WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

महेन्द्रपुलबाट सेतीमा हाम फालेकी युवतीको उद्धार

पोखरा, साउन २९ ।
पोखराको महेन्द्रपुलबाट हामफालेकी ललिता वर्माको सकुशल उद्धार गरिएको छ ।सोमबार दिउँसो करिब पौने ३ बजे सेती नदीमा हामफालेकी नवलपरासी घर भई महेन्द्रपुलमा बस्दै आएकी २४ वर्षिया यूवती वर्माको प्रहरी र नेपाली सेनाको टोलिले सकुशल उद्धार गरेको उद्धारमा संलग्न प्रहरी निरिक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो ।
पुल नजिकैबाट हामफालर नदीको सतह भन्दा केही माथी अड्किएको अवस्थामा रहेकी उनलाई करिब ४५ मिनेटपछी उद्धार गरिएको उहाँले बताउनुभयो । वर्माको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।
आफै हामफालेपनि हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरी निरिक्षक श्रीमलले बताउनुभयो ।

मृगौला पीडित तीन वर्षिय वालकको उपाचारका लागि सहयोगको याचना

शेव नै धर्मा हो

स्याङ्जा, साउन २४ । स्याङ्जा जिल्ला, चिलाउनेवास गाविस वडा नं ५ का ३ वर्षिय मृगौला पीडित वालक समिर पौडेलको उपचारका लागि उनका परिवारले सहयोगको याचना गरेका छन् ।
गत असार ३ गते सामान्य रुघा खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका बालकको मृगौंलामा समस्या देखिएको वुवा रमाकान्त शर्माले वताउनु भयो । उहाँका अनुसार समिरको उपचारका लागी २ लाख रुपैँया खर्च भइसकेको र थप उपचारको लागी घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सवैसगँ सहयोगको याचना गर्नुभएको छ ।
अहिले समिरको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शरीर पुरै सुनिएकाले स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको उपचारमा संग्लग्न चिकित्सकले बताईएको छ । ज्याला मजदुरी गरी परिवारको पेट पालेका समिरका वुवा अहिले छोराको उपचारमा भौतारिरहँदा मजदुरी गर्न समेत नपाएकाले परिवारको विचल्ली भएको गुनासो गर्नुभएको छ । पोखरामा उपचारका लागि बस्दा समेत खान बस्नको समस्या भएको उहाँले बताउनुभयो ।
समिरलाई सहयोग गर्न चाहनेले गरिमा विकास वैकको खाता नं ००५०००००३२०६ जुनसुकै शाखावाट पनि जम्मा गर्न सक्नु हुनेछ ।

नाङ्गिएर जितको खुसी मनाए

 कस्तो मज्झा 

२८ साउन तनहुँ  । लण्डन ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीहरुको खुसी मनाउने तरिका आ-आफ्नै छ । विश्वका तिब्र गतिका धावक जमैकन यूसेन बोल्टले २ सय मिटर दौडमा स्वर्ण जितेपछि क्यामारा निकालेर दर्शकहरुको तस्वीर खिचे । जमर्नका एक खेलाडीले डिस्कस थ्रोमास्वर्ण जितेपछि यस्तो जोश आयो कि आफ्नै कपडा च्याते ।
बेलायतका एक खेलाडीले भने पदक जितेपछि नांगिएर खुसी मनाएका छन् । उनी मैदानमा नै भने नाङ्गएिका हैनन् । हाईजम्पमा स्वण जितेका बेलायतका एथलेट रोब्बी ग्राबार्जले खेलगाउको आफ्नो कोठामा पुगेर नाङ्गएिको तस्वीर ट्वीट गरेका हुन् ।
तस्वीरमा उनले आफ्नो घाँटीमा मेडल झुण्ड्याएका छन् भने बेलायतको झण्डाले आफ्नो गोप्य अंग छोपेका छन् । उनको अनुहारमा सन्तुष्टिको भाव झल्किएको हाँसो छ ।

नांगै युवतीको जिउमा परिकार पस्कने रेस्टुरेन्ट

नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टले यस्तो सुविधा दिने भएको हो । जापानी परिकार खुवाउने उक्त रेस्टुरेन्टमा अब ५ सय डलर तिरेपछि अगाडि तेर्सिएका नांगा मोडेलको छाति तथा गुप्तांगमाथि राखिएको भोजन कपाकप खान पाइनेछ । यसरी नांगा मोडेलका छातिमाथिबाट सुशी तथा साशिमी जस्ता जापानी भोजन टप्प टिपेर खाने इच्छा भएमा गोजी केही गरम पारेर मियामीको कुंग फु किचेन रेष्टुरेन्टमा गए पुग्छ ।
उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन तयार भएका बताएका छन् ।
तर यो रेष्टुरेन्टमा नांगा मोडेलको सरीरलाई थाल बनाएर खाना खाँदा केही नियम भने पूराउननै पर्छ । ग्राहकले हात राम्ररी सफा गरेको हुनुपर्छ भने हातले केवल खानेकुरा मात्र टिप्न पाइन्छ तरुनीको जिउमा बढि छुन पाइन्न । स्मरण रहोस् यसरी नांगो जिउमा खाना खुवाउने मोडेलहरुको गुप्तांग केराको पातले ढाकिएको हुन्छ भने स्तनमाथि पनि भाँडो राखिएको हुन्छ ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor