्यकतामा आफ्नो जिम्मेबारी पुरा गर्न कसैले पनि लाज मान्न नहुने उनको भनाई थियो ।
अन्तराष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सत्ता हातमा लिएर गल्ती गरेजस्तो लाग्दैन भन्ने जिज्ञासामा पूर्व राजाले आफूले लिएको पहलकदमी देशको हितमा थियो भन्नेमा आफू अहिले पनि विश्वस्त रहेको बताए । आफ्नो उदेश्य जनतालाई बुझाउन असफल भएको स्वीकारेका पूर्व राजा ज्ञानेन्द्रले त्यसका लागि आन्तरिक र बाहृय सहयोग नपाएको गुनासो गरे ।
वर्तमान अवस्थामा देशको अखण्डता, सार्वभौमिकता र एकतामा कतै सम्झौता भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा पूर्व राजाले प्रत्येक नेपाली देशभक्त भएका कारण देश बचाउन सबै तयार रहेको बताए । देश बिखण्डित भएको र समाप्त भएको कल्पना गर्न पनि नसक्ने भन्दै उनले नेपाली जनतामा पूर्ण विश्वास रहेको वताए । विगतमा पनि यस प्रकारका खतराहरु टार्न सफल भएका कारण नेपालीहरु एक रहेसम्म कसैले केही गर्न नसक्ने उनको बिश्वास थियोे ।
राजतन्त्र विस्थापित भएपछि नेताहरु असफल भएकोमा तपाईलाई खुसी लागेको होलानी भन्ने प्रश्नमा पूर्व राजाले कुटनीतिक जवाफ दिए । जिम्मेवारी पाएकाहरुले आफ्नो जिम्मेवारी मिलेर पुरा गर्नुपर्ने भन्दै उनले नेताहरुले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरु पुरा गरेमा आफू सबैभन्दा खुसी हुने वताए । आफूसहित सवै नेपालीको चाहना सम्मानसहित सुरक्षित वातावरणमा बाँच्न पाउनु तथा समृद्ध र शान्त नेपाल हेर्नु रहेको पूर्वराजा शाहको भनाई थियो ।

उद्धारका लागि १५ नेपाली सुरक्षाकर्मी जापान पठाइँदै

सेन्दाईमा भेटिएका १ सय १५ नेपालीको सूची सार्बजनिक

सरकारले जापानका भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि सुरक्षाकर्मीको एक टोली पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका २ जनालाई जापान पठाउने निर्णय गरेको हो ।

बैठकले भूकम्प तथा सुनामी पिडितहरुका लागि ५ हजार थान कम्मल पनि पठाउने निर्णय गरेको पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबार केन्द्रीय कारागारमा भएको घटनाको छानविनका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक छानविन आयोग गठन गरेको छ । आयोगमा डीआइजी कुवेर सिंह र नायवमहान्यायाधीबक्ता पे्रमराज कार्की सदस्य रहनु भएको छ ।
सेन्दाईमा भेटिएका १ सय १५ नेपाली शकुशल
जापानस्थित नेपाली राजदूतावासले सुनामीग्रस्त सेन्दाईमा हालसम्म सम्पर्कमा आएका १ सय १५ जना नेपालीको सूची सार्बजनिक गरेको छ ।
जापानबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार त्यहाँ रहेका नेपालीको अबस्था बुझ्न सेन्दाई पुगेका तोहुको बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु आशिष आचार्य, सन्दीप ढुङ्गाना र आधार लामिछानेले सेन्दाईका शिविरमा पुगेर तयार पारेको सूची दूतावासले सार्बजनिक गरेको हो ।
उनीहरुकाअनुसार अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु Sendai International Center / Multilingual Suppoert Center मा अस्थायी आश्रममा बसिरहेका छन् । त्यहां खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुचारु भएको छ ।
राजदूतावास शुक्रवारको भूकम्प तथा सुनामी क्षेत्रमा रहेका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ‘सञ्चार सम्पर्क विच्छेद भएका कारण अहिलेसम्म पनि नेपालीहरुको पूर्ण तथ्याङ्क हासिल गर्न नसकिएको भएपनि राजदूतावासले जापान सरकारको परराष्ट मन्त्रालय, प्रहरी लगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसंग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थावारे सूचना संकलन गरिरहेको छ’ दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजोसम्म सम्पर्कमा नरहेकी भूकम्पग्रस्त सेन्दाइमा रहेकी श्रीमती आङफुटी शेर्पा लगायतका नेपालीहरुसंग राजदूतावासले सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
सम्पर्कमा आएका नेपालीहरुको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor