This is featured post 1 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
This is featured post 2 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Bhola Thapa Chhetri- Tanahunkhabar.blogspot.com
This is featured post 3 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
खगेन्द्रको किर्तिमान जुनरेले खोसे (फोटो फिचरसहित
लोडसेडिङ सातामा १८ घण्टा घट्ने (तालिकासहित)
माओवादीका महरा गृहमन्त्री- गृह नपाएपछी बर्षमान पुनद्धारा राजिनामा,
संचार मन्त्रीमा अग्नी सापकोटा स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत शान्ति मन्त्रीमा विश्वनाथ शाह महिला बालबालिका तथा समाज कर्याण मन्त्रीमा जयपुरी घर्ति मगर
त्यस्तै राम चन्द्र चौधरीलाई भूमिसुधार उद्योमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुद मन्त्रीमा हितमान तामाङको नाम तोकिएको छ । अन्य मन्त्रीहरुमा धर्मशिला चापागाई हरिव्दुलाह खाँन धु्रव कुमार लिम्बु र देवी खडकाको नाम तय गरिएको छ । यसैवीच शान्ति मन्त्री वर्षमान पुन अनन्तले भने आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।
गृहमन्त्रीका रुपमा चर्चामा रहेका उनले सो नपाएपछि राजीनामा दिएको स्रोतको दावी छ । राजिनामा पछि माओवादी अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई भेट्न बोलाउनु भएको स्रोतले बताएको छ । अनन्तको राजिनामा पछि माओवादी भित्र साम्य भएको भनिएको विवादले फेरी प्राथमिकता पाउने देखीएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृहमन्त्रालय दिने निश्चित भएपछि एमाले नेताद्धय माधव कुमार नेपाल र केपी शर्मा ओली गुटले धारणा तय गर्न आन्तरिक तयारी थाल्नु भएको बताइएको छ । केही दिन अघि प्रधानमन्त्री खनालले सम्वन्ध सुधारको लागी भन्दै दुवै नेतासंग निवासमै गएर भेट गर्नुभएको थियो ।
ज्योतिष विज्ञान भन्छ– २१ मे २०११ खतरापूर्ण
२१ मे २०११ साँझ ६ बजेको कुण्डली तुला लग्नको स्वामी शुक्र सातौं भावमा पीडित भई बसेकाले नेपालको स्वतन्त्र अधिकारमा अरुले हस्तक्षेप गर्ने देखिन्छ तर लग्नमा परेको स्वगृही दृष्टिले तथा बुध, बृहस्पति र मंगलको पूर्णदृष्टिले राष्ट्रिय पहिचानमा विवेकीहरू, बुद्धिजीविहरू, कलाकारहरू र सैनिकहरू जागरुक हुनेछन् साथै सफल पनि हुनेछन्। आठौं भावमा शत्रुक्षेत्री सूर्य पीडित भई बसेको छ तथा अष्टमेश शुक्र सातौं भावमा पीडित भई बसेको छ, जसको प्रभावले शासकीय स्वरूपमा परिवर्तन आउने देखिन्छ भने धर्मभावमा बसेको केतुको प्रभावले धार्मिक संगठनबीच दंगा हुने र अन्तिममा सनातन धर्मावलम्बीले जित्ने देखिन्छ। राहु र चन्द्रमाको तृतीय भावमा परेको विषयोगले कुलतीहरूको व्यापार व्यवसाय गुप्त रूपमा फस्टाउने देखिन्छ। झलनाथ खनालको सरकार बाह्रांै भावको शनिले र तेस्रो भावको चन्द्रमाले डग्मगाउने देखिन्छ। त्यसैले राष्ट्रको दिगो शान्तिको लागि शनि, राहु र सूर्य तथा चन्द्रमाको जय–हवन सरकारको तर्फबाट हुनु आवश्यक छ। होइन भने सोही ग्रहको प्रभावले नेपालको राजनीतिक धरातलमा जो कोही हस्तीको अवसान गर्ने गराउने कामसमेत नहोला भन्न सकिन्न। नेपालमा राजनीतिक उथलपुथल मच्चिन्छ। राष्ट्रिय एकतामा आँच आउने एवं राष्ट्रिय अखण्डतालाई टुक्राउने तत्वहरू सक्रिय हुनेछन् तर त्यसको मुकाविला राष्ट्रवादी शक्ति र नेपाली सेनाले गर्ने हुँदा केही रक्तपातको स्थिति पनि नआउला भन्न सकिँदैन। जसमा राष्ट्रवादी शक्ति (सेनाको विजय हुने योग देखिन्छ। ठाउँ ठाउँमा साम्प्रदायिक दंगा, धार्मिक आतंकवाद र आपराधिक गिरोहहरूले उद्दण्डता मच्चाउने प्रबल योग देखिन्छ। प्रहरी प्रशासनमा भ्रष्टाचार व्याप्त हुने र केही प्रहरीका उच्च अधिकृतहरू कानुनी दायरामा पर्ने योग परेको छ। भारतमा अष्टमा सूर्यको प्रभावले जुनसुकै क्षेत्रमा पनि ठूला ठूला आगजनी र चन्द्रमाको प्रभावले सामुद्रिक आँधीबाट जनधनको क्षति हुने देखिन्छ। केन्द्रमा बसेको शुक्र र मंगलको विरोधपूर्ण योगले भारतको नयाँ दिल्लीमा आतंकवादी हमला हुने देखिन्छ। धार्मिक, साम्प्रदायिक ठूला घटना घट्नेछन् जसको प्रभाव नेपालमा समेत पर्नेछ। जापानमा भने राहुसँग बसेको चन्द्रमाको प्रभावले फेरि पनि सुनामी र भुईंचालोको सम्भावना देखाउँछ। उत्तरी छिमेकी राष्ट्र चीनमा पनि साम्प्रदायिक दंगा र तिब्बतको विषयलाई लिएर युद्ध भड्किने तथा प्राकृतिक प्रकोपका घटना हुनसक्ने प्रबल योग ग्रह गोचरबाट देखिन्छ। पाकिस्तानमा आतंकवादी तत्वहरू सक्रिय हुने धेरै धनजनको क्षति हुने र हिंसा भड्किने, राजनीतिक उथलपुथल हुने योग देखिन्छ। अमेरिकामा पनि आतंकवादी हमला हुनसक्ने र ठूलो दैवी प्रकोपको घटना हुनसक्ने योग देखिन्छ।
आश्चर्यजनक कुरो के छ भने जेठ ७ गतेको कुण्डली उपर्युक्त राष्ट्रहरूको एउटै पर्न गएको छ। त्यसैले विश्वमा देखिने घटनाक्रम पनि पालैसँग थोरै प्रकृतिको हुनसक्ने योग देखिन्छ। हुन त त्यसदिन विश्वमै महाप्रलय हुने भन्ने भारत र अमेरिकाका कतिपय ज्योतिष र भूगर्भविद्हरूले दावी गर्दै आए तापनि महाप्रलय नै हुने देखिदैन। नेपालको हकमा उक्त दिनदेखि पछाडि नेता र राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा फैलिने र घृणा जाग्ने हुँदा अर्को नयाँ परिवर्तनको चाहना शान्ति र समृद्धिका लागि तीव्र हुनेछ। जनतामा धार्मिक र आध्यात्मिक चेतनाको खोजी सशक्त रूपमा बढेर जानेछ कुण्डलीको ग्रहस्थिति हेर्दा नेपालको पूर्वी तराई र राजधानीमा विस्फोटन, आपराधिक गतिविधि तीव्र हुनेछ भने प्रहरी प्रशासन कमजोर र निरीह बन्नेछ। त्यस अवस्थामा सेना शान्तिका लागि सक्रिय बन्नेछ। २१ मे २०११, २०६८ जेठ ७ गते शनिबार साँझ ६ बजेदेखि नेपाललगायत छिमेकी राष्ट्रहरू र विश्वमा हुने घटनाक्रमलाई हेर्न बाँकी नै छ, त्यसपछिको घटनालाई ग्रहहरूको योगको आधारमा थप भविष्यवाणी गर्नु उपयुक्त हुन्छ। -- ज्योतिषाचार्य शालिग्राम ढकाल
लादेन मारिएको दृश्य "ह्वाइट हाउसमा लाइभ" हेरेका थिए ओबामाले
पाकिस्तानको अब्बोत्ताबादमा १० लाख अमेरिकी डलरको लगानीमा बनेको एउटा तीन तल्ले घर थियो। निकै सुरक्षा अपनाइएको। अमेरिकी जासुसी एजेन्सी सीआइएलाई चार वर्षअघि नै त्यो घरबारे शंका लागेको थियो। त्यो घरमा फोन र इन्टरनेटको लिङ्क छैन भन्ने थाहा पाएपछि त सीआइए झनै शंकालु बन्यो। आफू कहाँ बसेको हो स्याटेलाइटले ट्र्याक गर्छ भनेर होला बिन लादेनले यस्ता विद्युतीय सञ्चार चलाउँदैन थिए।
घरमा बस्ने बिन लादेनै हो भन्ने निधो भएपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ आक्रमण गर्ने निर्देशन दिए। सुरुमा त त्यहाँ बम खसाउने कि भन्ने कुरा भएको थियो। तर बम हान्दा बस्तीका अरु पनि मर्न सक्ने भएकोले स्थल कारबाही गर्ने निर्णय भएको रहेछ।
आक्रमणको आदेश पाएपछि चार वटा नाइटभिजन हेलिकप्टर उडे बिन लादेन बसेको घरमाथि। दुई दर्जन अमेरिकी एलिट स्पेसल फोर्सका सैनिक हेलिकप्टरको डोरीबाट घरको छतमा झरे। भिडन्त भयो। उनीहरु लादेन बसेकै कोठामा पुगे। एक अरबी भाषा जान्ने सैनिकले आत्मसमर्पण गर्न भने, तर उनले मानेनन्। उनी आफ्नी पत्नीको पछाडि गए, मानव ढाल बनाउने प्रयास थियो त्यो उनको। उनी थिइन् लादेनकी कान्छी स्वास्नी २७ वर्षकी यमनमा जन्मिएकी अमल अहमद अल सदाह।
शव लादेनको प्रमाणित भएपछि ओबामाले राष्ट्रको नाममा सम्बोधन गरे।
लादेनको शवमा गह्रुँगा ब्याग बाँधियो र समुद्रमा छाडियो। अन्त्येष्टि सम्पन्न। र, लादेनलाई समाप्त गर्ने जेरोनिमो कोड नाम दिइएको अपरेसन पनि सकियो। (फोटो, स्रोतः सन)
दमौलीमा खुकुरी प्रहारबाट एक युवाक गम्भिर र्घाईते
तनहुँमा एकहजार भन्दा बढी अपाङ्ग
तनहुँमा मर्स्याङ्दीले बगाउँदा घाँस-दाउरा लिन गएका आमा छोरीकै मृत्यु
स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।
तनहुँ;दुई हजार तामाङले गुरुङ थर लेखाए
करेन्ट लागेर वृद्धको मृत्यु
अमेरीकि सेनाले लुकिछिपि अन्त्येष्टि गरेको खवर लादेनको मृत्यु माथि नै प्रश्न चिन्ह!
अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।
अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।
लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।
यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रतनसँग बिहे गर्न ५४ हजार केटाको आबेदन
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।
बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।
जनेहो कोरिया ? कोरिया भाषा परीक्षाको आवेदन खुल्ला
लादेनको अन्त्येष्टि गरिएको अमेरिकीदाबी,लादेनको तस्बिर नक्कली!
अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।
एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।
लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।
यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
अल कायदाका प्रमुख" ओसामा बिन लादेन "को मृत्यु
ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्।
यस सम्बन्धमा अमेरिकी राष्ट्रपती ओबामाले भर्खरै टेलिभिजन मार्फत वक्तव्य समेत दिर्इसकेका छन्। उनले आफ्नो वक्तव्यमा ओसामा बिन लादेन पाकिस्तानमा लुकेर बसेको एक बर्षदेखी थाहाँ भएतापनि उनी लुकेको वास्तविक स्थान थाँहा भएको थिएन। गत अगष्ट ६ मा ओसामा बिन लादेन रहेको ठाँउ पत्ता लगाएपछी उनी माथी हमला गर्न पाकिस्तानमा रहेको अमेरिकी टोलीलार्इ आदेश दिएको थियो। यस हमलामा पाकिस्तानको समर्थन रहेको तथा कुनै पनि अमेरिकी सेनाको हताहत भएको छैन। ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्। ओबामाका अनुसार ओसामा बिन लादेन कुनै इस्लामिक धार्मिक नेता नभएर एक आतंकवादी मात्र भएको समेत बताएका थिए। उनले अगाडी अमेरिका इस्लाको बिरूध्द नभएर आतंकवादको मात्र बिरोधी भएको समेत स्पष्ट पारेका थिए। ओबामाले यस घट्नाले अमेरिकाको आतंकवाद बिरूध्दको युध्दमा एक ठुलो बिजय भएको समेत बताएका छन्।
खबरका अनुसार ओसामा बिन लादेन पाकिस्तानको इस्लामाबाद नजिकै सीआईएले चलाएको एक अपरेशनको शिकार बनेको छ। उक्त अपरेशनमा लादेनका साथ उनको २० नजिकका समर्थकहरू समेत मारिएका छन्। यस घट्नालार्इ अमेरिकीहरूले ठुलो उपलव्धीका रूपमा लिएका छन्। घट्नाको पुष्टीसंगै बिश्वभर यस खबरले ठुलो तहलका मच्चाएको छ।
१० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका ओसामा बिन लादेन, अल कायदा नामक आतंकी संगठन का प्रमुख हुन। उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए। ९ सितंबर २००१ का दिन उनको संगठनले अमरीकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी बिश्वभर यस संगठन बारेमा चर्चा चलेको थियो। यस संगठनले बिश्वभर आतंकी गतिविधिहरू संचालन गरिरहेको छ।
अन्जानको “नजलाउ” इजरायलमा विमोचित
विश्वकै मोटी महिला बन्ने सपना
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।
जीमखानामा नाङ्गै ब्ययाम
यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’
‘इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।
यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’
तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।
दुवइमा नेपाली युवकको हत्या
कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।
बेलायती राजकुमारको बिहे (फोटो फिचर सहित)
लन्डन, वैशाख १६ (एजेन्सी)- बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच आज भइरहेको विवाह समारोह विश्वका एक तिहाइ मानिसले हेर्ने अनुमान बेलायती सञ्चार माध्यमहरूले गरेका छन्। दुई अर्बभन्दा बढीले बिहेको प्रत्यक्ष प्रसारण हेर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
बेलायतको राजगद्दीका उत्तराधिकारी विलियम्सले सहपाठी तथा प्रेमिका मिडलटनसँग बिहे गरेका हुन्। उनको बिहेसम्बन्धी समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकतासाथ प्रसारण गरेका छन्।
दुवैबीच सन् २००० मा स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयु विश्वविद्यालयमा भेट भएको थियो।
वैवाहिक समारोह वेस्ट मिनिस्टर एबी गिर्जाघरमा भयो जहाँ १ हजार ९ सयलाई आमन्त्रण गरिएको छ। निमन्त्रणा गरिएकामा अधिकांश राजपरिवारका सदस्य, विलियम्स तथा मिडलटनका साथी, विभिन्न देशका राजदूत तथा सेलिब्रेटी छन्। त्यस्तै गभर्नर जनरललाई पनि निम्ता गरिएको छ। उनी राजतन्त्रका प्रतिनिधिका रूपमा गर्छन्। महारानीको कार्यालयले विश्वका ४४ वटा राजपरिवारका सदस्यलाई पनि बिहेमा निम्ता गरेको छ।
निम्ताका विषयमा विवादमा परेका बेलायतमा पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनलाई भने बिहेमा बोलाइएको छैन। विपक्षी लेबर पार्टीका नेताहरूले यसमा असन्तुष्टि व्यक्त गरेका छन्।
बेलायतका लागि सिरियाली राजदूत डा. सामी खियामीको निम्ता पनि रद्द गरिएको छ। सिरियाको प्रजातान्त्रिक आन्दोलनमा सरकारले दमन गर्दा ४ सय ५० प्रदर्शनकारी मारिएको भन्दै उनको उपस्थिति अस्वीकार्य रहेको बताइएपछि राजदरबारले निम्ता रद्द गरेको हो।
बहराइनका युवराज हमाद अल खलिफा र स्वाजिल्यान्डका राजा एमस्वाती तेस्रोलाई गरिएको निम्ता पनि विवादमा परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई दमन गरेको भन्दै बहराइनका राजकुमार बिहेमा संलग्न रहे मानवअधिकारवादी समूहले त्यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएपछि उनले वैवाहिक समारोहमा संलग्न हुने योजना स्थगन गरेका छन्।
स्थानीय समयअनुसार बिहान सवा दस बजे राजकुमार ह्यारी र राजकुमार विलियम्स वेस्टमिनिस्टर एबी पुगे। यही स्थानमा उनीहरूका आमाबुबा राजकुमार चार्ल्स र राजकुमारी डायना विवाहबन्धनमा बाँधिएका थिए।
राजकुमार विलियम्स तथा मिडलटनले कुरा छिनिएयता मानिसहरूले देखाएको स्नेहले धेरै उत्प्रेरित भएको बताएका छन्। बिहेसम्बन्धी जानकारी दिने औपचारिक वेबसाइटमा उनीहरूको सन्देश राखिएको छ।
वैवाहिक कार्यक्रम हेर्न राजधानी लन्डनको सडकमा ६ लाखभन्दा बढी मानिस सडकमा भेला भएको अनुमान गरिएको छ। धेरै मानिसहरू बिहीबार रातिदेखि नै विवाहस्थल र दरबारअगाडि बस्न थालिसकेका छन्। सरकारले बिदाको घोषणा गरेको छ। समारोहमा ४८ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। मनी सुपर मार्केट डट कमले गरेको गणनाअनुसार प्रत्येक बेलायतीको भागमा बिहेको २९ डलर खर्च पर्ने छ। (तस्बिरः एएफपी/रोयटर्स)
भुवनकी नयाँ गर्लफ्रेन्ड !
कुरा गत शुक्रबार बेलुकीको हो । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर सुटुक्क कुर्सीमा बसे । सुस्मितासंग सम्बन्ध बिच्छेद गरेर बसेका भुवनले कुनचाहिं युवतीको हात समातेर आए भनेर कार्यक्रममा सहभागी सवैले उनीहरुमाथि आँखा लगाइरहे । जव आयोजकले भुवनलाई ड्यासमा बोलाए तब भुवनसंगै आएकी ती युवती एक्लै कुर्सीमा बसिरहिन् ।
सवैले उनैमाथि आँखा लगाएपछि भुवनले ती युवतीलाई आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे । आफ्नी नयाँ गर्लफ्रेन्डलाई ‘बिजनेस वीमन’ भनेर चिनाएका उनले बाँकी कुरा बताउन चाहेनन् ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् ।
नयाँ चलचित्र रिलिज हुनै लागेका बेला नयाँ नयाँ पब्लिसिटी स्टन्ट गर्ने भुवनले यो पनि आफ्नो नयाँ चलचित्र ‘साथी म तिम्रो’ चलाउन गरेको स्टन्टका रुपमा पनि लिन थालेका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए ।
आइतवारका मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् । भुवनको यो चालाबाट उनी नयाँ गर्लफ्रेन्डबारे चर्चा होस भन्ने मनस्थीतिमा रहेको भन्न सकिन्छ ।
कट्रिनासँग बदला लिंदै सलमान
केहि समय यता कट्रिनाले सलमानसँग गरेको ब्यवहारका कारण उनीहरुबीच पानी बाराबारको स्थिति आएको सलमाननिकट एक स्रोतले जनाएको छ । रिस पनि कति उठेको होला सलमानलाई ? उनी अहिले कट्रिनालाई कुनै फिल्ममा नलिन आफूले चिनेजानेका सबै निर्माता-निर्देशकलाई आग्रह गर्दै हिडेका छन् । यति मात्र कहा हो र, कटरिनालाई फिल्ममा लिने जो कोहिसँग भविष्यमा काम नगर्ने चेतावनी समेत दिएका छन् । आफ्नो निर्माणधिन फिल्म ‘रेडी’ मा कट्रिनालाई लिने कुरा चलिरहँदा सलमानले उनको भूमिकामा जरीन खानलाई लिएका छन् । साथै एक अर्को फिल्ममा कट्रिनालाई हटाई पि्रयङ्का चोपडालाई अनुबन्धित गर्न लागेको बताइएको छ ।
अरुलाई नराम्रो गर्ने बानी सलमानमा नरहेको तर कट्रिनाको ब्यबहारकै कारण उनी दुःखी बनेको सलमानका एक निकट साथीले बताए । ‘बिग बोस’ नामक रियालिटी शोको शुटिङका क्रममा पनि उनीहरुबीच बादबिबाद परेको थियो । समयसँगै उनीहरुको सम्बन्ध सुधि्रनुको सट्टा झन बिग्रदै गएको छ । यद्यपी सलमानलाई अझै नजिकको साथी मानेको बताउँछिन कट्रिना ।
छोरासागै छोरीको पनि व्रतबन्ध
सप्तरी, ४ वैशाख
सप्तरीका एक दम्पतीले छोरासँगै छोरीहरूको पनि ब्रतबन्ध गरिदिएका छन् । बकधुवा-७ का एक दम्पतीले आफ्नी छोरीको छोरा सरह व्रतबन्ध गरिदिएका हुन् ।
धार्मिक रूपमा समेत छोरीहरूलाई छोरासरह अधिकार र मान्यता रहेको तथ्य स्थापित गर्न बकधुवा-७ का दुर्गा भट्टराई र विमला भट्टराईले आफ्नी सात वर्षीया छोरी मेन्जिना भट्टराईको हिन्दू परम्पराअनुसार व्रतबन्ध गरिदिए
। भट्टराई दम्पतीका दुई छोरी मात्र छन् ।
'सनातन हिन्दू धर्मले छोरा-छोरीबीच कुनै भेदभाव नगरेको सुन्दै आएको थिए', मेन्जिनाका बुवा दुर्गाले भने, 'छोरीले व्रतबन्ध गरी जनै लगाउने इच्छा गरेकाले पण्डितहरूसँग सल्लाह गरेर उनीहरूले सहमति जनाएपछि छोरीको व्रतबन्ध गरिदिएको हुँ
।' व्रतबन्धअघि उनले सप्ताहव्यापी श्रीमद्भागवत महापुरण तथा शान्ति यज्ञको समेत आयोजना गरेका थिए
। भागवत महापुराण वाचन गर्न आएका पण्डित कँुवेर सुवेदीद्वारा नै छोरीको कानमा गायत्री मन्त्र उच्चारण गरिएको भट्टराईले बताए । उनका अनुसार छोरी मेन्जिनालाई पण्डित सुवेदीले नै जनैसमेत लगाइदिएका थिए । छोरासरह छोरीको व्रतबन्ध गरिएको सप्तरीमा यो पहिलो घटना भएको भट्टराईको दाबी छ । 'छोरा-छोरीबीचको भेदभाव अन्त्यका लागि मात्रै भाषणमा नभई सबैलाई आ-आफ्नो ठाउँबाट केही न केही उदाहरणीय काम गर्नुपर्ने खाँचो छ । समाजमा एउटा सकारात्मक सन्देश पुर्याउने उद्देश्यले छोरीको व्रतबन्ध गरिदिएको हु,' भट्टराईले भने ।
खनालले गम्भीर परिणाम भोग्नुपर्ने नेपाल-ओलीको चेतावनी
'सरकारबाट फिर्ता बोलाउन सक्ने'
काठमाडौं । नेकपा एमालेको नेपाल-ओली पक्षधर पार्टी अध्यक्ष एवं प्रधानन्त्री झलनाथ खनाल एकलौटी रुपमा अघि बढ्ने खाजेको भन्दै गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।टोक्योमा भोली लोकतन्त्र विशेष कार्यक्रम
समितिले लोकतनन्त्र दिवससम्बन्धी कार्यक्रममा उपस्थित भएर एक्यवद्धता जनाउन जापानवासी सम्पूर्ण नेपालीमा आग्रह गरेको छ । राणाकालिन निरंकुसता, निर्दलीय एकतन्त्रीय पंचायती व्यवस्था, अधिनायक व्यवस्थाहरुको छाति चिर्दै हजारौँ सहिदको बलिदान र दुई करोड ५० लाख नेपालीको क्रान्तिबाट प्राप्त लोकतन्त्र वर्तमान समयको आबश्यकता भएको भन्दै समितिले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
नेपालले ५ बर्ष पहिले प्राप्त गरेको लोकतन्त्र सम्पूर्ण नेपालीको हक, हित र कर्तव्यको संरक्षण गर्ने उच्चतम शिखर आदर्श हो श्रेष्ठले भन्नुभयो । कार्यक्रमसम्बन्धी विस्तृत विवरण
लोकतन्त्र दिबस कार्यक्रम गर्ने ठाउँ र ठेगाना:
कार्यकम हुने मिती :२०११ अप्रिल २७ बुधबार साझ
कार्यकम हुने समय :साझा १८ बजे
कार्यकर्म स्थल :रियोगोकु सिटी कोवा भबन
कार्यकम हुने स्थल को ठेगाना:रियोगोकु २ चो मे १० बान ११,१४ गोउ दोस्रो तल्ला, टोक्यो, जापान
गृह माओवादीलाई दिए प्रधानमन्त्रीको अस्तित्व समाप्त हुने ओलीको चेतावनी
काठमाडौ , बैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले पार्टीको निर्णय विपरित गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री झलनाथ खनालको अस्तित्व समाप्त हुने चेतावनी दिनुभएको छ । तेह्रथुम सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा ओलीले माओवादीलाई गृहमन्त्रालय दिए शान्ति प्रकृया टुंगोमा नपुग्ने दावी गर्दै कुनै पनि हालतमा माओवादीलाई गृह मन्त्रालय दिन नहुने स्पष्ट पानुभयो ।
ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्षवीच भएको सातँबुदे सहमतिले मुलुक अगाडि बढ्न नसकेको भन्दै त्यस्तो सहमतिको भरमा मुलुक चल्न नसक्ने बताउनुभयो ।
निर्धारित समयमा समय बनाउन नसक्ने संविधानसभाको औचित्य समाप्त भईसकेको दावी गर्दै ओलीले संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नुहने बताउनुभयो ।
प्रचण्ड प्रस्ताव पारित प्रस्तावमा वैद्यको नोट अफ डिसेन्ट
अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ ।
यसअघि अध्यक्ष दाहालले शान्ति र संविधानलाई केन्द्रमा राखेर नयाँ प्रस्ताव बैठकमा पेश गरेपछि उपाध्यक्ष बैद्य समूह सशंकित हुन पुगेको थियो । उपाध्यक्ष बैद्यको समूहले अध्यक्षको प्रतिवेदनमा असन्तुष्टि जनाउदै फरक प्रस्ताव पेश गरेको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ । वैद्यले तत्काल जनविद्रोहमा जानुपर्ने भन्दै वैठकमा भिन्न प्रस्ताव पेश गर्नुभएको थियो । सो बारेमा छलफल गर्न गत बैशाख ९ गतेदेखि माओवादीको केन्द्रिय समिति बैठक राजधानिमा जारि थियो ।
अध्यक्षको प्रतिवेदन संशोधन सहित पारित पछि नेताहरुले पार्टिमा फरक मत रहेपनि अब पार्टि पंक्ति एकभई अगी वढ्ने बताएका छन् । वैद्य पक्षले भने पार्टिमा फरकमत रहेकाले भिन्न मतको कदर गर्दै पार्टिनेतृत्व पंक्तिलाई सचेत गराउँदै अघि वढ्ने बताए ।
आतंककारीको सूचीबाट हटाउन शान्तिप्रकृया सकिनुपर्ने अमेरिकाको माओवादीलाई सर्त
भारतीयले दसगजा क्षेत्र अतिक्रमण गरे
काङ्ग्रेसको बृहत् आमसभा आज पोखरामा
कतारमा पनि लोकतन्त्र दिवस मनाइयो
समाजसेवीको सहभागिता थियो । समारोहमा अतिथिहरुले लोकतन्त्र स्थापना भएको पाँच वर्ष व्यतीत भैसक्दा पनि अझै संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजदूत डा. मिश्रले ज्ञातअज्ञात सहिदप्रति श्रध्दाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापित र सुदृढ गर्ने कार्य कुनै एक व्यक्ति वा पार्टीको मात्र नभई सारा नेपालीको दायित्व र कर्त्तव्य हो भन्नुभयो ।
हामी देश वा विदेशमा जहाँ रहे पनि सम्पूर्ण नेपाली एक जुट भएर दत्तचित्तले लागेमा असम्भव भन्ने कुरा नै नहुने उहाँले बताउनुभयो । कार्यक्रममा दूतावासका द्वितीय सचिव जयबहादुर राई र श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा दूतावास परिसरमा दीपावली गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।
माओवादी प्रजातान्त्रिक हुनुपर्छ सरकार म दिन्छु-गगन थापा
लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन ।
सत्यसाई वावाको ८४ वर्षको उमेरमा आज निधन
पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् ।
अहिले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । उहाँको जन्म सन् १९२६ नोभेम्बर २३ तारिखका दिन भारतको पुट्टापर्थिमा भएको थियो । उहाँको बाल्यकालको नाम सत्य नारायण राजु हो । पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् । साईवावाको पसर्िमात्र हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने सत्यसाई केन्द्रले जनाएको छ ।
तनहुँ;चित्रेभाज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड
तनहुँको दक्षिणी सिमानामा पर्ने स्याङ्जाको चित्रेभाज्याङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।वीर भक्ति थापाको १९३ औँ स्मृति दिवस तथा राष्ट्रिय विभूति स्मृति प्रतिष्ठानको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित अन्तकिर््रयामा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । प्राध्यापक कुलप्रसाद खनालले चित्रेभाज्याङ पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थान भएकोले यसको आवश्यक प्रचारप्रसारका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ पत्रकार विश्वबन्धु भण्डारी भाज्याङ पब्लिकेसनका अध्यक्ष मुरलीमोहन काफ्ले मनोरथ शर्मालगायतले चित्रेभाज्याङलाई पर्यटकीय गन्तव्य बनाउन सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो
तनहुँ:क्याम्पस ‘नो मोबाइल जोन'!
नो मोबाएल ल |
वृत्तको बैठकले बुधबार क्याम्पसलाई मोबाइल प्रतिबन्ध क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वृत्तको निर्णयलाई क्याम्पस सहायक प्रमुख रघुराज काफ्लेले घोषणा गरेका थिए। नो मोबाइल जोनको घोषणालाई क्याम्पसका विद्यार्थीले ताली बजाएर समर्थन गरेका थिए।
शिक्षक र विद्यार्थीले कक्षाकोठामा मोबाइल साइलेन्स राख्नुपर्ने र अति आवश्यक परे क्याम्पसबाहिर गएर प्रयोग गर्नुपर्ने काफ्लेले बताए। मोबाइल फोन प्रयोग भए/नभएको वृृत्तले अनुगमन गर्ने छ। स्नातकोत्तरसम्म पढाइ हुँदै आएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीबाट आएको ‘नो मोबाइल जोन'को अवधारणाले क्याम्पसको स्तर बृद्धिमा टेवा पुग्ने क्याम्पस प्रमुख बैकुन्ठ न्यौपानेले बताए। ‘हामी क्याम्पसको स्तर बृद्धिको अभियानमा जुटिरहेका छौं,' उनले भने, ‘नो मोबाइल जोनको अवधारणाले हामीलाई समेत हौसाएको छ।' प्रतिबन्ध लगाएको समयमा कसैले मोबाइल फोन प्रयोग गरे १० रुपैयाँ जरिवाना तिनुपर्ने
ट्रक त्रिशुलीमा खस्यो, बालिकाको मृत्यु
काठमाडौबाट धादिङको मलेखुका लागि छुटेको ना ३ ख ५६२६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल नदीमा खस्दा धादिङ मलेखुकी दुई बर्षिया प्रशंसा सेढाईको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी मंगलबार धादिङको ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको कारको अवस्था अझै खुल्न सकेको छैन्। नदीमा बेपत्ता कारको खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ।
तनहुँमा सात हजार मेट्रिक टन अदुवा उत्पादन
बेलायतको सांगीतिक कार्यक्रममा गएका १० नेपाली कलाकार फरार
आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताए ।
पूर्व सेनापति कटवालले पार्टी घोषणा गर्दै
पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ ।
माओवादी युद्धताका सेना प्रहरीको गागिर छोडेर भागेका भगौडा सेना प्रहरी भगौडा माओवादी राजावादी गणतन्त्र र धर्मनिरपेक्षता विरोधी व्यक्ती तथा एक सय विभिन्न संघ संस्थालाई एकतृत गरेर कटवालले पार्टी घोसणाको तयारी गर्नुभएको हो । पार्टी घोषणा धनगढीको खुल्लामाचमा गर्ने बुझिएको छ । प्रधान सेनापतिबाट अबकाश लिएपछि पनि सेनालाई राजनीतिक रंग दिनेगरि बेलाबेला टिप्पणी गर्दै आउनुभएका रुम्माङ्गगत कतवालले माओवादी विरोधी दलहरु कमजोर भएको विश्लेषण गर्दै माओवादी विरुद्ध ससक्त उत्रन पार्टी गठन गर्न लाग्नु भएको स्रोतको दावी छ ।
पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ । सेनावाट अवकाश भएपछी आवश्यक परे राजनितिमा आउने बताइरहनु भएका कटवालको राजनितिक पार्टी माओवादीको लागी कसीलो प्रतिवाद हुनसक्ने बिश्लेषण गरीएको छ ।
तनहुँ,- म्याराथुनका सबै उपाधी सेनालाई
म्याराथुनका विजेताहरुलाई रोटरी क्लब दमौलीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ र रोट्याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुदिप बानियाँ संयुक्तरुपमा ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाण पत्र वितरण गरेका थिए।
व्यासनगरपालिका- १० का १२ वर्षीय दिपेश रानाभाटले पूरै दूरी पार गरेका थिए। प्रोत्साहनस्वरुप उनलाई आयोजकले पाँच सय रुपैयाँ प्रदान गरेको थियो। दौडमा ५३ जनाको सहभागिता थियो।
२०५९ सालमा भारतमा आयोजित सम्मेलनमा सहभागी हुन जाँदा बस दुर्घटनामा परी ज्यान गुमाएका सचिनकुमार श्रेष्ठको स्मृतिमा रोट्याक्ट क्लब अफ दमौलीले हरेक वर्ष सचिन स्मृति ढौड प्रतियोगिताको आयोजना गर्दै आएको हो
अमेरिका भन्छ: यसरी मार् यौ लादेन
पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको छ अब्बोत्ताबाद । त्यहाको बिलाल क्षेत्रमा एउटा घर त्यस्तो रहेको थियो जहा धेरैअघिदेखि जासुसी संयन्त्रले पछ्याइरहेको थियो । वरिपरिका सामान्य घरहरुभन्दा आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काडेतार पनि लगाइएको थियो । त्यहा दुई सुरक्षा गेट थिए भनिएको छ तर कुनै फोन र इन्टरनेट चलाइएको भने पाइएको छैन । यही घरमा बसेका थिए बिन लादेन आफ्नो परिवारसहित । ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाडेको थिएन । अमेरिकी सरकार कै थोरै अधिकारीलाई मात्र लादेन लक्षित आक्रमण हुन लागेको बारे बताएको थियॊ । त्यहँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्नआदेश दिएको बताइएको छ । चार वटा हेलिकप्टरले हवाई मार्गबाट र आक्रमण गरेको थियो । केहि अमेरिकी समूह स्थलमार्गबाट घरभित्र छिरेको बताएको छ । ४० मिनेट भिडन्त भयो अमेरिकी सेनाले बताएको छ । लादेनले सक्दो प्रतिकार गरेको बताइएको छ । तर टाउकोमा गोली लागेपछि लादेन मारिएको बताएको छ । लादेनसगै उनका छोरा पनि मारिएको दाबी अअमेरिकी सेनाको रहेको छ । घटनामा पाच जना मारिएको पाकिस्तानी अधिकारीले पनि बताएका छन । मारिएका मध्ये एक महिला रहेकी छिन्। । प्रक्राउ परेका केहीलाई बन्दी बनाइएको दाबी अमेरिकी सेनाको रहेको छ । छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको उसले स्वीकारेको छ । पछि त्यसलाई सुरक्षाको कारण जनाउदै आफैले नष्ट गरिदिएको बताएको छ । अव आफै भन्नुहोस त अमेरिकी सेनाले बताएको जस्तै आफु तर्फ कुनै क्षति नभएको चाहि हो की हैन हाला अनि उसले भने जस्तै यति सजिदै बच्चाले भनेको कथा जस्तै मारिए होला त बिन लादेन घटना पुष्टी गर्ने अबाराक ओबामाले गरेको नाटकीय पनि साच्चै हास्षसपल रहेको त छैन ।
झलनाथ खनालको भन्द ठुलो " दुई झापड" माओवादी सभासद झक्कु सुवेदीले खाए
यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो ।
सभासद सुवेदीका अनुसार संविधान कहीले बन्छ संविधान वनाउनु पर्दै भन्दै हातपात गरेको र आफुलाई दुई झापड हानेको बताएका छन् । यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो । साथै एमालेका अर्का एक नेताले पनि धादिङ्गमा झापड खाएका थिए भने माओवादी अध्यक्ष प्रचण्ड झापड खानवाट जोगीएका थिए ।
संविधान निर्माणमा दलहरुको उदासिनता वढेसंगै नागरिकमा दल र नेताहरुप्रति आक्रोस वढेको छ भने झापड हातपातका घटनामा समेत बृद्धि हुन थालेको छ ।
आज आमाको मुख हेर्ने दिन-तपाईंले कसरी मनाउनु भयो त?
आजको दिनमा विवाहित महिलाहरुले रातो कपडा र गहनामा सजिएर विभिन्न्न मिस्ठान्न परिकार सहित आमालाई सम्झन्छन ।
तनहुँका खबर:तनहुँका लागि पठाइएको बजेट सांसदद्वारा माइती गाउँमा खर्च
योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।
स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।
तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।
तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।
तनहुँ;जलेर वृद्धाको मृत्यु
हिमाल रेमीटको रकम पीडितलाई हस्तान्तरण
रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'
एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।
सुनामीपीडितको सहयोगार्थ नेपालीखबरले गरेको सांस्कृतिक कार्यक्रमको झलकहरु
‘अरुको दुःख नै आफ्नो दुःख सम्झनु मानवीयता हो’ भन्ने भावनालाई महसूस गरी कार्यक्रम आयोजना गरिएको नेपाली खबरका अध्यक्ष विजय तामाङले बताउनु भयो ।
नेपाली युवाहरुको मन जित्न सफल कर्मा व्याण्ड लगायतका टोली भिजिट नेपाल २०११ को प्रचार प्रसार गर्ने सिलसिलामा अमेरिकाको विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ ।
सांस्कृति कार्यक्रमका झलकहरु ।