WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

प्रचण्ड प्रस्ताव पारित प्रस्तावमा वैद्यको नोट अफ डिसेन्ट

अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ ।

काठमाडौं, १६ वैशाख (namaste tanahun)
एकीकृत माओवादीको एकसाता देखि राजधानीमा जारी केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित गर्दै सकिएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज विहान सात बजेदेखि बसेको बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो । पारित अध्यक्षको प्रतिवेदनमा उपाध्यक्ष मोहन बैद्यले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ ।

यसअघि अध्यक्ष दाहालले शान्ति र संविधानलाई केन्द्रमा राखेर नयाँ प्रस्ताव बैठकमा पेश गरेपछि उपाध्यक्ष बैद्य समूह सशंकित हुन पुगेको थियो । उपाध्यक्ष बैद्यको समूहले अध्यक्षको प्रतिवेदनमा असन्तुष्टि जनाउदै फरक प्रस्ताव पेश गरेको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ । वैद्यले तत्काल जनविद्रोहमा जानुपर्ने भन्दै वैठकमा भिन्न प्रस्ताव पेश गर्नुभएको थियो । सो बारेमा छलफल गर्न गत बैशाख ९ गतेदेखि माओवादीको केन्द्रिय समिति बैठक राजधानिमा जारि थियो ।

अध्यक्षको प्रतिवेदन संशोधन सहित पारित पछि नेताहरुले पार्टिमा फरक मत रहेपनि अब पार्टि पंक्ति एकभई अगी वढ्ने बताएका छन् । वैद्य पक्षले भने पार्टिमा फरकमत रहेकाले भिन्न मतको कदर गर्दै पार्टिनेतृत्व पंक्तिलाई सचेत गराउँदै अघि वढ्ने बताए ।

आतंककारीको सूचीबाट हटाउन शान्तिप्रकृया सकिनुपर्ने अमेरिकाको माओवादीलाई सर्त

वैशाख, काठमाडौं । अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउन शान्तिप्रक्रिया पूरा हुनु पर्ने सर्त राखेको छ ।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग शुक्रबार भएको भेटमा अमेरिकी राजदूत स्कट् एच डेलिसीले शान्तिप्रक्रियाको पूर्णतासँगै माओवादीलाई आतंककारीको सूचीबाट हटाउने जानकारी दिनुभयो । शान्तिप्रक्रियाको पूर्णतालाई घुमाउरो भाषामा सर्तका रुपमा अघि सार्दै राजदूत डेलिसीले भन्नुभयो-’शान्ति प्रक्रिया पूरा भएको भए माओवादीलाई आतंककारी सूचिबाट हटाउन सजिलो हुने थियो ।’
माओवादीले शान्ति र संविधान निर्माणमा निर्णयक पहल गर्ने प्रस्तावलाई पारित गरेकोमा स्वागत गर्दै राजदूत डेलिसीले कसरी कार्यान्वयन हुन्छ भनेर भट्टराई समक्ष जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा भट्टराईले शान्तिप्रक्रियालाई पूर्णता दिई संविधान निर्माण गर्न माओवादीले तत्कालै सहकर्मी दलसँग वार्ता प्रक्रिया थाल्ने बताएको उहाँका निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । राजदूत डेलिसिले अमेरिका माओवादीसँग पूर्वाग्रही नरहेको जनाउँदै नेपालका अन्य राजनीतिक दलसँगजस्तै माओवादीसँग पनि समान ब्यबहार गरिने बताउनुभयो । सो अबसरमा उपाध्यक्ष डा. भट्टराईले चीन, भारत र अमेरिकासँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण हुने भन्दै शान्ति प्रकृया र संबिधान निर्माणसँगै यी मुलुकहरुसंग सम्बन्ध विस्तारका लागि माओवादीले पहल गर्ने बताउनुभयो । राजदूत डेलिसीले नेपालको शान्ति प्रकृयामा अमेरिकाको सकरात्मक सहयोग आबश्यक रहे सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको प्रस्ताव गर्नुभएको थियो ।
भट्टराई निवास सानेपामा भएको भेटमा अमेरिकी राजदूत डेलिसीले शान्ति प्रक्रियाले छिट्टै पूर्णता पाउनेमा अमेरिका विश्वस्त रहेको बताउनुभएको थियो ।

भारतीयले दसगजा क्षेत्र अतिक्रमण गरे

११ वैशाख, सिरहा । सीमास्तम्भ नभएको फाइदा उठाउँदै भारतीय नागरिकले दसगजा अतिक्रमण गरी खेतीपाती गर्नुका साथै घर बनाएर बस्न थालेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट लगदी-गदियानीका अनुसार गोठ र लगदी-गदियानीमा २३१ सीमास्तम्भ भएकामा त्यसमध्ये ३४ वटा सीमास्तम्भ हराएकाले दसगजा क्षेत्र अतिक्रमणमा परेको सशस्त्र प्रहरी निरीक्षक भीम चन्दले बताउनुभयो । उक्त क्षेत्रमा जङ्गे पिलर आठवटा, सानो पिलर १२६ वटा, मर्मत गर्नुपर्ने ३९ वटा, हराएका ३४ वटा, पुरिन लागेका १६ वटा र जमिनमा ढलेका आठवटा पिलर रहेका छन् ।
२८ नम्बर सीमास्तम्भमा भारततर्फबाट दसगजा अक्रिमण गरी भारतीय नागरिक जयनारायण मुखिया, कामेश्वर मुखिया, बैजु मुखियालगायतले घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेका छन् । पश्चिम लगदिगोठ र पूर्वमा सन्हैठा क्षेत्रअन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा सीमास्तम्भ २६० (३) देखि २६५ (२०) सम्म रहेको छ भने माडर खैरटोकादेखि ढाडीसम्म ३६२ वटा सीमास्तम्भ रहेका छन् । जसमध्ये २३१ वटा सीमास्तम्भ लगदिगदियानी क्षेत्रमा मात्र रहेका छन् ।
भारतीय नागरिकद्वारा दसगजा क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेकाले उनीहरुलाई हटाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुराकानी भइरहेको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । सिरहा जिल्लाको अति संवेदनशील तथा असुरक्षित क्षेत्र मानिएको सो ठाउँमा विशेष सुरक्षा योजना लागू भएपछि शान्तिसुरक्षा सन्तोषजनक रहेको बताइएको छ ।

काङ्ग्रेसको बृहत् आमसभा आज पोखरामा



पोखरा ११ बैशाख । नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण शान्ति अभियान अन्तरगत लोकतन्त्र दिवसको अवसर पारेर आज पोखरामा बृहत आमसभा गर्दैछ । सभालाई सम्बोधन गर्न काङ्ग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल हिजै पोखरा आइसक्नु भएको छ । त्यस्तै वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान िसंह र कृष्णप्रसाद सिटौला आज बिहान पोखरा पुगेका छन् । पोखराको चिप्लेढुङ्गामा हुने सभालाई काङ्ग्रेसका शीर्ष नेताहरुका साथै केन्द्रीय सदस्यहरु शेखर कोइराला धनराज गुरुङ सुरेन्द्र पाण्डे जीवन परियारलगायतले संबोधन गर्ने काङ्ग्रेस कास्की सभापति यज्ञबहादुर थापाले जानकारी दिनुभयो । सभामा गण्डकीका र धौलागिरी अाचलका ५० हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । सभा सुरु हुनुअघि पोखराको सभागृह चोकबाट नारा जुलुससहित र् याली निस्केर चिप्लेढुङ्गा पुग्ने कार्यक्रम छ ।

कतारमा पनि लोकतन्त्र दिवस मनाइयो

दोहा । कतारको दोहास्थित नेपाली राजदूतावासले आइतबार एक समारोहकाबीच पाँचौ लोकतन्त्र दिवस मनाएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रको सभापतित्व सम्पन्न समारोहमा दोहास्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी, पत्रकार, लेखक,
समाजसेवीको सहभागिता थियो । समारोहमा अतिथिहरुले लोकतन्त्र स्थापना भएको पाँच वर्ष व्यतीत भैसक्दा पनि अझै संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजदूत डा. मिश्रले ज्ञातअज्ञात सहिदप्रति श्रध्दाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापित र सुदृढ गर्ने कार्य कुनै एक व्यक्ति वा पार्टीको मात्र नभई सारा नेपालीको दायित्व र कर्त्तव्य हो भन्नुभयो ।
हामी देश वा विदेशमा जहाँ रहे पनि सम्पूर्ण नेपाली एक जुट भएर दत्तचित्तले लागेमा असम्भव भन्ने कुरा नै नहुने उहाँले बताउनुभयो । कार्यक्रममा दूतावासका द्वितीय सचिव जयबहादुर राई र श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा दूतावास परिसरमा दीपावली गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

माओवादी प्रजातान्त्रिक हुनुपर्छ सरकार म दिन्छु-गगन थापा

लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन ।

काठमाडौं, १२ बैशाख
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता गगन थापाले लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन । लोकतन्त्र दिवशको अवसरमा भएको कार्यक्रममा सभाषद समेत रहेका थापाले माओवादी लोकतन्त्र प्रति प्रतिवद्ध नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने आरोप लागाउनुभएको छ । उनले माओवादी प्रजातन्त्र प्रति प्रतिवद्ध हुन्छ भने कांग्रेस भित्र जसरी भए पनि माओबादीको नेतृत्व स्वीकार्ने सक्न्ने बातावराण बनाउन आफु लागि पर्ने बताएकाछन । माओवादी भित्र अहिले भइरहेको शान्ति र संविधान बारकॊ भएको बहस सकारात्मक भएपनि त्यसलाई प्रचण्डले तत्कालीन कार्यदिशा मात्र भनेकोले पूर्ण विश्वास गर्न सकिने बातावरण नभएको बताएकाछन ।

सत्यसाई वावाको ८४ वर्षको उमेरमा आज निधन

पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् ।

काठमाडौं, ११ वैशाख
चर्चित आध्यात्मिक गुरु सत्यसाई बाबाको आज विहान निधन भएको छ । एक महिना अघि देखी उपचारको क्रममा रहनुभएका सत्यसाई वावाको आज विहान भारतिय समय अनुसार ७ बजेर चालिस मिनेट जाँदा निधन भएको हो । मुटुको गंभिर समस्याले गर्दा सघन उपचारकक्षमा भारतको आन्ध्र प्रदेशस्थित पुट्टापर्थीमा रहेको आफ्नै आश्रमको अस्पतालमा उपचार गराईरहनु भएका सत्य साई को ८४ वर्षको उमेरमा आज निधन भएको हो । धार्मिक गुरु एवं देवताको अवतारको रुपमा पुिजंदै आउनुभएका साईवावाको निधनको खबरबाट सोकाकुल उहाँका अनुयायीहरुको सो अस्पतालमा ठूलो भिड लागेको छ ।

अहिले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । उहाँको जन्म सन् १९२६ नोभेम्बर २३ तारिखका दिन भारतको पुट्टापर्थिमा भएको थियो । उहाँको बाल्यकालको नाम सत्य नारायण राजु हो । पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् । साईवावाको पसर्िमात्र हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने सत्यसाई केन्द्रले जनाएको छ ।

तनहुँ;चित्रेभाज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड

दमौली,५ वैशाख ।
तनहुँको दक्षिणी सिमानामा पर्ने स्याङ्जाको चित्रेभाज्याङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।वीर भक्ति थापाको १९३ औँ स्मृति दिवस तथा राष्ट्रिय विभूति स्मृति प्रतिष्ठानको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित अन्तकिर््रयामा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । प्राध्यापक कुलप्रसाद खनालले चित्रेभाज्याङ पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थान भएकोले यसको आवश्यक प्रचारप्रसारका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ पत्रकार विश्वबन्धु भण्डारी भाज्याङ पब्लिकेसनका अध्यक्ष मुरलीमोहन काफ्ले मनोरथ शर्मालगायतले चित्रेभाज्याङलाई पर्यटकीय गन्तव्य बनाउन सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor