WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँ:क्याम्पस ‘नो मोबाइल जोन'!

नो मोबाएल ल 
तनहुँ वैशाख - नियमित पठनपाठनमा समस्या भएको भन्दै दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीले बुधबारदेखि क्याम्पसलाई ‘नो मोबाइल जोन' घोषणा गरेका छन्।
शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीको सक्रियतामा गठित ‘गुणस्तर व्यवस्थापन वृत्त' क्याम्पसलाई बिहान ६ बजेदेखि १० बजेसम्म ‘नो मोबाइल जोन' घोषणा गरेका हुन्। 
‘पढाइको समयमा शिक्षक-विद्यार्थीले मोबाइलमा कुरा गर्दा शैक्षिक वातावरण प्रभावित भयो,' वृत्तका सदस्य पवन पौडेलले भने, ‘सबै विद्यार्थीबाट मोबाइल निषेधित क्षेत्र घोषणा गर्ने राय भएपछि नो मोबाइल जोन घोषणा गर्‍यौ।' मोबाइल फोन प्रतिबन्ध लगाएपछि क्याम्पसको शैक्षिक व्यवस्थापनमा सुधार आउने उनले आशा गरे।
वृत्तको बैठकले बुधबार क्याम्पसलाई मोबाइल प्रतिबन्ध क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वृत्तको निर्णयलाई क्याम्पस सहायक प्रमुख रघुराज काफ्लेले घोषणा गरेका थिए। नो मोबाइल जोनको घोषणालाई क्याम्पसका विद्यार्थीले ताली बजाएर समर्थन गरेका थिए।
शिक्षक र विद्यार्थीले कक्षाकोठामा मोबाइल साइलेन्स राख्नुपर्ने र अति आवश्यक परे क्याम्पसबाहिर गएर प्रयोग गर्नुपर्ने काफ्लेले बताए। मोबाइल फोन प्रयोग भए/नभएको वृृत्तले अनुगमन गर्ने छ। स्नातकोत्तरसम्म पढाइ हुँदै आएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीबाट आएको ‘नो मोबाइल जोन'को अवधारणाले क्याम्पसको स्तर बृद्धिमा टेवा पुग्ने क्याम्पस प्रमुख बैकुन्ठ न्यौपानेले बताए। ‘हामी क्याम्पसको स्तर बृद्धिको अभियानमा जुटिरहेका छौं,' उनले भने, ‘नो मोबाइल जोनको अवधारणाले हामीलाई समेत हौसाएको छ।' प्रतिबन्ध लगाएको समयमा कसैले मोबाइल फोन प्रयोग गरे १० रुपैयाँ जरिवाना तिनुपर्ने

ट्रक त्रिशुलीमा खस्यो, बालिकाको मृत्यु

तनहुँ, वैशाख  - पृथ्वी राजमार्ग अर्न्तगत धादिङको पिडा गाविसमा बुधबार दिउँसो ट्रक त्रिशुलीमा खस्दाँ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी ४ जना घाइते भएका छन्।
काठमाडौबाट धादिङको मलेखुका लागि छुटेको ना ३ ख ५६२६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल नदीमा खस्दा धादिङ मलेखुकी दुई बर्षिया प्रशंसा सेढाईको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी मंगलबार धादिङको ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको कारको अवस्था अझै खुल्न सकेको छैन्। नदीमा बेपत्ता कारको खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ।

तनहुँमा सात हजार मेट्रिक टन अदुवा उत्पादन

११ वैशाख, तनहुँ । तनहुँमा यसवर्ष सात हजार चार सय ७५ मेटि्रक टन अदुवा उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालय तनहुँले गत वर्षको तुलनामा यसवर्ष अदुवा उत्पादन बढेको जनाएको छ । गत वर्ष सात हजार २१ मेटि्रक टन अदुवा उत्पादन भएको थियो ।
जिल्लाका बैदी, कोटा, भिरकोट, रिसिङ, राम्झाकोटलगायतका करिब एक दर्जन गाविस अदुवा खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएका अदुवा करिब ७० प्रतिशत बाहिरी देशमा निर्यात हुने गरेको सो कार्यालयले जनाएको छ ।
अन्य खेतीको तुलनामा अदुवाखेती गर्न सजिलो, बढी मिहिनेत नपर्ने र मूल्य पनि राम्रै पाइने भएपछि अधिकाँश कृषक यसखेतीतर्फ आर्कषित हुन थालेको सो कार्यालयले जनाएको छ । अदुवा प्रति धार्नी रु चार सयसम्म बिक्री हुने गरेको बताइएको छ ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor