WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँमा मर्स्याङ्दीले बगाउँदा घाँस-दाउरा लिन गएका आमा छोरीकै मृत्यु

तनहुँ, वैशाख १९- घाँस दाउरा गर्न जाने क्रममा मर्स्याड्दी नदीले बगाउँदा सोमबार बिहान तनहुँमा आमा छोरीकै मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया गीता गुरुड र २० वर्षीया विनिता गुरुड रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
गोरखाको ध्याम्पेसाल घर भएका ती आमा-छोरी केही समयदेखि तनहुँको आँबुखैरेनीमा कोठा भाडामा लिइ बस्दै आएका थिए। सोमबार बिहान घाँस दाउरा गर्न मर्स्याङ्दी नदी तरेर गोर्खाको जङ्गलमा जाने क्रममा उनीहरुलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए।

स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।

तनहुँ;दुई हजार तामाङले गुरुङ थर लेखाए

तनहुँ, वैशाख । तनहुँमा रहेका दुई हजारभन्दा बढी तामाङले गुरुङ थर लेखिसकेका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तनहुँद्वारा तनहुँको पुर्कोटमा आयोजित प्रशिक्षण कार्यक्रममा जानकारी गराइएको हो । नेपाल तामाङ घेदुङ पुर्कोट एकाइ अध्यक्ष कलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तनहुँका अध्यक्ष धन सुब्बा तामाङले गर्नुभएको थियो । कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि तामाङले आगामी राष्ट्रिय जनगणनामा तामाङ जातिले आफ्नो जाति नै लेख्नुपर्नेमा जोड दिनुभयो । विगतमा तामाङ जातिलाई सरकारी र भारतीय सेनामा जागिर खान नदिएकाले बाध्यताबस गुरुङ लेख्नुपरेको भए पनि आगामी जनगणनामा सबैलाई तामाङ थर नै लेख्न अनुरोधसमेत गर्नुभयो । घेदुङका जिल्ला कोषाध्यक्ष जीतबहादुर तामाङले २८४८ औँ सोनाम ल्होसारको उपलक्ष्यमा जिल्ला घेदुङले गरेको गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त तालिममा १०० जना तामाङ समुदायको सहभागिता रहेको थियो ।

करेन्ट लागेर वृद्धको मृत्यु

दमौली, वैशाख। तनहूँको केशवटार गाविस-७ निवासी ६८ वर्षीय ताराध्वज थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको पोलमा छुने क्रममा एक्कासि विद्युत् सट भई करेन्ट लाग्दा थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापाको लास पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको बताइएको छ।

अमेरीकि सेनाले लुकिछिपि अन्त्येष्टि गरेको खवर लादेनको मृत्यु माथि नै प्रश्न चिन्ह!

अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।

अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।

एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।

लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।

यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रतनसँग बिहे गर्न ५४ हजार केटाको आबेदन

भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् ।
यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाटसमेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् ।
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।

बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।

जनेहो कोरिया ? कोरिया भाषा परीक्षाको आवेदन खुल्ला

१९ वैशाख काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला भएको छ ।
सोमबारदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरुले फारम भर्न सक्नेछन् । काठमाडौं उपत्यकाबाट फारम भर्ने व्यक्तिले ग्लोबल बैंकमा २४ अमेरिकी डलर बुझाउनु पर्नेछ ।
फारम वितरणको लागि कीर्तिपुरमा रहेको ल्याबरोटरी माध्यमिक विद्यालय नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकाली गौशाला र एन्फा टेक्निकल सेन्टर च्यासल बालकुमारीमा व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने रुपन्देहीकॊ बुटवल प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था मिलाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुलाई लक्षित गरेर आवेद फारम खोलिएको यो तेस्रोपटक हो । गत वर्ष आवेदन फाराम सङ्कलनदेखि परीक्षा साचालनसम्मको सबै जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भएपनि यस वर्ष नेपाल सरकार आफैले लिएको छ ।

लादेनको अन्त्येष्टि गरिएको अमेरिकीदाबी,लादेनको तस्बिर नक्कली!

अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।

काठमाडौं, १९ वैशाख (namaste tanahun)
अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।

एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।

लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।

यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

अल कायदाका प्रमुख" ओसामा बिन लादेन "को मृत्यु

ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्।

काठमाडौं, १९ बैशाख ('नमस्ते तनहुँ')
अल कायदाका प्रमुख तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यू भएको छ। अमेरीकी अखवारहरूसहित अल जजिराले समेत यस खबरको पुष्टी गरेको समाचार प्राप्त भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ओसामा बिन लादेनको मृत्यू शरिर फेलापरेपछी उनको मृत्यू पुष्टी भएको छ। यस सम्बन्धमा ओसामा बिन लादेनको डिएनए परिक्षण गरेपछी मात्र घट्नाको पुष्टी गरेको थियो। अमेरीकी सैनिकहरूले अघिल्लो हप्ता पाकिस्तानमा अल कायदा माथी आक्रमण गर्दा ओसामा बिन लादेन मारिएका थिए। तर अमेरिकी अधिकारीहरूले यस घट्नाको पुर्ण बिश्वस्त नभएसम्म यसबारेमा कुनै समाचार निस्कन दिएका थिएनन्। अब यस घट्नाको पुर्ण सत्यता पुष्टी हुनासाथ अमेरिकी राष्ट्रपती ओबामा आफैले ओसामा बिन लादेन मारिएको पुष्टी गरेका छन्।
यस सम्बन्धमा अमेरिकी राष्ट्रपती ओबामाले भर्खरै टेलिभिजन मार्फत वक्तव्य समेत दिर्इसकेका छन्। उनले आफ्नो वक्तव्यमा ओसामा बिन लादेन पाकिस्तानमा लुकेर बसेको एक बर्षदेखी थाहाँ भएतापनि उनी लुकेको वास्तविक स्थान थाँहा भएको थिएन। गत अगष्ट ६ मा ओसामा बिन लादेन रहेको ठाँउ पत्ता लगाएपछी उनी माथी हमला गर्न पाकिस्तानमा रहेको अमेरिकी टोलीलार्इ आदेश दिएको थियो। यस हमलामा पाकिस्तानको समर्थन रहेको तथा कुनै पनि अमेरिकी सेनाको हताहत भएको छैन। ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्। ओबामाका अनुसार ओसामा बिन लादेन कुनै इस्लामिक धार्मिक नेता नभएर एक आतंकवादी मात्र भएको समेत बताएका थिए। उनले अगाडी अमेरिका इस्लाको बिरूध्द नभएर आतंकवादको मात्र बिरोधी भएको समेत स्पष्ट पारेका थिए। ओबामाले यस घट्नाले अमेरिकाको आतंकवाद बिरूध्दको युध्दमा एक ठुलो बिजय भएको समेत बताएका छन्।
खबरका अनुसार ओसामा बिन लादेन पाकिस्‍तानको इस्‍लामाबाद नजिकै सीआईएले चलाएको एक अपरेशनको शिकार बनेको छ। उक्त अपरेशनमा लादेनका साथ उनको २० नजिकका समर्थकहरू समेत मारिएका छन्। यस घट्नालार्इ अमेरिकीहरूले ठुलो उपलव्धीका रूपमा लिएका छन्। घट्नाको पुष्टीसंगै बिश्वभर यस खबरले ठुलो तहलका मच्चाएको छ।
१० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका ओसामा बिन लादेन, अल कायदा नामक आतंकी संगठन का प्रमुख हुन। उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए। ९ सितंबर २००१ का दिन उनको संगठनले अमरीकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी बिश्वभर यस संगठन बारेमा चर्चा चलेको थियो। यस संगठनले बिश्वभर आतंकी गतिविधिहरू संचालन गरिरहेको छ।

अन्जानको “नजलाउ” इजरायलमा विमोचित

इजरायल । नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली “नजलाउ” संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमकाबीच विमोचन गराएका छन ।
इजरायलको तेल अभिभमा भएको नया बर्षको कार्यक्रमको केही दिनपछि अप्रिल २४ तारिख आइतबार संसारकै होचो भूभाग मृतसागरमा पुगेका उनले त्यहीँ उपस्थित भएका सैयौं दर्शकहरुबीच पहिलो एल्वम विमोचन भएको घोषणा गरेका हुन् ।
२१ बर्षका यी गायकले सोह्र बर्षकै उमेरमा ‘शायद गल्ती’ बोलको गीत रेकर्ड गराएका थिए । म्युजिक मेनिया ईन्टरटेनमेन्टको प्रस्तुति रहेको, पप रयाप र रोमान्चक, सेन्तिमेंटल सबै प्रकारका स्वाद रहेको यो सांगीतिक एल्वममा उनको एउटा आफ्नै शिर्ष गीत ‘नजलाउ’को रिमिक्स सहित सात वटा सुमधुर गीतहरु रहेका छन ।
नयाँ बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित कार्कक्रममा जिरे खुर्सानी साँझका लागि नेपालबाट आएका जिरेखुर्सानीका कलाकारद्वय किरणकुमार केसी र शिवहरि पौडेलसँगै डल्लाकोटी यहाँ आएका हुन् । सांस्कृतिका कार्यक्रममा भाग लिगेपछि उनले इजरायलका अन्य बिभिन्न शहरहरुमा सांगीतिक प्रस्तुति देखाएर दर्शकहरुलाई पनि नचाएका थिए ।

विश्वकै मोटी महिला बन्ने सपना


आजभोलि युवतीहरु जिरो फिगर भनेपछि हुरुक्कै हुन्छन् । मोटोपनासँगै शरिर भद्दा देखिने हुदा सुन्दरी बन्ने होडमा युवतीहरु डाइटिङ् गर्ने तथा अन्य खाना ब्यवहारमा सतर्कता अपनाउछन् । तर फेसन र जिरो फिगरको जमानामा अपवाद बनेकी छिन् अमेरिकी महिला डोना सिम्पसन । उनी अहिले संसारकै मोटी महिला बनेर नाम कमाउने कसरतमा छिन् ।
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्‍यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।

जीमखानामा नाङ्गै ब्ययाम

सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।
यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’
‘इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।
यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’
तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।

दुवइमा नेपाली युवकको हत्या

वैशाख, काठमाडौँ । वैदेशिक रोजगारीका शिलशिलामा दुवई पुगेका एक युवकको हत्या भएको छ ।
लमजुङ मालिङ गाविस- ३ का ३६ वर्षीय डिलाराम गुरुङको बुधबार हत्या भएको परिवारजनले बताएका छन् ।
मृतकमा दाजु रघुनाथले हत्यामा आफ्नो भाई कार्यरत कम्पनीकै कर्मचारीको संलग्नता रहेको बताउनु भयो
कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।

बेलायती राजकुमारको बिहे (फोटो फिचर सहित)


लन्डन, वैशाख १६ (एजेन्सी)- बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच आज भइरहेको विवाह समारोह विश्वका एक तिहाइ मानिसले हेर्ने अनुमान बेलायती सञ्चार माध्यमहरूले गरेका छन्। दुई अर्बभन्दा बढीले बिहेको प्रत्यक्ष प्रसारण हेर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

बेलायतको राजगद्दीका उत्तराधिकारी विलियम्सले सहपाठी तथा प्रेमिका मिडलटनसँग बिहे गरेका हुन्। उनको बिहेसम्बन्धी समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकतासाथ प्रसारण गरेका छन्।
दुवैबीच सन् २००० मा स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयु विश्वविद्यालयमा भेट भएको थियो।





















वैवाहिक समारोह वेस्ट मिनिस्टर एबी गिर्जाघरमा भयो जहाँ १ हजार ९ सयलाई आमन्त्रण गरिएको छ। निमन्त्रणा गरिएकामा अधिकांश राजपरिवारका सदस्य, विलियम्स तथा मिडलटनका साथी, विभिन्न देशका राजदूत तथा सेलिब्रेटी छन्। त्यस्तै गभर्नर जनरललाई पनि निम्ता गरिएको छ। उनी राजतन्त्रका प्रतिनिधिका रूपमा गर्छन्। महारानीको कार्यालयले विश्वका ४४ वटा राजपरिवारका सदस्यलाई पनि बिहेमा निम्ता गरेको छ।
निम्ताका विषयमा विवादमा परेका बेलायतमा पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनलाई भने बिहेमा बोलाइएको छैन। विपक्षी लेबर पार्टीका नेताहरूले यसमा असन्तुष्टि व्यक्त गरेका छन्।
बेलायतका लागि सिरियाली राजदूत डा. सामी खियामीको निम्ता पनि रद्द गरिएको छ। सिरियाको प्रजातान्त्रिक आन्दोलनमा सरकारले दमन गर्दा ४ सय ५० प्रदर्शनकारी मारिएको भन्दै उनको उपस्थिति अस्वीकार्य रहेको बताइएपछि राजदरबारले निम्ता रद्द गरेको हो।
बहराइनका युवराज हमाद अल खलिफा र स्वाजिल्यान्डका राजा एमस्वाती तेस्रोलाई गरिएको निम्ता पनि विवादमा परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई दमन गरेको भन्दै बहराइनका राजकुमार बिहेमा संलग्न रहे मानवअधिकारवादी समूहले त्यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएपछि उनले वैवाहिक समारोहमा संलग्न हुने योजना स्थगन गरेका छन्।
स्थानीय समयअनुसार बिहान सवा दस बजे राजकुमार ह्यारी र राजकुमार विलियम्स वेस्टमिनिस्टर एबी पुगे। यही स्थानमा उनीहरूका आमाबुबा राजकुमार चार्ल्स र राजकुमारी डायना विवाहबन्धनमा बाँधिएका थिए।
राजकुमार विलियम्स तथा मिडलटनले कुरा छिनिएयता मानिसहरूले देखाएको स्नेहले धेरै उत्प्रेरित भएको बताएका छन्। बिहेसम्बन्धी जानकारी दिने औपचारिक वेबसाइटमा उनीहरूको सन्देश राखिएको छ।
वैवाहिक कार्यक्रम हेर्न राजधानी लन्डनको सडकमा ६ लाखभन्दा बढी मानिस सडकमा भेला भएको अनुमान गरिएको छ। धेरै मानिसहरू बिहीबार रातिदेखि नै विवाहस्थल र दरबारअगाडि बस्न थालिसकेका छन्। सरकारले बिदाको घोषणा गरेको छ। समारोहमा ४८ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। मनी सुपर मार्केट डट कमले गरेको गणनाअनुसार प्रत्येक बेलायतीको भागमा बिहेको २९ डलर खर्च पर्ने छ। (तस्बिरः एएफपी/रोयटर्स)


भुवनकी नयाँ गर्लफ्रेन्ड !

हुनत नायक भुवन केसीका गर्लफ्रेन्डका बारेमा चर्चा गर्नु त्यति सजिलो छैन, उनी कतिसँग कहाँ कहाँ देखिए भनेर हिसाव राख्न खोज्नु मूर्खता सिवाय केही हुँदैन् । तर, पछिल्लो समय भुवनले एक ‘लड्की’लाई गर्लफ्रेन्ड भन्दै सार्बजनिक कार्यक्रममा परिचयमात्र गराएनन, उनले आफुलाई गर्ने केयर गुन तिर्नै नसक्नेसम्मको निष्र्कष सुनाए ।
कुरा गत शुक्रबार बेलुकीको हो । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर सुटुक्क कुर्सीमा बसे । सुस्मितासंग सम्बन्ध बिच्छेद गरेर बसेका भुवनले कुनचाहिं युवतीको हात समातेर आए भनेर कार्यक्रममा सहभागी सवैले उनीहरुमाथि आँखा लगाइरहे । जव आयोजकले भुवनलाई ड्यासमा बोलाए तब भुवनसंगै आएकी ती युवती एक्लै कुर्सीमा बसिरहिन् ।
सवैले उनैमाथि आँखा लगाएपछि भुवनले ती युवतीलाई आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे । आफ्नी नयाँ गर्लफ्रेन्डलाई ‘बिजनेस वीमन’ भनेर चिनाएका उनले बाँकी कुरा बताउन चाहेनन् ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् ।
नयाँ चलचित्र रिलिज हुनै लागेका बेला नयाँ नयाँ पब्लिसिटी स्टन्ट गर्ने भुवनले यो पनि आफ्नो नयाँ चलचित्र ‘साथी म तिम्रो’ चलाउन गरेको स्टन्टका रुपमा पनि लिन थालेका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए ।
आइतवारका मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् । भुवनको यो चालाबाट उनी नयाँ गर्लफ्रेन्डबारे चर्चा होस भन्ने मनस्थीतिमा रहेको भन्न सकिन्छ ।

कट्रिनासँग बदला लिंदै सलमान

रणबीरसँग सम्बन्ध तातिंदै गएपछि कट्रिना र सलमानबीचको सम्बन्ध झन बिग्रदै गएको छ । कट्रिनाले खुलेआम रणबीरलाई प्रेम प्रस्ताब गरेपछि सलमानलाई चोट त पर्ने नै भयो । अहिले सलमान कट्रिनालाई नभेट्ने मात्र होइन, बदला लिने सुरमा छन् । भारतीय बलिउड उद्योगमा कट्रिनालाई इन्ट्री गराई स्थापित गर्न कुनै कुसर बाँकी नराखेका सलमान अहिले उनको करियर सखाप पार्न लागिपरेका छन् ।
केहि समय यता कट्रिनाले सलमानसँग गरेको ब्यवहारका कारण उनीहरुबीच पानी बाराबारको स्थिति आएको सलमाननिकट एक स्रोतले जनाएको छ । रिस पनि कति उठेको होला सलमानलाई ? उनी अहिले कट्रिनालाई कुनै फिल्ममा नलिन आफूले चिनेजानेका सबै निर्माता-निर्देशकलाई आग्रह गर्दै हिडेका छन् । यति मात्र कहा हो र, कटरिनालाई फिल्ममा लिने जो कोहिसँग भविष्यमा काम नगर्ने चेतावनी समेत दिएका छन् । आफ्नो निर्माणधिन फिल्म ‘रेडी’ मा कट्रिनालाई लिने कुरा चलिरहँदा सलमानले उनको भूमिकामा जरीन खानलाई लिएका छन् । साथै एक अर्को फिल्ममा कट्रिनालाई हटाई पि्रयङ्का चोपडालाई अनुबन्धित गर्न लागेको बताइएको छ ।
अरुलाई नराम्रो गर्ने बानी सलमानमा नरहेको तर कट्रिनाको ब्यबहारकै कारण उनी दुःखी बनेको सलमानका एक निकट साथीले बताए । ‘बिग बोस’ नामक रियालिटी शोको शुटिङका क्रममा पनि उनीहरुबीच बादबिबाद परेको थियो । समयसँगै उनीहरुको सम्बन्ध सुधि्रनुको सट्टा झन बिग्रदै गएको छ । यद्यपी सलमानलाई अझै नजिकको साथी मानेको बताउँछिन कट्रिना ।

छोरासागै छोरीको पनि व्रतबन्ध


image
व्रतबन्धपछि मेन्जिना भट्टराईलाई पण्डित कुवेर सुवेदी जनै लगाइदिँदै । साथमा मेन्जिनाका बुबाआमा ।


सप्तरी, ४ वैशाख
सप्तरीका एक दम्पतीले छोरासँगै छोरीहरूको पनि ब्रतबन्ध गरिदिएका छन्  बकधुवा-७ का एक दम्पतीले आफ्नी छोरीको छोरा सरह व्रतबन्ध गरिदिएका हुन् 
धार्मिक रूपमा समेत छोरीहरूलाई छोरासरह अधिकार र मान्यता रहेको तथ्य स्थापित गर्न बकधुवा-७ का दुर्गा भट्टराई र विमला भट्टराईले आफ्नी सात वर्षीया छोरी मेन्जिना भट्टराईको हिन्दू परम्पराअनुसार व्रतबन्ध गरिदिए
 । भट्टराई दम्पतीका दुई छोरी मात्र छन् 
'सनातन हिन्दू धर्मले छोरा-छोरीबीच कुनै भेदभाव नगरेको सुन्दै आएको थिए', मेन्जिनाका बुवा दुर्गाले भने, 'छोरीले व्रतबन्ध गरी जनै लगाउने इच्छा गरेकाले पण्डितहरूसँग सल्लाह गरेर उनीहरूले सहमति जनाएपछि छोरीको व्रतबन्ध गरिदिएको हुँ
 ।'
व्रतबन्धअघि उनले सप्ताहव्यापी श्रीमद्भागवत महापुरण तथा शान्ति यज्ञको समेत आयोजना गरेका थिए
 । भागवत महापुराण वाचन गर्न आएका पण्डित कँुवेर सुवेदीद्वारा नै छोरीको कानमा गायत्री मन्त्र उच्चारण गरिएको भट्टराईले बताए । उनका अनुसार छोरी मेन्जिनालाई पण्डित सुवेदीले नै जनैसमेत लगाइदिएका थिए । छोरासरह छोरीको व्रतबन्ध गरिएको सप्तरीमा यो पहिलो घटना भएको भट्टराईको दाबी छ । 'छोरा-छोरीबीचको भेदभाव अन्त्यका लागि मात्रै भाषणमा नभई सबैलाई आ-आफ्नो ठाउँबाट केही न केही उदाहरणीय काम गर्नुपर्ने खाँचो छ । समाजमा एउटा सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले छोरीको व्रतबन्ध गरिदिएको हु,' भट्टराईले भने 

खनालले गम्भीर परिणाम भोग्नुपर्ने नेपाल-ओलीको चेतावनी

'सरकारबाट फिर्ता बोलाउन सक्ने'

काठमाडौं । नेकपा एमालेको नेपाल-ओली पक्षधर पार्टी अध्यक्ष एवं प्रधानन्त्री झलनाथ खनाल एकलौटी रुपमा अघि बढ्ने खाजेको भन्दै गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
पार्टी निर्णय विपरित पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारमा आफु निकटका मात्र सहभागी गएको तथा माओवादीलाई गृह मन्त्रालय दिन खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओेलीले त्यसको जस अपजस खनालले नै लिनु पर्ने चेतावनी दिएका हुन् । पार्टी अध्यक्ष खनालले वरिष्ठ नेता नेपाल र ओलीसँग परामर्श गरी मन्त्रीहरु चयन गर्ने पार्टी निर्णय भएपनि खनालले एकलौटी गरेको उनीहरुको आरोप छ ।
‘सोमबारको मन्त्रिपरिषद् विस्तार पार्टी निर्णय विपरित छ’ ओली निकटका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-’पार्टी निर्णयलाई उल्लंघन गर्दै जाए पार्टी अध्यक्षले गम्भीर परिणाम भोग्नुपर्छ ।’ गम्भीर परिणामबारे थप प्रष्ट पार्दै उनले भने-’ अध्यक्ष हुने भनेकै पार्टीको निर्णय कार्यान्वयनका लागि हो । पार्टी निर्णय उल्लंघन गर्ने अध्यक्ष हुन सक्दैनन् ।’ पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले पनि हिजो विस्तार गरिएको मन्त्रिपरिषद्मा सहभागी एमालेका नेताहरूको नाममा संस्थागत निर्णय नभएको बताएका छन् । उने भने- ‘सरकारको सफलता र असफलताको गुणदोष प्रधानमन्त्री स्वयम्ले लिनुपर्ने भएकाले मन्त्रिपरिषद्मा समावेश गरिएका नामहरू पार्टीबाट अनुमोदन गर्ने जोखिम उहाँ स्वयम्ले लिनुपर्छ ।’
खनालले सातबुँदे परिर्माजन गर्ने पार्टीको निर्णयलाई समेत स्वीकार नगरेको तथा माओवादीको एजेण्डामा हिडेको उनीहरुको बुझाई छ । ‘एमालेभित्रको अन्तरविरोध भनेकै एमालेलाई माओवादीमा बुझाउने कि लाकतान्त्रिक वामपन्थी पार्टीका रुपमा आफ्नै अस्तत्वमा रहने भन्ने हो’ एक केन्द्रीय सदस्यले भने-’हामी कुनै पनि हालतमा एमालेलाई विघटन हुन दिँदैनौं ।’
ती केन्द्रीय सदस्यका अनुसार आगामी रणनीति तय गर्न बैशाख १४ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठक अघि नै नेपाल-ओली पक्षधरका नेताहरुको छुट्टै भेला हुँदैछ ।

टोक्योमा भोली लोकतन्त्र विशेष कार्यक्रम

टोक्यो । नेपालमा लोकतन्त्र स्थापान भएको ५ बर्ष भएको अवसरमा नेपाली जनसम्पर्क समिति जापानले लोकतन्त्र दिवस मनाउने भएको छ । अप्रिल २७ बुधबारको दिन रियोगोकु सिटी कोवा भबन टोक्यो कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनु भयो ।
समितिले लोकतनन्त्र दिवससम्बन्धी कार्यक्रममा उपस्थित भएर एक्यवद्धता जनाउन जापानवासी सम्पूर्ण नेपालीमा आग्रह गरेको छ । राणाकालिन निरंकुसता, निर्दलीय एकतन्त्रीय पंचायती व्यवस्था, अधिनायक व्यवस्थाहरुको छाति चिर्दै हजारौँ सहिदको बलिदान र दुई करोड ५० लाख नेपालीको क्रान्तिबाट प्राप्त लोकतन्त्र वर्तमान समयको आबश्यकता भएको भन्दै समितिले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
नेपालले ५ बर्ष पहिले प्राप्त गरेको लोकतन्त्र सम्पूर्ण नेपालीको हक, हित र कर्तव्यको संरक्षण गर्ने उच्चतम शिखर आदर्श हो श्रेष्ठले भन्नुभयो । कार्यक्रमसम्बन्धी विस्तृत विवरण
लोकतन्त्र दिबस कार्यक्रम गर्ने ठाउँ र ठेगाना:
कार्यकम हुने मिती :२०११ अप्रिल २७ बुधबार साझ
कार्यकम हुने समय :साझा १८ बजे
कार्यकर्म स्थल :रियोगोकु सिटी कोवा भबन
कार्यकम हुने स्थल को ठेगाना:रियोगोकु २ चो मे १० बान ११,१४ गोउ दोस्रो तल्ला, टोक्यो, जापान

गृह माओवादीलाई दिए प्रधानमन्त्रीको अस्तित्व समाप्त हुने ओलीको चेतावनी



काठमाडौ , बैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले पार्टीको निर्णय विपरित गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री झलनाथ खनालको अस्तित्व समाप्त हुने चेतावनी दिनुभएको छ । तेह्रथुम सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा ओलीले माओवादीलाई गृहमन्त्रालय दिए शान्ति प्रकृया टुंगोमा नपुग्ने दावी गर्दै कुनै पनि हालतमा माओवादीलाई गृह मन्त्रालय दिन नहुने स्पष्ट पानुभयो ।
ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्षवीच भएको सातँबुदे सहमतिले मुलुक अगाडि बढ्न नसकेको भन्दै त्यस्तो सहमतिको भरमा मुलुक चल्न नसक्ने बताउनुभयो ।
निर्धारित समयमा समय बनाउन नसक्ने संविधानसभाको औचित्य समाप्त भईसकेको दावी गर्दै ओलीले संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नुहने बताउनुभयो ।

प्रचण्ड प्रस्ताव पारित प्रस्तावमा वैद्यको नोट अफ डिसेन्ट

अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ ।

काठमाडौं, १६ वैशाख (namaste tanahun)
एकीकृत माओवादीको एकसाता देखि राजधानीमा जारी केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित गर्दै सकिएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज विहान सात बजेदेखि बसेको बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो । पारित अध्यक्षको प्रतिवेदनमा उपाध्यक्ष मोहन बैद्यले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ ।

यसअघि अध्यक्ष दाहालले शान्ति र संविधानलाई केन्द्रमा राखेर नयाँ प्रस्ताव बैठकमा पेश गरेपछि उपाध्यक्ष बैद्य समूह सशंकित हुन पुगेको थियो । उपाध्यक्ष बैद्यको समूहले अध्यक्षको प्रतिवेदनमा असन्तुष्टि जनाउदै फरक प्रस्ताव पेश गरेको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ । वैद्यले तत्काल जनविद्रोहमा जानुपर्ने भन्दै वैठकमा भिन्न प्रस्ताव पेश गर्नुभएको थियो । सो बारेमा छलफल गर्न गत बैशाख ९ गतेदेखि माओवादीको केन्द्रिय समिति बैठक राजधानिमा जारि थियो ।

अध्यक्षको प्रतिवेदन संशोधन सहित पारित पछि नेताहरुले पार्टिमा फरक मत रहेपनि अब पार्टि पंक्ति एकभई अगी वढ्ने बताएका छन् । वैद्य पक्षले भने पार्टिमा फरकमत रहेकाले भिन्न मतको कदर गर्दै पार्टिनेतृत्व पंक्तिलाई सचेत गराउँदै अघि वढ्ने बताए ।

आतंककारीको सूचीबाट हटाउन शान्तिप्रकृया सकिनुपर्ने अमेरिकाको माओवादीलाई सर्त

वैशाख, काठमाडौं । अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउन शान्तिप्रक्रिया पूरा हुनु पर्ने सर्त राखेको छ ।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग शुक्रबार भएको भेटमा अमेरिकी राजदूत स्कट् एच डेलिसीले शान्तिप्रक्रियाको पूर्णतासँगै माओवादीलाई आतंककारीको सूचीबाट हटाउने जानकारी दिनुभयो । शान्तिप्रक्रियाको पूर्णतालाई घुमाउरो भाषामा सर्तका रुपमा अघि सार्दै राजदूत डेलिसीले भन्नुभयो-’शान्ति प्रक्रिया पूरा भएको भए माओवादीलाई आतंककारी सूचिबाट हटाउन सजिलो हुने थियो ।’
माओवादीले शान्ति र संविधान निर्माणमा निर्णयक पहल गर्ने प्रस्तावलाई पारित गरेकोमा स्वागत गर्दै राजदूत डेलिसीले कसरी कार्यान्वयन हुन्छ भनेर भट्टराई समक्ष जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा भट्टराईले शान्तिप्रक्रियालाई पूर्णता दिई संविधान निर्माण गर्न माओवादीले तत्कालै सहकर्मी दलसँग वार्ता प्रक्रिया थाल्ने बताएको उहाँका निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । राजदूत डेलिसिले अमेरिका माओवादीसँग पूर्वाग्रही नरहेको जनाउँदै नेपालका अन्य राजनीतिक दलसँगजस्तै माओवादीसँग पनि समान ब्यबहार गरिने बताउनुभयो । सो अबसरमा उपाध्यक्ष डा. भट्टराईले चीन, भारत र अमेरिकासँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण हुने भन्दै शान्ति प्रकृया र संबिधान निर्माणसँगै यी मुलुकहरुसंग सम्बन्ध विस्तारका लागि माओवादीले पहल गर्ने बताउनुभयो । राजदूत डेलिसीले नेपालको शान्ति प्रकृयामा अमेरिकाको सकरात्मक सहयोग आबश्यक रहे सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको प्रस्ताव गर्नुभएको थियो ।
भट्टराई निवास सानेपामा भएको भेटमा अमेरिकी राजदूत डेलिसीले शान्ति प्रक्रियाले छिट्टै पूर्णता पाउनेमा अमेरिका विश्वस्त रहेको बताउनुभएको थियो ।

भारतीयले दसगजा क्षेत्र अतिक्रमण गरे

११ वैशाख, सिरहा । सीमास्तम्भ नभएको फाइदा उठाउँदै भारतीय नागरिकले दसगजा अतिक्रमण गरी खेतीपाती गर्नुका साथै घर बनाएर बस्न थालेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट लगदी-गदियानीका अनुसार गोठ र लगदी-गदियानीमा २३१ सीमास्तम्भ भएकामा त्यसमध्ये ३४ वटा सीमास्तम्भ हराएकाले दसगजा क्षेत्र अतिक्रमणमा परेको सशस्त्र प्रहरी निरीक्षक भीम चन्दले बताउनुभयो । उक्त क्षेत्रमा जङ्गे पिलर आठवटा, सानो पिलर १२६ वटा, मर्मत गर्नुपर्ने ३९ वटा, हराएका ३४ वटा, पुरिन लागेका १६ वटा र जमिनमा ढलेका आठवटा पिलर रहेका छन् ।
२८ नम्बर सीमास्तम्भमा भारततर्फबाट दसगजा अक्रिमण गरी भारतीय नागरिक जयनारायण मुखिया, कामेश्वर मुखिया, बैजु मुखियालगायतले घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेका छन् । पश्चिम लगदिगोठ र पूर्वमा सन्हैठा क्षेत्रअन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा सीमास्तम्भ २६० (३) देखि २६५ (२०) सम्म रहेको छ भने माडर खैरटोकादेखि ढाडीसम्म ३६२ वटा सीमास्तम्भ रहेका छन् । जसमध्ये २३१ वटा सीमास्तम्भ लगदिगदियानी क्षेत्रमा मात्र रहेका छन् ।
भारतीय नागरिकद्वारा दसगजा क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेकाले उनीहरुलाई हटाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुराकानी भइरहेको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । सिरहा जिल्लाको अति संवेदनशील तथा असुरक्षित क्षेत्र मानिएको सो ठाउँमा विशेष सुरक्षा योजना लागू भएपछि शान्तिसुरक्षा सन्तोषजनक रहेको बताइएको छ ।

काङ्ग्रेसको बृहत् आमसभा आज पोखरामा



पोखरा ११ बैशाख । नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण शान्ति अभियान अन्तरगत लोकतन्त्र दिवसको अवसर पारेर आज पोखरामा बृहत आमसभा गर्दैछ । सभालाई सम्बोधन गर्न काङ्ग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल हिजै पोखरा आइसक्नु भएको छ । त्यस्तै वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान िसंह र कृष्णप्रसाद सिटौला आज बिहान पोखरा पुगेका छन् । पोखराको चिप्लेढुङ्गामा हुने सभालाई काङ्ग्रेसका शीर्ष नेताहरुका साथै केन्द्रीय सदस्यहरु शेखर कोइराला धनराज गुरुङ सुरेन्द्र पाण्डे जीवन परियारलगायतले संबोधन गर्ने काङ्ग्रेस कास्की सभापति यज्ञबहादुर थापाले जानकारी दिनुभयो । सभामा गण्डकीका र धौलागिरी अाचलका ५० हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । सभा सुरु हुनुअघि पोखराको सभागृह चोकबाट नारा जुलुससहित र् याली निस्केर चिप्लेढुङ्गा पुग्ने कार्यक्रम छ ।

कतारमा पनि लोकतन्त्र दिवस मनाइयो

दोहा । कतारको दोहास्थित नेपाली राजदूतावासले आइतबार एक समारोहकाबीच पाँचौ लोकतन्त्र दिवस मनाएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रको सभापतित्व सम्पन्न समारोहमा दोहास्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी, पत्रकार, लेखक,
समाजसेवीको सहभागिता थियो । समारोहमा अतिथिहरुले लोकतन्त्र स्थापना भएको पाँच वर्ष व्यतीत भैसक्दा पनि अझै संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजदूत डा. मिश्रले ज्ञातअज्ञात सहिदप्रति श्रध्दाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापित र सुदृढ गर्ने कार्य कुनै एक व्यक्ति वा पार्टीको मात्र नभई सारा नेपालीको दायित्व र कर्त्तव्य हो भन्नुभयो ।
हामी देश वा विदेशमा जहाँ रहे पनि सम्पूर्ण नेपाली एक जुट भएर दत्तचित्तले लागेमा असम्भव भन्ने कुरा नै नहुने उहाँले बताउनुभयो । कार्यक्रममा दूतावासका द्वितीय सचिव जयबहादुर राई र श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा दूतावास परिसरमा दीपावली गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

माओवादी प्रजातान्त्रिक हुनुपर्छ सरकार म दिन्छु-गगन थापा

लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन ।

काठमाडौं, १२ बैशाख
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता गगन थापाले लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन । लोकतन्त्र दिवशको अवसरमा भएको कार्यक्रममा सभाषद समेत रहेका थापाले माओवादी लोकतन्त्र प्रति प्रतिवद्ध नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने आरोप लागाउनुभएको छ । उनले माओवादी प्रजातन्त्र प्रति प्रतिवद्ध हुन्छ भने कांग्रेस भित्र जसरी भए पनि माओबादीको नेतृत्व स्वीकार्ने सक्न्ने बातावराण बनाउन आफु लागि पर्ने बताएकाछन । माओवादी भित्र अहिले भइरहेको शान्ति र संविधान बारकॊ भएको बहस सकारात्मक भएपनि त्यसलाई प्रचण्डले तत्कालीन कार्यदिशा मात्र भनेकोले पूर्ण विश्वास गर्न सकिने बातावरण नभएको बताएकाछन ।

सत्यसाई वावाको ८४ वर्षको उमेरमा आज निधन

पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् ।

काठमाडौं, ११ वैशाख
चर्चित आध्यात्मिक गुरु सत्यसाई बाबाको आज विहान निधन भएको छ । एक महिना अघि देखी उपचारको क्रममा रहनुभएका सत्यसाई वावाको आज विहान भारतिय समय अनुसार ७ बजेर चालिस मिनेट जाँदा निधन भएको हो । मुटुको गंभिर समस्याले गर्दा सघन उपचारकक्षमा भारतको आन्ध्र प्रदेशस्थित पुट्टापर्थीमा रहेको आफ्नै आश्रमको अस्पतालमा उपचार गराईरहनु भएका सत्य साई को ८४ वर्षको उमेरमा आज निधन भएको हो । धार्मिक गुरु एवं देवताको अवतारको रुपमा पुिजंदै आउनुभएका साईवावाको निधनको खबरबाट सोकाकुल उहाँका अनुयायीहरुको सो अस्पतालमा ठूलो भिड लागेको छ ।

अहिले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । उहाँको जन्म सन् १९२६ नोभेम्बर २३ तारिखका दिन भारतको पुट्टापर्थिमा भएको थियो । उहाँको बाल्यकालको नाम सत्य नारायण राजु हो । पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् । साईवावाको पसर्िमात्र हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने सत्यसाई केन्द्रले जनाएको छ ।

तनहुँ;चित्रेभाज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड

दमौली,५ वैशाख ।
तनहुँको दक्षिणी सिमानामा पर्ने स्याङ्जाको चित्रेभाज्याङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।वीर भक्ति थापाको १९३ औँ स्मृति दिवस तथा राष्ट्रिय विभूति स्मृति प्रतिष्ठानको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित अन्तकिर््रयामा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । प्राध्यापक कुलप्रसाद खनालले चित्रेभाज्याङ पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थान भएकोले यसको आवश्यक प्रचारप्रसारका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ पत्रकार विश्वबन्धु भण्डारी भाज्याङ पब्लिकेसनका अध्यक्ष मुरलीमोहन काफ्ले मनोरथ शर्मालगायतले चित्रेभाज्याङलाई पर्यटकीय गन्तव्य बनाउन सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो

तनहुँ:क्याम्पस ‘नो मोबाइल जोन'!

नो मोबाएल ल 
तनहुँ वैशाख - नियमित पठनपाठनमा समस्या भएको भन्दै दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीले बुधबारदेखि क्याम्पसलाई ‘नो मोबाइल जोन' घोषणा गरेका छन्।
शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीको सक्रियतामा गठित ‘गुणस्तर व्यवस्थापन वृत्त' क्याम्पसलाई बिहान ६ बजेदेखि १० बजेसम्म ‘नो मोबाइल जोन' घोषणा गरेका हुन्। 
‘पढाइको समयमा शिक्षक-विद्यार्थीले मोबाइलमा कुरा गर्दा शैक्षिक वातावरण प्रभावित भयो,' वृत्तका सदस्य पवन पौडेलले भने, ‘सबै विद्यार्थीबाट मोबाइल निषेधित क्षेत्र घोषणा गर्ने राय भएपछि नो मोबाइल जोन घोषणा गर्‍यौ।' मोबाइल फोन प्रतिबन्ध लगाएपछि क्याम्पसको शैक्षिक व्यवस्थापनमा सुधार आउने उनले आशा गरे।
वृत्तको बैठकले बुधबार क्याम्पसलाई मोबाइल प्रतिबन्ध क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वृत्तको निर्णयलाई क्याम्पस सहायक प्रमुख रघुराज काफ्लेले घोषणा गरेका थिए। नो मोबाइल जोनको घोषणालाई क्याम्पसका विद्यार्थीले ताली बजाएर समर्थन गरेका थिए।
शिक्षक र विद्यार्थीले कक्षाकोठामा मोबाइल साइलेन्स राख्नुपर्ने र अति आवश्यक परे क्याम्पसबाहिर गएर प्रयोग गर्नुपर्ने काफ्लेले बताए। मोबाइल फोन प्रयोग भए/नभएको वृृत्तले अनुगमन गर्ने छ। स्नातकोत्तरसम्म पढाइ हुँदै आएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीबाट आएको ‘नो मोबाइल जोन'को अवधारणाले क्याम्पसको स्तर बृद्धिमा टेवा पुग्ने क्याम्पस प्रमुख बैकुन्ठ न्यौपानेले बताए। ‘हामी क्याम्पसको स्तर बृद्धिको अभियानमा जुटिरहेका छौं,' उनले भने, ‘नो मोबाइल जोनको अवधारणाले हामीलाई समेत हौसाएको छ।' प्रतिबन्ध लगाएको समयमा कसैले मोबाइल फोन प्रयोग गरे १० रुपैयाँ जरिवाना तिनुपर्ने

ट्रक त्रिशुलीमा खस्यो, बालिकाको मृत्यु

तनहुँ, वैशाख  - पृथ्वी राजमार्ग अर्न्तगत धादिङको पिडा गाविसमा बुधबार दिउँसो ट्रक त्रिशुलीमा खस्दाँ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी ४ जना घाइते भएका छन्।
काठमाडौबाट धादिङको मलेखुका लागि छुटेको ना ३ ख ५६२६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल नदीमा खस्दा धादिङ मलेखुकी दुई बर्षिया प्रशंसा सेढाईको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी मंगलबार धादिङको ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको कारको अवस्था अझै खुल्न सकेको छैन्। नदीमा बेपत्ता कारको खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ।

तनहुँमा सात हजार मेट्रिक टन अदुवा उत्पादन

११ वैशाख, तनहुँ । तनहुँमा यसवर्ष सात हजार चार सय ७५ मेटि्रक टन अदुवा उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालय तनहुँले गत वर्षको तुलनामा यसवर्ष अदुवा उत्पादन बढेको जनाएको छ । गत वर्ष सात हजार २१ मेटि्रक टन अदुवा उत्पादन भएको थियो ।
जिल्लाका बैदी, कोटा, भिरकोट, रिसिङ, राम्झाकोटलगायतका करिब एक दर्जन गाविस अदुवा खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएका अदुवा करिब ७० प्रतिशत बाहिरी देशमा निर्यात हुने गरेको सो कार्यालयले जनाएको छ ।
अन्य खेतीको तुलनामा अदुवाखेती गर्न सजिलो, बढी मिहिनेत नपर्ने र मूल्य पनि राम्रै पाइने भएपछि अधिकाँश कृषक यसखेतीतर्फ आर्कषित हुन थालेको सो कार्यालयले जनाएको छ । अदुवा प्रति धार्नी रु चार सयसम्म बिक्री हुने गरेको बताइएको छ ।

बेलायतको सांगीतिक कार्यक्रममा गएका १० नेपाली कलाकार फरार

आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताए ।

काठमाडौं, १६ बैशाख (namaste tanahun)
बेलायतको सांगीतिक कार्यक्रममा भाग लिन गएका १० नेपाली कलाकार हिथ्रो बिमानस्थलबाटै गाएब भएका छन् । बेलायतको सागीतिक कार्यक्रममा कर्नवाल ईन्टरनेशनल मेल भ्वाईस कोरल फेस्टिभलमा सहभागी हुन गएका नेपाली गायक गायिका तथा संगीतकार हिथ्रो विमानस्थलबाट सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नेपाली कलाकार भागेको समाचार प्रतिष्ठित बेलायती पत्रिका द गार्जीयन डेली मिरर र बीबीसीले समेत प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन् । बीबीसी अनलाईनमा सार्वजनिक समाचारअनुसार आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताएका छन । ११ देशका ६० कलाकार सहभागी हुने फेस्टिबलमा नेपालको तर्फबाट लक्ष्मण शेषको नेतृत्वमा नेपालय लोक कला मंचका कलाकारहरु सहभागी भएका थिए ।

पूर्व सेनापति कटवालले पार्टी घोषणा गर्दै

पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ ।

काठमाडौं, बैशाख १
पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले नयाँ पार्टी खोलेर राजनीतिमा आउने तयारी गर्नुभएको छ । बिभिन्न साना मोर्चा र संघसंगठनलाई एकीकृत गरेर कटवालले आफ्नै नेतृत्वमा राजनीतिक मोर्चाको घोषणा गर्न लाग्नुभएको हो । लोकतन्त्र दिवसको अघिल्लो दिन आगामी बैशाख १० गते सुदुरपश्चिमको धनगढीमा नयाँ पार्टीको घोषणा गर्ने तयारी रहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार कटवालले पार्टीको नाम संयुक्त राष्ट्रिय मोर्चा राख्न लाग्नु भएको छ ।

माओवादी युद्धताका सेना प्रहरीको गागिर छोडेर भागेका भगौडा सेना प्रहरी भगौडा माओवादी राजावादी गणतन्त्र र धर्मनिरपेक्षता विरोधी व्यक्ती तथा एक सय विभिन्न संघ संस्थालाई एकतृत गरेर कटवालले पार्टी घोसणाको तयारी गर्नुभएको हो । पार्टी घोषणा धनगढीको खुल्लामाचमा गर्ने बुझिएको छ । प्रधान सेनापतिबाट अबकाश लिएपछि पनि सेनालाई राजनीतिक रंग दिनेगरि बेलाबेला टिप्पणी गर्दै आउनुभएका रुम्माङ्गगत कतवालले माओवादी विरोधी दलहरु कमजोर भएको विश्लेषण गर्दै माओवादी विरुद्ध ससक्त उत्रन पार्टी गठन गर्न लाग्नु भएको स्रोतको दावी छ ।

पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ । सेनावाट अवकाश भएपछी आवश्यक परे राजनितिमा आउने बताइरहनु भएका कटवालको राजनितिक पार्टी माओवादीको लागी कसीलो प्रतिवाद हुनसक्ने बिश्लेषण गरीएको छ ।

तनहुँ,- म्याराथुनका सबै उपाधी सेनालाई

तनहुँ, वैशाख १ - चौथो सचिन स्मृति खुल्ला म्याराथुनको उपाधी नेपाली सेनाका दिपक मल्ल ठकुरीले हात पारेका छन्। दमौलीदेखि घाँसीकुवासम्मको दुईतर्फी ९ किलोमिटरको दूरी ३३ मिनेट १५ सेकेण्डमा पार गर्दै सेनाका ठकुरीले उपाधी हात पारेका हुन्।
सोही दूरीलाई ३४ मिनेट ९ सेकेण्डमा पार गर्दै हस्ती बुढाथोकी र ३४ मिनेट ४२ सेकेण्डमा हस्ती चन्दले क्रमश द्धितीय र तृतीय स्थान हासिल गरेका थिए। प्रतियोगिताका सबै विजेता दमौलीस्थित केवल जङ्ग गुल्मका सैनिक हुन्।

म्याराथुनका विजेताहरुलाई रोटरी क्लब दमौलीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ र रोट्याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुदिप बानियाँ संयुक्तरुपमा ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाण पत्र वितरण गरेका थिए।
व्यासनगरपालिका- १० का १२ वर्षीय दिपेश रानाभाटले पूरै दूरी पार गरेका थिए। प्रोत्साहनस्वरुप उनलाई आयोजकले पाँच सय रुपैयाँ प्रदान गरेको थियो। दौडमा ५३ जनाको सहभागिता थियो।

२०५९ सालमा भारतमा आयोजित सम्मेलनमा सहभागी हुन जाँदा बस दुर्घटनामा परी ज्यान गुमाएका सचिनकुमार श्रेष्ठको स्मृतिमा रोट्याक्ट क्लब अफ दमौलीले हरेक वर्ष सचिन स्मृति ढौड प्रतियोगिताको आयोजना गर्दै आएको हो

अमेरिका भन्छ: यसरी मार् यौ लादेन

kathmandu,(namaste tanahun)
पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको छ अब्बोत्ताबाद । त्यहाको बिलाल क्षेत्रमा एउटा घर त्यस्तो रहेको थियो जहा धेरैअघिदेखि जासुसी संयन्त्रले पछ्याइरहेको थियो । वरिपरिका सामान्य घरहरुभन्दा आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काडेतार पनि लगाइएको थियो । त्यहा दुई सुरक्षा गेट थिए भनिएको छ तर कुनै फोन र इन्टरनेट चलाइएको भने पाइएको छैन । यही घरमा बसेका थिए बिन लादेन आफ्नो परिवारसहित । ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाडेको थिएन । अमेरिकी सरकार कै थोरै अधिकारीलाई मात्र लादेन लक्षित आक्रमण हुन लागेको बारे बताएको थियॊ । त्यहँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्नआदेश दिएको बताइएको छ । चार वटा हेलिकप्टरले हवाई मार्गबाट र आक्रमण गरेको थियो । केहि अमेरिकी समूह स्थलमार्गबाट घरभित्र छिरेको बताएको छ । ४० मिनेट भिडन्त भयो अमेरिकी सेनाले बताएको छ । लादेनले सक्दो प्रतिकार गरेको बताइएको छ । तर टाउकोमा गोली लागेपछि लादेन मारिएको बताएको छ । लादेनसगै उनका छोरा पनि मारिएको दाबी अअमेरिकी सेनाको रहेको छ । घटनामा पाच जना मारिएको पाकिस्तानी अधिकारीले पनि बताएका छन । मारिएका मध्ये एक महिला रहेकी छिन्। । प्रक्राउ परेका केहीलाई बन्दी बनाइएको दाबी अमेरिकी सेनाको रहेको छ । छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको उसले स्वीकारेको छ । पछि त्यसलाई सुरक्षाको कारण जनाउदै आफैले नष्ट गरिदिएको बताएको छ । अव आफै भन्नुहोस त अमेरिकी सेनाले बताएको जस्तै आफु तर्फ कुनै क्षति नभएको चाहि हो की हैन हाला अनि उसले भने जस्तै यति सजिदै बच्चाले भनेको कथा जस्तै मारिए होला त बिन लादेन घटना पुष्टी गर्ने अबाराक ओबामाले गरेको नाटकीय पनि साच्चै हास्षसपल रहेको त छैन ।

झलनाथ खनालको भन्द ठुलो " दुई झापड" माओवादी सभासद झक्कु सुवेदीले खाए

यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो ।

काठमाडौं, १९ वैशाख (namaste tanahun)
माओवादी सभासद झक्कु प्रसाद सुवेदीलाई सोमबार साँझ तिनकुने कफी सपका साचालकले झापड हानेका छन् । पार्टीकार्यालय कोटेश्वर पेरिशडांडावाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल साचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका हुन् ।

सभासद सुवेदीका अनुसार संविधान कहीले बन्छ संविधान वनाउनु पर्दै भन्दै हातपात गरेको र आफुलाई दुई झापड हानेको बताएका छन् । यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो । साथै एमालेका अर्का एक नेताले पनि धादिङ्गमा झापड खाएका थिए भने माओवादी अध्यक्ष प्रचण्ड झापड खानवाट जोगीएका थिए ।

संविधान निर्माणमा दलहरुको उदासिनता वढेसंगै नागरिकमा दल र नेताहरुप्रति आक्रोस वढेको छ भने झापड हातपातका घटनामा समेत बृद्धि हुन थालेको छ ।

आज आमाको मुख हेर्ने दिन-तपाईंले कसरी मनाउनु भयो त?

आजको दिनमा विवाहित महिलाहरुले रातो कपडा र गहनामा सजिएर विभिन्न्न मिस्ठान्न परिकार सहित आमालाई सम्झन्छन ।

काठमाडौं, २० बैशाख (namaste tanahun)
आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थऔसी । आमा प्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशिर्वाद लिएर माता तिर्थऔसी मनाइदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा खानेकुरा खान दिई आशिर्बाद थाप्ने चलन छ । आमा नहुनेले भने काठमाडौ उपत्यकाको १० किलोमिटर पश्चिमदक्षीणमा अवस्थीत मातातिर्थकुण्डमा गई कपाल मुण्डन गरेर स्नान पिण्डदान र शाद्धाकर्म गरेर सम्झने गर्दछन । कुण्डमा गएर आमाको मुख हेरीने भएकाले पनि यस दिनलाई आमाको मुख हेर्न दिन भनिएको हो । खास गरेर आजको दिनमा विवाहित महिलाहरुले रातो कपडा र गहनामा सजिएर विभिन्न्न मिस्ठान्न परिकार सहित आमालाई सम्झन्छन । मातातिर्थ मन्दीरमा बिहानैदेखि स्नान गर्नेहरुको भिड लागेको छ । मेलालाई व्यवस्थित गर्न चार सय स्वयंसेवक खटाइएको व्यावस्थापन समितिले जनाएको छ । सुरक्षाका लागि थानकोट बलम्वु मातातिर्थबाट प्रहरी परिचालन गरिएको माता तिर्थसंरक्षण तथा बिकास संस्थाले बताएको छ ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor