WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

कट्रिनासँग बदला लिंदै सलमान

रणबीरसँग सम्बन्ध तातिंदै गएपछि कट्रिना र सलमानबीचको सम्बन्ध झन बिग्रदै गएको छ । कट्रिनाले खुलेआम रणबीरलाई प्रेम प्रस्ताब गरेपछि सलमानलाई चोट त पर्ने नै भयो । अहिले सलमान कट्रिनालाई नभेट्ने मात्र होइन, बदला लिने सुरमा छन् । भारतीय बलिउड उद्योगमा कट्रिनालाई इन्ट्री गराई स्थापित गर्न कुनै कुसर बाँकी नराखेका सलमान अहिले उनको करियर सखाप पार्न लागिपरेका छन् ।
केहि समय यता कट्रिनाले सलमानसँग गरेको ब्यवहारका कारण उनीहरुबीच पानी बाराबारको स्थिति आएको सलमाननिकट एक स्रोतले जनाएको छ । रिस पनि कति उठेको होला सलमानलाई ? उनी अहिले कट्रिनालाई कुनै फिल्ममा नलिन आफूले चिनेजानेका सबै निर्माता-निर्देशकलाई आग्रह गर्दै हिडेका छन् । यति मात्र कहा हो र, कटरिनालाई फिल्ममा लिने जो कोहिसँग भविष्यमा काम नगर्ने चेतावनी समेत दिएका छन् । आफ्नो निर्माणधिन फिल्म ‘रेडी’ मा कट्रिनालाई लिने कुरा चलिरहँदा सलमानले उनको भूमिकामा जरीन खानलाई लिएका छन् । साथै एक अर्को फिल्ममा कट्रिनालाई हटाई पि्रयङ्का चोपडालाई अनुबन्धित गर्न लागेको बताइएको छ ।
अरुलाई नराम्रो गर्ने बानी सलमानमा नरहेको तर कट्रिनाको ब्यबहारकै कारण उनी दुःखी बनेको सलमानका एक निकट साथीले बताए । ‘बिग बोस’ नामक रियालिटी शोको शुटिङका क्रममा पनि उनीहरुबीच बादबिबाद परेको थियो । समयसँगै उनीहरुको सम्बन्ध सुधि्रनुको सट्टा झन बिग्रदै गएको छ । यद्यपी सलमानलाई अझै नजिकको साथी मानेको बताउँछिन कट्रिना ।

छोरासागै छोरीको पनि व्रतबन्ध


image
व्रतबन्धपछि मेन्जिना भट्टराईलाई पण्डित कुवेर सुवेदी जनै लगाइदिँदै । साथमा मेन्जिनाका बुबाआमा ।


सप्तरी, ४ वैशाख
सप्तरीका एक दम्पतीले छोरासँगै छोरीहरूको पनि ब्रतबन्ध गरिदिएका छन्  बकधुवा-७ का एक दम्पतीले आफ्नी छोरीको छोरा सरह व्रतबन्ध गरिदिएका हुन् 
धार्मिक रूपमा समेत छोरीहरूलाई छोरासरह अधिकार र मान्यता रहेको तथ्य स्थापित गर्न बकधुवा-७ का दुर्गा भट्टराई र विमला भट्टराईले आफ्नी सात वर्षीया छोरी मेन्जिना भट्टराईको हिन्दू परम्पराअनुसार व्रतबन्ध गरिदिए
 । भट्टराई दम्पतीका दुई छोरी मात्र छन् 
'सनातन हिन्दू धर्मले छोरा-छोरीबीच कुनै भेदभाव नगरेको सुन्दै आएको थिए', मेन्जिनाका बुवा दुर्गाले भने, 'छोरीले व्रतबन्ध गरी जनै लगाउने इच्छा गरेकाले पण्डितहरूसँग सल्लाह गरेर उनीहरूले सहमति जनाएपछि छोरीको व्रतबन्ध गरिदिएको हुँ
 ।'
व्रतबन्धअघि उनले सप्ताहव्यापी श्रीमद्भागवत महापुरण तथा शान्ति यज्ञको समेत आयोजना गरेका थिए
 । भागवत महापुराण वाचन गर्न आएका पण्डित कँुवेर सुवेदीद्वारा नै छोरीको कानमा गायत्री मन्त्र उच्चारण गरिएको भट्टराईले बताए । उनका अनुसार छोरी मेन्जिनालाई पण्डित सुवेदीले नै जनैसमेत लगाइदिएका थिए । छोरासरह छोरीको व्रतबन्ध गरिएको सप्तरीमा यो पहिलो घटना भएको भट्टराईको दाबी छ । 'छोरा-छोरीबीचको भेदभाव अन्त्यका लागि मात्रै भाषणमा नभई सबैलाई आ-आफ्नो ठाउँबाट केही न केही उदाहरणीय काम गर्नुपर्ने खाँचो छ । समाजमा एउटा सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले छोरीको व्रतबन्ध गरिदिएको हु,' भट्टराईले भने 

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor