10:42 PM
namaste Tanahun
No comments
भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् ।
यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाटसमेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् ।
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।
बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।
10:33 PM
namaste Tanahun
No comments
१९ वैशाख काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला भएको छ ।
सोमबारदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरुले फारम भर्न सक्नेछन् । काठमाडौं उपत्यकाबाट फारम भर्ने व्यक्तिले ग्लोबल बैंकमा २४ अमेरिकी डलर बुझाउनु पर्नेछ ।
फारम वितरणको लागि कीर्तिपुरमा रहेको ल्याबरोटरी माध्यमिक विद्यालय नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकाली गौशाला र एन्फा टेक्निकल सेन्टर च्यासल बालकुमारीमा व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने रुपन्देहीकॊ बुटवल प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था मिलाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुलाई लक्षित गरेर आवेद फारम खोलिएको यो तेस्रोपटक हो । गत वर्ष आवेदन फाराम सङ्कलनदेखि परीक्षा साचालनसम्मको सबै जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भएपनि यस वर्ष नेपाल सरकार आफैले लिएको छ ।
2:43 AM
namaste Tanahun
No comments
अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।
काठमाडौं, १९ वैशाख (namaste tanahun)
अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।
एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।
लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।
यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-