WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

दुवइमा नेपाली युवकको हत्या

वैशाख, काठमाडौँ । वैदेशिक रोजगारीका शिलशिलामा दुवई पुगेका एक युवकको हत्या भएको छ ।
लमजुङ मालिङ गाविस- ३ का ३६ वर्षीय डिलाराम गुरुङको बुधबार हत्या भएको परिवारजनले बताएका छन् ।
मृतकमा दाजु रघुनाथले हत्यामा आफ्नो भाई कार्यरत कम्पनीकै कर्मचारीको संलग्नता रहेको बताउनु भयो
कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।

बेलायती राजकुमारको बिहे (फोटो फिचर सहित)


लन्डन, वैशाख १६ (एजेन्सी)- बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच आज भइरहेको विवाह समारोह विश्वका एक तिहाइ मानिसले हेर्ने अनुमान बेलायती सञ्चार माध्यमहरूले गरेका छन्। दुई अर्बभन्दा बढीले बिहेको प्रत्यक्ष प्रसारण हेर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

बेलायतको राजगद्दीका उत्तराधिकारी विलियम्सले सहपाठी तथा प्रेमिका मिडलटनसँग बिहे गरेका हुन्। उनको बिहेसम्बन्धी समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकतासाथ प्रसारण गरेका छन्।
दुवैबीच सन् २००० मा स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयु विश्वविद्यालयमा भेट भएको थियो।





















वैवाहिक समारोह वेस्ट मिनिस्टर एबी गिर्जाघरमा भयो जहाँ १ हजार ९ सयलाई आमन्त्रण गरिएको छ। निमन्त्रणा गरिएकामा अधिकांश राजपरिवारका सदस्य, विलियम्स तथा मिडलटनका साथी, विभिन्न देशका राजदूत तथा सेलिब्रेटी छन्। त्यस्तै गभर्नर जनरललाई पनि निम्ता गरिएको छ। उनी राजतन्त्रका प्रतिनिधिका रूपमा गर्छन्। महारानीको कार्यालयले विश्वका ४४ वटा राजपरिवारका सदस्यलाई पनि बिहेमा निम्ता गरेको छ।
निम्ताका विषयमा विवादमा परेका बेलायतमा पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनलाई भने बिहेमा बोलाइएको छैन। विपक्षी लेबर पार्टीका नेताहरूले यसमा असन्तुष्टि व्यक्त गरेका छन्।
बेलायतका लागि सिरियाली राजदूत डा. सामी खियामीको निम्ता पनि रद्द गरिएको छ। सिरियाको प्रजातान्त्रिक आन्दोलनमा सरकारले दमन गर्दा ४ सय ५० प्रदर्शनकारी मारिएको भन्दै उनको उपस्थिति अस्वीकार्य रहेको बताइएपछि राजदरबारले निम्ता रद्द गरेको हो।
बहराइनका युवराज हमाद अल खलिफा र स्वाजिल्यान्डका राजा एमस्वाती तेस्रोलाई गरिएको निम्ता पनि विवादमा परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई दमन गरेको भन्दै बहराइनका राजकुमार बिहेमा संलग्न रहे मानवअधिकारवादी समूहले त्यसविरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएपछि उनले वैवाहिक समारोहमा संलग्न हुने योजना स्थगन गरेका छन्।
स्थानीय समयअनुसार बिहान सवा दस बजे राजकुमार ह्यारी र राजकुमार विलियम्स वेस्टमिनिस्टर एबी पुगे। यही स्थानमा उनीहरूका आमाबुबा राजकुमार चार्ल्स र राजकुमारी डायना विवाहबन्धनमा बाँधिएका थिए।
राजकुमार विलियम्स तथा मिडलटनले कुरा छिनिएयता मानिसहरूले देखाएको स्नेहले धेरै उत्प्रेरित भएको बताएका छन्। बिहेसम्बन्धी जानकारी दिने औपचारिक वेबसाइटमा उनीहरूको सन्देश राखिएको छ।
वैवाहिक कार्यक्रम हेर्न राजधानी लन्डनको सडकमा ६ लाखभन्दा बढी मानिस सडकमा भेला भएको अनुमान गरिएको छ। धेरै मानिसहरू बिहीबार रातिदेखि नै विवाहस्थल र दरबारअगाडि बस्न थालिसकेका छन्। सरकारले बिदाको घोषणा गरेको छ। समारोहमा ४८ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। मनी सुपर मार्केट डट कमले गरेको गणनाअनुसार प्रत्येक बेलायतीको भागमा बिहेको २९ डलर खर्च पर्ने छ। (तस्बिरः एएफपी/रोयटर्स)


तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor