
11:46 AM

namaste Tanahun
No comments
आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताए ।
काठमाडौं, १६ बैशाख (namaste tanahun)

बेलायतको सांगीतिक कार्यक्रममा भाग लिन गएका १० नेपाली कलाकार हिथ्रो बिमानस्थलबाटै गाएब भएका छन् । बेलायतको सागीतिक कार्यक्रममा कर्नवाल ईन्टरनेशनल मेल भ्वाईस कोरल फेस्टिभलमा सहभागी हुन गएका नेपाली गायक गायिका तथा संगीतकार हिथ्रो विमानस्थलबाट सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
नेपाली कलाकार भागेको समाचार प्रतिष्ठित बेलायती पत्रिका द गार्जीयन डेली मिरर र बीबीसीले समेत प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन् । बीबीसी अनलाईनमा सार्वजनिक समाचारअनुसार आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताएका छन । ११ देशका ६० कलाकार सहभागी हुने फेस्टिबलमा नेपालको तर्फबाट लक्ष्मण शेषको नेतृत्वमा नेपालय लोक कला मंचका कलाकारहरु सहभागी भएका थिए ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-