WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँका खबर:तनहुँका लागि पठाइएको बजेट सांसदद्वारा माइती गाउँमा खर्च

तनहुँ, चैत १६- निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आफ्नो जिल्लाको विकासका लागि संसदमार्फत् पठाइएको रकम तनहुँकी सभासदले स्याङ्जामा खर्च गरेकी छिन्। नेकपा एमालेबाट समानुपातिकतर्फकी सभासद हसिना बेगमले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपियाँ माइती जिल्ला स्याङ्जा पठाएकी हुन्।
आर्थिक वर्ष ०६७/६८ का लागि आएको १० लाख रुपियाँ उनले स्याङ्जाका विभिन्न मदरसा, मस्जिद, आमा समूह र एक विद्यालयलाई छुट्टाएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ। बेगमले ६ मदरसा विद्यालयका लागि ५ लाख ५० हजार, दुई मुस्लिम आमा समूहलाई २ लाख ८५ हजार र फूलबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपियाँको योजना कार्यक्रममा उल्लेख भएको जिल्ला विकास समिति स्याङ्जाका बुद्धिप्रसाद रेग्मीले बताए। बेगमले प्रशासनिक खर्चका लागि ५० हजार, प्राविधिक खर्चका लागि १५ हजार छुट्टाए पनि ५० हजारको योजना भने अहिलेसम्म तोकेकी छैनन्।

योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।

स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।

तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।

तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।

तनहुँ;जलेर वृद्धाको मृत्यु

तनहुँ,29 चैत । आफू सुतेको ओछ्यानमा आइतबार राति अचानक आगालागी हुँदा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ ।व्यास नगरपालिका-१० बीसघरेस्थित पाटीमा लामो समयदेखि बस्दै आएकी नाम ठेगाना खुल्न नसकेकी  ६०÷६५ वर्षकी वृद्धाको सुतेको ओछ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।साँझपख मैनबत्ती बालेर सुत्नेक्रममा मैनबत्ती ढलेर आगो लागेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

हिमाल रेमीटको रकम पीडितलाई हस्तान्तरण

तनहुँ, चैत २९- तनहुँ गजरकोट ५, पुट्टारका खड्गबहादुर विश्वकर्माले रकम पाएका छन्। हिमाल रेमिटका सौरभ बजगाईँले मुक्तिनाथ मनि ट्रान्सफरको कार्यालयमा विश्वकर्मालाई रकम बुझाएका हुन्।
दुबईमा कार्यरत खड्गका छोरा पद्म विश्वकर्माले चैत ३ गते खड्गबहादुरको नाममा पठाएको ५९ हजार ४० रुपैयाँ गाउँकै होमनाथ ढकालले नक्कली नागरिकताको प्रमाण पत्र बुझाएर रेमिटान्सबाट निकालेका थिए।

रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'

एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor