WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अन्तराष्ट्रिय

अफगानिस्तानमा ५ नेपाली मारिए

१९ चैत, काबुल । धार्मिक ग्रन्थ कुरान जलाएको बिरोधमा उत्रिएका मुस्लिम प्रर्दशनकारीहरुले शुक्रबार राष्ट्रसंघ कार्यालयमा आक्रमण गर्दा ५ नेपाली सुरक्षागार्डसहित कम्तीमा ८ जना बिदेशी नागरिकको मृत्यु भएको छ ।
बिबिसीका अनुसार मजारे-सरिफस्थित राष्ट्रसंघ कार्यालयमा छिरेर प्रर्दशनकारीले सुरक्षागार्डमाथि गोली चलाएका थिए । अफागानिस्तानमा रहेको राष्ट्रिसंघीय सहयोग नियोगका प्रवक्ता ड्यान मार्कटनले घटनाको पुष्टी गरेका छन् ।
मारिने नेपालीहरुको पहिचान खुल्न सकेको छैन् । अफगानिस्तानमा नेपाली नियोग नभएकाले पाकिस्तानस्थित दूतावासले हेर्दै आएको छ । अफगानिस्तानमा मूलत सुरक्षाक्षेत्रमा करिव २५ हजार नेपाली कार्यरत रहेको बताइएको छ ।
अघिल्लो महिना अमेरिकाको फ्लोरिडास्थित एक चर्चका पादरीले स्लामिक धार्मिक ग्रन्थ कुरान जलाएको बिरोधमा अफगानिस्तानमा रहेको राष्ट्रसंघीय कार्यालय र अमेरिकी दूतावासअघि त्यहाँका नागरिकले प्रर्दशन गरिरहेका छन् ।

 मलेसियामा साँस्कृतिक धमाका २०६८ हुने
क्वालालम्पुर । नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रवासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने भएको छ ।
मलेसियाको निलाई शहरमा नै पहिलो पटक साँस्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकले बताएको छ । अप्रिल १७ का दिन बिहान ११ बजे देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसियामा कार्यक्रमको आयोजना हुने छ ।
आयोजक प्रवासी मगर संघ मलेसिया निलाई इकाई कमिटि हो भने सहआयोजक: भुपेन्द्र महतरा, केबी र किरण बजगाई‌ रहेका छन् । साँस्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रवासमा नै काम गर्ने प्रवासी नेपाली रहेको अयोजकले जनाएको छ ।
कलाकारहरुमा क्रमश: सीमा, मीलन, रोशन, नगेन्द्र, सुरेश, सुमन, रामकृष्ण, भीम, दोरण, चीत्र, राज, श्रीराई, दीया, रमला, दीनेश र सुधा लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ ।
कार्यक्रममा प्रतियोगितात्मक भएकोले उपहारहरु पनि राखिएको छ । कार्यक्रममा प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, तितृय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई अन्य आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ । कार्यक्रम हेर्नको लागि प्रबेश शुल्क आर एम:१५ मात्र लाग्ने पनि आयोजकले जनाएको छ ।
तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागि निशुल्क बसको व्यवस्था गरिएको छ । कार्यक्रमको विशेष सहयोगीमा सयपत्री होटल, रमाइलो होटल, इन्द्रेणि होटेल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक:fwwmc , आई.एम.ई र रेमित- मास्टर रहेका छन् 

सुनामीग्रस्त क्षेत्रका केही नेपाली सम्पर्कविहीन

फागुन, जापान । शुक्रबारको महाभूकम्प र सुनामी प्रभावित क्षेत्र सेन्दाईमा रहेका केही नेपालीहरु सम्पर्कविहीन भएका छन् ।
टेलिफोन सम्पर्क स्थापित भएपछि जापानमा रहेका संघसंस्थाले टेलिफोन सम्पर्क गरेर उनीहरुबारे खोजी सुरु गरेका छन् । तर सम्पर्कमा आउन नसकेकाहरु शिविरमा बसेको हुनसक्ने भएकाले अहिले नै केही भन्न नसकिने एनआरएन जापानका अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।
दूतावास, एनआरएन, जनसम्पर्क समिति लगायतले सुनामीपिडीहरुको तथ्याङ्क संकलन सुरु गरेका छन् । पिडीत हुनसक्ने सम्भावित नेपालीको उद्धार र सूचना संकलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेपाली राजदूतावासमा अहिले छलफल भइरहेको छ ।
अनलाइनखबरसँग कुरा गर्दै एनआरएन जापानका अध्यक्ष कसीले भन्नुभयो, ‘अहिलेसम्म नेपालीको कुनै अप्रीय खबर छैन, हामी सूचना संकलनका लागि प्रयासरत छौं ।’
यसैबीच सुनामीग्रस्त क्षेत्रमा रहेका केही नेपालीहरु अलपत्र परेको सूचना प्राप्त भएको छ । उनीहरु नेपाली दूतावास र नेपाली संघसंस्थाको उद्धारको पर्खाइमा रहेको बताइएपनि कति नेपाली अलपत्र परेका छन् भन्ने जानकारी आउन सकेको छैन ।
सेन्दाईमा केही सयको संख्यामा नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् । शुक्रबार राती टेलिफोन सम्पर्कमा आएकी भवानी दवाडीले १० जना नेपालीहरु जापानीसहित सुरक्षितरुपमा शिविरमा बसेको जानकारी गराएकी छन्

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor