बाग्लुङ, फागुन २८ -धौलागिरी अञ्चलका तीन जिल्लामा भुकम्पको महशुस भएको छ। शनिबार विहान ५ बजेर ५४ मिनेट जाँदा पर्वत, बागलुङ र म्याग्दीमा भुकम्पको धक्काको महसुस भएको थियो।जापानको मियागो शहरमा शुक्रबार ८..९ रेक्टरस्केलको भूकम्प गएको भोलिपल्ट यहाँ करिब पाँच, छ सेकेण्ड भुकम्पले कम्पन सृजना भएको हो। स्थानीय सयपत्री एफ.एम. काम गर्ने पत्रकार भाषा शर्माले समाचार बढिरहेको बेला कम्युटरको स्क्रिन हल्लेर पल्टेला जस्तो भएको बताइन्।
'समाचार बाचन गरिरहेको थिएँ,' शर्माले भनिन्,' एक्कासी कम्पनको महशुस भई कम्युटर हल्लिएपछि समाचार पढ्न असहज भयो।' पर्वत र म्याग्दीमापनि भुकम्पको महसुस भएको त्यहाँ स्थानीयले बताएका छन्।
कति रेक्टरको भुकम्पको धक्का गयो र कहाँ केन्द्र विन्दु थियो भन्ने आधिकारिक पुष्टी भने कसैले गरेको छैन।

9:56 PM
namaste Tanahun

0 comments:
Post a Comment