WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँका खबर

 फोटो हरु: 


उद्घाटन समारोह

भानुजन्मस्थल विकास समिति तनहूँद्धारा पाँच दिने भानु महोत्सवको उद्घाटन समारोहमा वोल्दै राष्ट्रपति डा। रामवरण यादव । संविधान दिन नसके मुलुकमा गम्भीर संकट आउन सक्ने प्रति उहाँले संकेत गर्नुभयो । 

म हनुमान ! 

रामनवमी महोत्सव पारेर तनहुँको दमौलीमा निकालिएको झाँकी

भनुमोहत्सबमा राष्ट्रपती ;जनतालाई विश्‍वासमा लिनुस् : राष्ट्रपति


namaste tanahun , चुँदी (तनहुँ), चैत २८- राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई जनताको विश्वास लिन आग्रह गरेका छन्। आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा सोमबारदेखि सुरु प्रथम भानु महोत्सवको उद्‍घाटन गर्दै राष्ट्रपति यादवले ६ दलले निर्धारित समयमै शान्ति प्रक्रिया र संविधानलाई टुङ्गो लगाउनुपर्ने बताए।
उनले भने- तीन ठूला र तीन मदेशी दलले समयमै टुङ्गो लगाउनुहोस्।
‘नेताहरुले २००७ र २०४६ सालको जनआन्दोलनको मर्म बुझ्न नसक्दा प्रजातन्त्र संस्थागत हुन सकेन।' उनले भने- २०६२-०६३ को जनआन्दोलनको मर्मलाई दलहरुले बुझेर २७ दलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ। दलहरुबीचको द्धन्द्धका कारण तेस्रो जनआन्दोलनको मर्म पनि नेताहरुले बिर्सन थालेको बताए।
संविधान, सदन र कानुनमार्फत् सहमति, सहकार्य गरेर राज्यलाई सबल बनाउनुपर्ने भन्दै उनले भुगोल, संस्कृति र भाषालाई एकजुट गरी पुनसंरचना गरेर अघि बढ्नुपर्ने बताए। उनले संविधान सभाबाट छलफल गरी शान्ति प्रक्रिया र संविधानलाई विश्वासिलो आधार दिन आग्रह गरे।
मिथिला राज्यमा जन्मेपनि राष्ट्रपतिका रुपमा चुँदी भ्रमण पहिलो भएको भन्दै उनले यसअघि तनहुँमा तीन पटक भ्रमण गरिसकेको बताए।‘पश्चिम र मध्यपश्चिमका रसुवा र मनाङबाहेकका सबै ठाउँ पुगेको छु।' उनले भने- २० वर्ष विद्यार्थी, १० वर्ष डाक्टर र २० वर्ष राजनीति गर्दा देशका धेरै स्थानमा पुगे।'
कार्यक्रमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रद्या प्रतिष्ठानका उपकुलपति बैरागी काइला, सभासद् भीमप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए।

एकै केन्द्रमा परीक्षा दिँदै तीन जोडी

तनहुँ, चैत - कक्षा १० अध्ययन गर्दागर्दै विवाह बन्धनमा बाँधिएका तीन जोडी यहाँको एउटै केन्द्रबाट एसएलसी परीक्षा दिँदैछन्। राईपुर गाविसको आधारभूत उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेका १ सय ५३ परीक्षार्थीमध्ये ६ जनाचाहिँ पति-पत्‍नी हुन्।यसरी परीक्षा दिनेमा राईपुर–५ का भोलबहादुर क्षेत्री र सोही वडाकी सबनम क्षेत्री छन्। उनीहरु महेन्द्र माध्यमिक विद्यालय राईपुरबाट एसएलसी परीक्षामा सहभागी भएका हुन। जसमध्ये भोल १८ वर्षीय र सवनम १४ वर्षीय हुन।

उनीहरुमात्रै होइनन्, आधारभूत उच्च माध्यमिक विद्यालय परिक्षा केन्द्रमा अन्य २ जोडीले समेत एसएलसी परीक्षा दिइरहेका छन्। महेन्द्र माध्यमिक विद्यालयकै अप्सरा श्रेष्ठ र शशी लम्सालको जोडी पनि परीक्षा दिइरहेको छ। त्यसैगरी विनोद रामदाम र फूलमाया रामदामले पनि यहीँबाट परीक्षा दिइरहेका छन्।

परीक्षामा सहभागी ६ जनाले कक्षा १० मा अध्ययन गदागर्दै विवाह गरेका हुन्। शशीसँग अप्सराको जनै पूर्णिमा र विनोदसँग फूलमायाको गत फागुनमा विवाह भएको हो

तनहुँका लागि पठाइएको बजेट सांसदद्वारा माइती गाउँमा खर्च

तनहुँ, चैत १६- निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आफ्नो जिल्लाको विकासका लागि संसदमार्फत् पठाइएको रकम तनहुँकी सभासदले स्याङ्जामा खर्च गरेकी छिन्। नेकपा एमालेबाट समानुपातिकतर्फकी सभासद हसिना बेगमले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपियाँ माइती जिल्ला स्याङ्जा पठाएकी हुन्।
आर्थिक वर्ष ०६७/६८ का लागि आएको १० लाख रुपियाँ उनले स्याङ्जाका विभिन्न मदरसा, मस्जिद, आमा समूह र एक विद्यालयलाई छुट्टाएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ। बेगमले ६ मदरसा विद्यालयका लागि ५ लाख ५० हजार, दुई मुस्लिम आमा समूहलाई २ लाख ८५ हजार र फूलबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपियाँको योजना कार्यक्रममा उल्लेख भएको जिल्ला विकास समिति स्याङ्जाका बुद्धिप्रसाद रेग्मीले बताए। बेगमले प्रशासनिक खर्चका लागि ५० हजार, प्राविधिक खर्चका लागि १५ हजार छुट्टाए पनि ५० हजारको योजना भने अहिलेसम्म तोकेकी छैनन्।

योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।

स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।

तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।

तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।

तनहुँ:जाग्यो कांग्रेस

नेपाली कांग्रेस तनहुँको सोमबार दुलेगौंडा गाउँ विकास समितिमा गाउँ जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
                          दुलेगौंडा गाउँ कार्य समितिका सभापति गोपी बहादुर गुरुङ्गको सभापतित्वमा आयोजित उक्त गाउँ जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सचिव बालकृष्ण घिमिरे, प्रवक्ता हरी प्रसाद वाग्ले, महाधिवेशन प्रतिनिधि कृष्ण पण्डित, जिल्ला सदस्य खोदा वकस मियाँ, पर्ूव महाधिवेशन प्रतिनिधि श्यामकृष्ण मल्ल, महिला नेतृ चन्द्रकला भट्टर्राई, क्षेत्रीय कोषाध्यक्ष रसमाया गुरुङ्ग, क्षेत्रीय प्रतिनिधि पार्वती भण्डारी, पर्ूव गाउँ उपसभापति रेशम गिरी, भूपू संघका यू बहादुर गुरुङ्ग, भक्त बहादुर श्रेष्ठ, सचिव राजेश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दमौली खानेपानीमा कांग्रेसको वाग्ले समुह अत्याधिक मतले विजयी

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्य समिति छनौटका लागि आइतबार भएको निर्वाचनमा संस्थाका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्लेको समुह अत्याधिक बहुमतका साथ विजयी भएको छ ।  मतपरिणाम अनुसार वाग्लेले ४ सय ७९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनु भएको हो । त्यस्तै उहाँका प्रतिद्वन्दि देवि बहादुर बस्नेतले १ सय १४ मत प्राप्त गर्नु भएको थियो
 
                                                संस्थाको उपाध्यक्षमा मिरा जोशीले ४ सय ३८ मत र उहाँका प्रतिद्वन्दि कल्पना पौडेलले १ सय ४५ मत, सचिवमा रामचन्द्र न्यौपानेको ४ सय १२ मत र प्रतिद्वन्दि नेत्र बहादुर रानाभाटले १ सय १० मत प्राप्त गर्नु भएको छ। त्यस्तै कोषाध्यक्षमा विष्णुभक्त न्यौपानेले ४ सय ४५ मत र प्रतिद्वन्दि बम बहादुर थापाले १ सय २१ मत प्राप्त गरेका छन् । यसै गरी सदस्यमा आशमाया कार्की -४०४), नरबहादुर थापा -३८०), राजकुमार श्रेष्ठ -३८४), रामचन्द्र बस्नेत -३९६), राजकुमार श्रेष्ठ -३८४), नेक महमद -४१२) मत प्राप्त गरी विजयी भएका छन्। नयाँ कार्य समितिका लागि आइतबार भएको मतदानमा ८ सय १३ जना मतदाता संख्यामा ६ सय २१ जनाले मतदान गरेका र १८ मत बदर भएको निर्वाचन समितिका संयोजक निशानराज गौतमले बताउनु भयो  त्यस्तै आइतबार दिउँसो ३ बजेबाट सुरु भएको मतदान कार्य साँझ ६ बजे मात्र सम्पन्न भएकाले मतगणना कार्य सोमबार बिहान ११ बजेबाट सुरु गरिने भनिएता पनि देवी बहादुर बस्नेत प्यानलले विवाद सृजना गरेपछि दिउँसो २ बजेबाट मतगणना सुरु गरिएको थियो
                                            देवि बहादुर बस्नेत समुहले सहमतिलाई कांग्रेस पक्षले अस्वीकार गरी एकपक्षीय रुपमा निर्वाचनमा सरिक भएको र मतदान प्रक्रियामा अशक्तहरुलाई सहयोग गर्ने नाममा धाँदली गरेको भन्दै मतगणना कार्य बहिष्कार गरेको थियो ।  बस्नेत समुहले सोमबार मतगणना स्थलबाट बाहिरिदै एक प्रेस विज्ञप्ति प्रकाशित गरी उपभोक्ताहरुको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सवाल भएकोले र विगतको पनि अनुभवका कारण संस्थाको नेतृत्व चयनमा हामीहरुले सहमति र सहकार्यलाई मुख्य जोड गर्दै आएकोमा अधिवेशनको मिति तोकिए पछाडि भावी नेतृत्व चयनका लागि सहकार्य गर्नको निमित्त र्सवदलीय र र्र्सवपक्षय सहमतिको लागि गरेको पहलको भावनालाई कुल्चदै नेपाली कांग्रेस सम्बद्ध साथीहरुले सहमतिको प्रयासलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रियामा गएको आरोप लगाइएको छ ।

तनहुँ:एमाले र माओवादीद्वारा मतगणना बहिष्कार

तनहुँ, चैत १४- अध्यक्षका उम्मेद्वारको अनुपस्थितिमा मतपेटिका खोलेको भन्दै एमाले र माओवादी प्यानलका उम्मेदवारले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समूहको मतगणना बहिष्कार गरेका छन्। जिल्लाका प्रमुख तीन राजनीतिक दलबीच भागवण्डा नमिलेपछि आइतबार कङ्ग्रेससँग एमाले र माओवादीको संयुक्त प्यानलबीच मतदान भएको थियो।
सोमबार बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो। मतगणनास्थलमा एमाले र माओवादी संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका देवीबहादुर बस्नेतले आफ्नो उपस्थितिबिना मतपेटिका खोलिएको भन्दै मतगणना बहिष्कारको घोषणा गरेका हुन्। कङ्ग्रेसका तर्फबाट अध्यक्ष पदका लागि शान्तिरमण वाग्लेले उम्मेद्वारी दिएका छन्।

दमौली बजारको खानेपानी व्यवस्थापनका लागि सरकारी निकायबाट विभिन्न योजना आउने भएपछि खानेपानी तथा सरसफाई समूहमा प्रमुख तीन दलले राजनीति गर्न थालेका हुन्।

तनहुँ:आगलागिबाट बचाउन अनुरोध

 बागभञ्ज्याङ्ग सामुदायिक वन उपभोक्ता समुह व्यास नगरपालिका-२, १० र ११ दमौली तनहुँले बागभञ्ज्याङ्गमा आगलागिका कारण वर्षोनी हुने गरेको क्षतिबाट वनलाई जोगाउनका लागि सबैसंग अनुरोध गरेको छ ।  गर्मी मौसम संगसंगै वनजंगलमा रुख विरुवाका पातहरु सुकेर भुइमा झर्ने भएकाले मानिसहरुको सानो लापरवाहीका कारण पनि ठूलो क्षति हुने हुँदा आगलागिबाट वन जंगललाई जोगाउनका लागि सबै सचेत हुन अनुरोध गरेको हो ।  समुहले वन क्षेत्र वरपर जाँदा सलाई, लाइटरको प्रयोग, तथा चुरोट, बिडीको सेवन गरेपछि ठुटाहरु जथाभावि नफालिदन अनुरोध गर्दै दमौलीसंगै जोडिएको हरियाली सामुदायिक वन तथा शान्ति पार्क एवं पर्यटकीय आकर्षाको यस वनलाई जोगाउन सबैसंग अनुरोध गरेको छ

तनहुँ :घरटहरा भत्काइने

ब्यास-१ मुसेखोलादेखि घाँसीकुवा बजारसम्मका पृथ्वी राजमार्गमा अतिक्रमण गरी बनाएका घरटहराहरू भत्काइने भएको छ । राजमार्गदेखि ७५ मिटर क्षेत्रभित्र बनाइएका घरटहरा भत्काइने भएको हो । घाँसीकुवा सञ्जाल क्लबको सक्रियतामा ती घरटहरा भत्काउने निर्ण्र्ाागरिएको क्लबका अध्यक्ष विष्णुबहादुर पन्थले बताउनुभयो । भानुघाँसी स्मारक पार्क समिति र घाँसीकुवा गाविसको र्सवदलीय संयन्त्रले पनि उक्त क्षेत्रमा विकृति बढेको भन्दै ती घरटहरा हटाउने निर्ण्र्ाागरिसकेको बताएको छ । त्यसका लागि ३५ दिने सूचना टाँस्ने तयारी भएको छ । त्यस क्षेत्रमा रहेका ४० वटा घरटहरा भत्काइने भएको हो । दर्ुघटना न्यूनीकरण गर्न र त्यस क्षेत्रमा बढ्दै गएको विकृति तथा विसंगति रोक्न घरटहरा भत्काउन लागिएको घाँसीकुवा गाविसका सचिव रामराज न्यौपानेले बताउनुभयो । यस अघि, खैरेनीटारबजार तथा तालघोर क्षेत्रमा पनि अतिक्रमित घरटहरा भत्काउने काम भइसकेको छ ।

तनहुँका २६ वटा परीक्षा केन्द्रबाट ६ हजार ५७ जना प्रशिक्षार्थीले परीक्षा दिने 

चैत्र(तनहुँ),आजबाट सुरु हुने २०६७ सालको एसएलसी परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । यस वर्षो एसएलसी परीक्षामा तनहुँ जिल्लामा नियमित तर्फ५ हजार ५ सय ४२ जना, एक्जाम्टेट तर्फ५ सय १५ जना गरी ६ हजार ५७ जना प्रशिक्षार्थीहरु सामेल हुँदै छन् ।

विद्यार्थीहरुलाई सहज र शान्तिपर्ूण्ा रुपमा परीक्षा दिनका लागि जिल्लाका विभिन्न गाउँ विकास समितिमा २६ वटा परीक्षा केन्द्र तोकिएको र आवश्यक शान्ति सुरक्षाको प्रवन्ध मिलाइएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले बताउनु भयो ।
त्यस्तै कमालले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरु र प्रश्नपत्र तथा आवश्यक सामग्रिहरु पुर्‍याइ सकिएको र परीक्षा केन्द्रमा आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गर्नका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरुलाई जिम्मा दिइसकेको पनि जानकारी गराउनु भयो ।
यस वर्षो एसएलसी परीक्षा सञ्चालनका लागि सत्यवती उच्च माध्यामिक विद्यालय दमौलीमा क र ख, निर्मल उच्च माध्यमिक विद्यालय दमौलीमा क र ख, जलदेवि उच्च माध्यमिक विद्यालय, कालिका माथि देवघाट, बालविकास उच्च माध्यमिक विद्यालय भिरकोट, शिव उच्च माध्यमिक विद्यालय ऋषिङ्ग रानीपोखरी, महेन्द्र ज्योती उच्च मावि शिशाघाटलाई परीक्षा केन्द्र निधारण गरिएको छ ।
त्यस्तै, मिन उमावि थर्पु, खैरेनी उमावि खैरेनीटार, पञ्चमुनीदेव उमावि दुलेगौंडा, गाउँफर्कोदय उमावि ढोरफिर्दी, आधारभूत उमावि राइपुर, जनज्योती उमावि भिमाद, चन्द्रज्योती उमावि घिरिङ्ग सुन्धारा, सिर्द्धार्थ उमावि किहू, त्रिभुन उमावि रुपाकोट, विद्यानिकुञ्ज उमावि मिर्लुङ्ग, चन्द्रावती उमावि बसन्तपुर, कालीका उमावि पुर्कोट, होरालो शारदा शिक्षा सदन उमावि भानु, पवित्रा उमावि बन्दीपुर, भानु उमावि बन्दीपुर, रामशाह उमावि आँवुखैरेनी र माहेन्द्रि उमावि गजौडे परीक्षा केन्द्रहरु रहेका छन् ।

यसै गरी २०६७ सालको प्रवेशिका परीक्षामा देशभरिमा एक हजार ६ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको र परीक्षालाई मर्यादित बनाउन एक हजार ६ सय ७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको छ भने यस वर्षएसएलसी परीक्षामा देशभरबाट ४ लख ९६ हजार २ सय ४३ जना विद्यार्थीहरुले परीक्षा दिंदै छन ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला-जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइसकेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन् ।
तनहूँ:राजनीतिक हस्तक्षेपले व्यवसायी संकटमा 
 तनहूँ, चैत  - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग कल-कारखानामा राजनीतिक हस्तक्षेप बढेकाले व्यवसायीहरु मर्कामा परेको बताएका छन्। राजनैतिक दलले आर्थिक क्रान्तिको नारा उठाएपनि मजदुरको नाममा राजनीति गर्ने दलका कार्यकर्ताहरुबाट अप्ठ्यारो र असहज परिस्थिति उत्पन्न भएको भन्दै उनले वर्तमान परिस्थितीमा देशमा आर्थिक क्रान्ति असम्भव भएको समेत बताए। 

तनहुँ उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै जोशीले सोमबार राजनीतिक दलहरुको मजदुरलाई उचालेकै कारण व्यवसायीको लगानी धरापमा परेको बताए। उनले भने, 'लगानी धरापमा परेपनि व्यवसायी अझै निरास भएका छैनन्।'दलको उक्साहटमा आएर मजदुरहरुले व्यवसायीको क्षमता भन्दा बढी पारिश्रमिक माग्ने गरेको भन्दै उनले मजदुरहरु उद्योगी व्यपारीको बशमा भन्दा दलको बशमा भर परेको बताए। 'हाम्रै पैसा लिएका मजदुरहरु हाम्रो बशमा छैनन, हाम्रो भरमा छैनन्।' उनले भने, 'कसैको भर्ती केन्द्र हो भने उनीहरुलाई किन पैसा दिने?' उद्योग कलकारखानामा कार्यरत मजदुरहरुलाई काम नगरी आन्दोलनमा जानका लागि व्यवसायीले लगानी गर्नुपरेको उनको भनाई थियो।

नेपाली जनताहरु सधै चुप लागेर राजनीतिक दलको खेललाई मात्र निहालिरहेकाले देशमा यस्तो अवस्था सृजना भएको उनले बताए। 'भारतमा प्याजमा एक रुपैया भाउ बढे सरकारले राजीनामा दिन्छ।' उनले भने, 'तर हामी चुप लागेर बस्छौ।' देशमा लगानी मैत्री वातावरण कहिल्य सृजना नभएको भन्दै उनले राजनीतिक दललाई तताउन जनताहरु चलाएमान हुन जरुरी रहेको बताए।
'संविधानमा पनि हामी व्यापारीको लगानी छ।' उनले भने, 'संविधान बन्ने वा नबन्नेमा पनि हामी चिन्तित छौ, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनौ।' राजनीति मुक्त उद्योग कारखाना पश्चात मात्र व्यवसाय गर्ने वातावरण सृजना हुने भन्दै उनले राजनीति भित्र उद्योग व्यवसाय संचालन गर्न नसकिने धारणा व्यक्त गरे। आर्थिक उन्नती र आर्थिक लगानी पश्च्ाात मात्र आर्थिक क्रान्ति सम्भव भएको भन्दै उनले गरिबी, बेरोजगारी बढाएर देशमा आर्थिक क्रान्ति नहुने धारणा व्यक्त गरे।
'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आर्थिक क्रान्ति अपरिहार्य छ।' जोशीले भने, 'यहाँ आर्थिक क्रान्तिको सट्टा राजनीतिक क्रान्ति चलेको छ।' राज्यले जनतालाई पुर्‍याउनु पर्ने सामान्य हक अधिकार समेत पुर्‍याउन नसकेको भन्दै जोशीले जनताहरु राज्यको भरमा नभई देउताको भरमा बाच्नु परेको बताए। 'केन्द्रिय कारागारमा गएर कसैले भित्रै गोली हान्न सक्छ।' उनले भने, 'आम नेपाली जसरी बाँचेका छन्, भगवानको देन हो।'
उद्योग बन्द गर्ने
हेटौडाका बन्द उद्योगको विषयमा उद्योगी र मजदुर विच वार्ता हुन नसके वार्ताको जिम्मेबार मजदुरहरुनै हुने भन्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मजदुरहरुले उद्योग बन्द गरेमा उद्योगी व्यवसायीले हेटौडाका मात्र नभई देशभरका उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिए।




महोत्सव गर्ने लहरमा भिन्नै महोत्सवको रुपमा ‘साहित्यिक पर्यटनका लागि भानु महोत्सव’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा तनहुँमा ‘भानु महोत्सव २०६७’ को आयोजना हुने भएको छ । आदिकवि भानुभक्तले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरुप उहाँको देनलाई विश्वव्यापी पुर्‍याउने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।

भानुभक्तको जन्मस्थल(village)
                                 भानु जन्मस्थान विकास समितिद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा भाषिक एकताका प्रतीकका रुपमा परिचित आदिकवि आचार्यको जन्मस्थानको उत्थान र विकासका लागि सो महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।  समितिका अध्यक्ष श्रीभक्त आचार्य सो महोत्सवमा भारतका दार्जलिङ, कालिङ्पोङ सिक्किम लगायत स्थानहरुबाट प्रतिष्ठित साहित्यकारहरू आउने र करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।  उहाँले सो महोत्सवमा राष्ट्रिय कविगोष्ठी गरिने जानकारी दिँदै महोत्सवमा भानुभक्त आचार्यको ऐतिहासिक घर अवलोकन तथा उहाँले प्रयोग गर्नुभएको सामग्रीहरु पर््रदर्शनीमा राखिने जानकारी दिनुभयो।  साहित्यिक तर्ीथाटनका रुपमा रहेको रम्घा गाउँ र नेपाली भाषाका वाल्मीकिको रुपमा रहेका आचार्यको जन्मस्थानलाई साहित्यिक व्यक्तिहरूको तर्ीथाटनका रुपमा अगाडि बढाउनुपर्ने आयोजकले जोड दिएका छन् । महोत्सवमा रम्घाको संस्कृति झल्किने ५० वटा स्टल रहने आयोजकले जनाएको छ

दुग्ध प्रशोधन कारखाना बन्ने
दमौली,  चैत । तनहुँ लमजुङ र गोरखा जिल्लाका किसानलाई समेट्ने गरी व्यास-३ रानीगाउँ नजिकै दुग्ध प्रशोधन कारखाना बन्ने भएको छ । रु ६१ लाखको लागतमा दुईतले पक्की भवन निर्माण गरिने तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।
      कोल्डस्टोर स्टोर कार्यालय र समीक्षा हल रहने गरी दुग्ध प्रशोधन कारखाना बनाउने तयारी भएको जानकारी उहाँले दिनुभयो । उद्योग निर्माणका लागि कृषि तथा सहकारी मन्त्रालयले सहकारी सदृढीकरण कार्यक्रमअन्तर्गत यस वर्ष रु २५ लाख उपलब्ध गराएको बताइएको छ । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बसे्रनि दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणबाट रु तीन करोडको कारोबार गर्दै आएको छ ।

दुर्घटनामा दुईको मृत्यु  

तनहूँ, - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ३२०३ र काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ना३ ख ८३२५ नम्बरको बस सोमबार दिउँसो पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी गाविसको नारीघाटमा सोमबार दिउँसो बस एक आपसमा ठक्कर खाँदा एक चालक र एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको बसका चालक कास्कीका विक्रम श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकी सोही बसमा यात्रारत अन्दाजी २५ वर्षीया महिलाको भने सनाखत हुन सकेको छैन्। श्रेष्ठको घटनास्थल र महिलाको उपचारका लागि मेडिकल लैजादाँ मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका १ दर्जन भन्दा यात्रु मध्ये केहीको आँबुखैरेनी स्थित मेडिकल हल र केहीलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

आगलागिबाट १० लाखको क्षति 

तनहुँको क्यामिन-१ नरङ्गा निवासी रमेशचन्द्र वाग्लेको घरमा शुक्रबार साँझ एक्कासि आगलागी हुँदा रु १० लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा र अन्य सामान जलेर खराबी हुँदा उक्त मूल्यबराबरको धनमाल नष्ट भएको स्थानीय अनन्तराज घिमिरेले बताउनुभयो ।  पीडित परिवार अहिले आफन्तकोमा शरण लिइरहेको बताइएको छ ।

तनहुँ:: डा. भट्टराईले झलनाथलाई भने- बूढो गोरुले जोत्‍न सकेन

तनहुँ, फागुन २६- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारलाई माओवादीले सहयोग गरे पनि काम गर्न नसकेको बताएका छन्। माओवादीले नेतृत्व पाएको भए दुई वर्षअघि नै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याई संविधानसमेत जारी गरिसक्ने दाबी पनि उनले गरे।'माओवादीले झलनाथजीलाई जोतिराखेको छ तर बूढो गोरुले जोत्‍नै सक्नुभएन्, उनले भने- बहर गोरुले जोत्‍न पाएको भए २ वर्षअघि नै काम सकिइसक्थ्यो।
भानु-८ स्थित हिमालय माध्यमिक विद्यालयको ३७ औं वार्षिकोत्सव उद्‍घाटन गर्न तनहुँको चाम्बास आएका नेता भट्टराईले माओवादीले एमालेलाई प्रधान मन्त्री दिएर भए पनि रष्ट्रिय सहमतिको सरकार गठन गर्न लागिपरे पनि एमालेले काम गर्न नसकेको टिप्पणी गरेका हुन।

वर्तमान समयमा संविधान निर्माण र शान्ति प्रक्रिया टुड्गोमा पुग्न कठिन रहेको भन्दै नेता भट्टराईले जेठ १४ गते पनि संविधान जारी नभए देश भयावह अवस्थामा पुग्ने धारणा व्यक्त गरे। संविधान निर्माण दलहरुको प्रमुख दायित्व भएकाले आन्तरिक स्वार्थभन्दा माथि उठेर सबै दलले संविधान निर्माणका लागि खनाल नेतृत्व सरकारलाई समर्थन गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने उनले बताए।

दुर्घटनामा २० दर्शनार्थी घाइते 

तनहुँ, फागुन २८- मनकामना मन्दिरको दर्शन गरी फर्किएका तीर्थयात्री लिएर आउँदै गरेको बस दुर्घटना हुँदा शनिवार साँझ गोरखामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ।मन्दिरबाट यात्रु लिएर फर्किदै गरेको ना३ख ७०९८ नम्बरको बस मनकामना गाविस ४ ढाडटारीमा दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांश लमजुडका बासिन्दा छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीर्थयात्रीलाई थप उपचारका लागि भरतपुर शिक्षण अस्पताल र अन्य घाइतेको आँबुखैरेनी स्थित मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बस सडकदेखी करिब ६० मिटर तल खसेको थियो।

 मुलुकमा जारी राजनीतिक गतिरोध अन्तय हुँदैन -पौडेल

दमौली, (namaste tanahun)
काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले -माओवादी गठवन्धन सरकारले मुलुकमा जारी राजनीतिक गतिरोध अन्तय नगर्ने वताएका छन् ।
नेता पौडेलले प्रधानमन्त्री निर्वाचनका क्रममा  एमाले र माओवादीबीच भएको सात बुदे सहमतिले लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको दावी गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनमा पराजित भएलगत्तै गृह जिल्ला तनहुँ आएका नेता पौडेलले बुधबार नेपाली कांग्रेस व्यास नगर समिती - ७ द्वारा आयोजित कार्यकता भेटघाट कार्यक्रम सो कुरा वताएका हुन् ।
मुलुकमा लोकतन्त्र स्थापनाका लागि प्रमुख भूमिका निर्वाह गरेको शक्ति कांग्रेसलाई पाखा लगाएर गरिने कुनै पनि सहमति आफूहरुलाई स्वीकार्य नहुने नेता पौडेलको भनाई थियो । त्यस्तै एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचीत भएपनि मन्त्रीमण्डल विस्तार हुननसक्दा यो सरकारको भविष्य समेत अनिश्चित रहेको टिप्पणी गरेका थिए । साथै नेता पौडेलले  प्रधानमन्त्रीको लोभमा परेर एमालेले माओवादीको सत्ता कब्जाको अभियानमा साथ दिइरहेको आरोप समेत लगाएका छन् ।
यसैबीच नेपाली काग्रेसको १२ औ महाधिवेशन सकिए लगत्तै तनहुँमा अन्य पार्टर्ीी कार्यकर्ताहरुलाई काग्रेसमा प्रवेश गराउने लहर चलेको छ । यहिक्रममा नेपाली काग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा व्यास- ७ मा बुधबार एक सयको हाराहारीमा माओवादी कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । खासगरी काग्रेसका युवा नेता शंकर भण्डारी केन्द्रीय सदस्यमा निर्वाचीत भएपछि अन्य पार्टर्ीीरित्याग गरी काग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । भण्डारी केन्द्रीय सदस्य भए लगत्तै शुरु भएको यो अभियान पछि काग्रेस संसदीय दलका नेता पौडेल र पर्ूव सहमहामन्त्री गोविन्दराज जोशीले समेत अनुशरण गर्न थालेका छन् । तिन जना नेताहरुले कार्यकर्ता माझ आ-आफनो शक्ति पर््रदशन गर्न सो अभियान अगाडि बढाएको कांग्रेस कार्यकर्ताहरुको भनाई छ ।
END....END...

तनहुँ: मलामी चढेको बस दुर्घटना हुँदा २० जना घाइते 

तनहुँ, फागुन २६- लास जलाउनका लागि मलामी चढेर आउँदै गरेको बस दुर्घटना हुदाँ तनहुँमा बिहीबार साँझ २० मलामी घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।तनहुँको अरुणोदयबाट शव लिएर आउँदै गरेको ग १ ख २१४३ नम्बरको बस अरुणोदय- ५, ओख्लेपानीमा सडकदेखी करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते मध्ये सबै अरुणोदय गाविसका बासिन्दा रहेका छन्।

गम्भीर घाइतेमध्ये १० जनालाई थप उपचारका लागि पश्‍चिमाञ्ल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र अन्य घाइतेको भिमादस्थित स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ।

तनहुँ: ट्रकको ठक्करबाट महिलाको मृत्यु "डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध"

२६ फागुन, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा ट्रकको ठक्करबाट विहीबार विहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याम्घा गाविस-९ की ५० वर्षीया मनुमाया पौडेल रहेको प्रहरीले जनाएको छ ।
चितवनको नारायणगढबाट पोखराका लागि छुटेको ना ३ ख ८२२ नम्बरको ट्रकले बाटो काट्दै गरेकी पौडेललाई बन्दीपुर-८, याम्पाफाँटमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।
WE ARE IN FACEBOOK TOO, FOR FAST NEWS YOU CAN ADD US THERE!!
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले पृथ्वी राजमार्गअन्तर्गतको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

ब्राम्हण समाजद्वारा कृतज्ञता

राष्ट्रिय ब्राम्हण-समाज, नेपाल जिल्ला शाखा तनहुँले शनिबार एक विज्ञप्ति जारी गरी समाजको कार्यक्रमलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सबैलाई धन्यवाद सहित कृतज्ञता प्रकट गरेको छ ।  ब्राम्हण-समाज नेपालले गत फागुन १७ गते काठमाडौंमा आयोजना गरेको वृहत आमसभा तथा र्‍यालीका लागि तनहुँबाट सहयोग पुर्‍याउने सबैमा धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछौ भनि जिल्ला समितिका सचिव कृष्णचन्द्र पाण्डेद्वारा हस्ताक्षेर गरेको विज्ञप्तिमा भनिएको छ । ब्राम्हण-समाजले राज्यको नामाकरण जातीय आधारमा नभई प्राकृतिक आधारमा र आरक्षण पनि जातीयतामा नभई आर्थिक हैसियतको आधारमा हुनुपर्ने धारणा राख्दै आएको छ ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor