WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

माओवादीका महरा गृहमन्त्री- गृह नपाएपछी बर्षमान पुनद्धारा राजिनामा,

संचार मन्त्रीमा अग्नी सापकोटा स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत शान्ति मन्त्रीमा विश्वनाथ शाह महिला बालबालिका तथा समाज कर्याण मन्त्रीमा जयपुरी घर्ति मगर

काठमाडौं, २१ वैशाख
एकिकृत माओवादीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरुको नाम तोकेको छ । अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा सात मन्त्री र चार राज्य मन्त्रीको नाम चयन गर्नुभएको हो । पार्टि पदाधिकारीहरुको सुझावका आधारमा अध्यक्ष प्रचण्डले महरालाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा सिफारिस गर्नभएको छ । महराले यसअघि सम्हाल्दै आउनु भएको संचार मन्त्रीमा अग्नी सापकोटा स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत शान्ति मन्त्रीमा विश्वनाथ शाह महिला बालबालिका तथा समाज कर्याण मन्त्रीमा जयपुरी घर्ति मगरको नाम तय गरिएको छ ।

त्यस्तै राम चन्द्र चौधरीलाई भूमिसुधार उद्योमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुद मन्त्रीमा हितमान तामाङको नाम तोकिएको छ । अन्य मन्त्रीहरुमा धर्मशिला चापागाई हरिव्दुलाह खाँन धु्रव कुमार लिम्बु र देवी खडकाको नाम तय गरिएको छ । यसैवीच शान्ति मन्त्री वर्षमान पुन अनन्तले भने आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

गृहमन्त्रीका रुपमा चर्चामा रहेका उनले सो नपाएपछि राजीनामा दिएको स्रोतको दावी छ । राजिनामा पछि माओवादी अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई भेट्न बोलाउनु भएको स्रोतले बताएको छ । अनन्तको राजिनामा पछि माओवादी भित्र साम्य भएको भनिएको विवादले फेरी प्राथमिकता पाउने देखीएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृहमन्त्रालय दिने निश्चित भएपछि एमाले नेताद्धय माधव कुमार नेपाल र केपी शर्मा ओली गुटले धारणा तय गर्न आन्तरिक तयारी थाल्नु भएको बताइएको छ । केही दिन अघि प्रधानमन्त्री खनालले सम्वन्ध सुधारको लागी भन्दै दुवै नेतासंग निवासमै गएर भेट गर्नुभएको थियो ।

ज्योतिष विज्ञान भन्छ– २१ मे २०११ खतरापूर्ण

२१ मे २०११ साँझ ६ बजे भित्र (वि.सं. २०६८/२/७ गते शनिबार) को दिन नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ। ज्योतिषीय ग्रहहरूको गणनाअनुसार विश्वमा र नेपालमा ठूलो दैवीप्रकोप अथवा राजनैतिक घटना परिघटना हुने वा ठूला हस्ती मारिन सक्ने अनुसन्धानबाट देखिन्छ। कुनै प्रभावशाली नेताको निधन अथवा हत्या वा दुर्घटनाबाट मृत्युको योग पनि परेको देखिन्छ।
२१ मे २०११ साँझ ६ बजेको कुण्डली तुला लग्नको स्वामी शुक्र सातौं भावमा पीडित भई बसेकाले नेपालको स्वतन्त्र अधिकारमा अरुले हस्तक्षेप गर्ने देखिन्छ तर लग्नमा परेको स्वगृही दृष्टिले तथा बुध, बृहस्पति र मंगलको पूर्णदृष्टिले राष्ट्रिय पहिचानमा विवेकीहरू, बुद्धिजीविहरू, कलाकारहरू र सैनिकहरू जागरुक हुनेछन् साथै सफल पनि हुनेछन्। आठौं भावमा शत्रुक्षेत्री सूर्य पीडित भई बसेको छ तथा अष्टमेश शुक्र सातौं भावमा पीडित भई बसेको छ, जसको प्रभावले शासकीय स्वरूपमा परिवर्तन आउने देखिन्छ भने धर्मभावमा बसेको केतुको प्रभावले धार्मिक संगठनबीच दंगा हुने र अन्तिममा सनातन धर्मावलम्बीले जित्ने देखिन्छ। राहु र चन्द्रमाको तृतीय भावमा परेको विषयोगले कुलतीहरूको व्यापार व्यवसाय गुप्त रूपमा फस्टाउने देखिन्छ। झलनाथ खनालको सरकार बाह्रांै भावको शनिले र तेस्रो भावको चन्द्रमाले डग्मगाउने देखिन्छ। त्यसैले राष्ट्रको दिगो शान्तिको लागि शनि, राहु र सूर्य तथा चन्द्रमाको जय–हवन सरकारको तर्फबाट हुनु आवश्यक छ। होइन भने सोही ग्रहको प्रभावले नेपालको राजनीतिक धरातलमा जो कोही हस्तीको अवसान गर्ने गराउने कामसमेत नहोला भन्न सकिन्न। नेपालमा राजनीतिक उथलपुथल मच्चिन्छ। राष्ट्रिय एकतामा आँच आउने एवं राष्ट्रिय अखण्डतालाई टुक्राउने तत्वहरू सक्रिय हुनेछन् तर त्यसको मुकाविला राष्ट्रवादी शक्ति र नेपाली सेनाले गर्ने हुँदा केही रक्तपातको स्थिति पनि नआउला भन्न सकिँदैन। जसमा राष्ट्रवादी शक्ति (सेनाको विजय हुने योग देखिन्छ। ठाउँ ठाउँमा साम्प्रदायिक दंगा, धार्मिक आतंकवाद र आपराधिक गिरोहहरूले उद्दण्डता मच्चाउने प्रबल योग देखिन्छ। प्रहरी प्रशासनमा भ्रष्टाचार व्याप्त हुने र केही प्रहरीका उच्च अधिकृतहरू कानुनी दायरामा पर्ने योग परेको छ। भारतमा अष्टमा सूर्यको प्रभावले जुनसुकै क्षेत्रमा पनि ठूला ठूला आगजनी र चन्द्रमाको प्रभावले सामुद्रिक आँधीबाट जनधनको क्षति हुने देखिन्छ। केन्द्रमा बसेको शुक्र र मंगलको विरोधपूर्ण योगले भारतको नयाँ दिल्लीमा आतंकवादी हमला हुने देखिन्छ। धार्मिक, साम्प्रदायिक ठूला घटना घट्नेछन् जसको प्रभाव नेपालमा समेत पर्नेछ। जापानमा भने राहुसँग बसेको चन्द्रमाको प्रभावले फेरि पनि सुनामी र भुईंचालोको सम्भावना देखाउँछ। उत्तरी छिमेकी राष्ट्र चीनमा पनि साम्प्रदायिक दंगा र तिब्बतको विषयलाई लिएर युद्ध भड्किने तथा प्राकृतिक प्रकोपका घटना हुनसक्ने प्रबल योग ग्रह गोचरबाट देखिन्छ। पाकिस्तानमा आतंकवादी तत्वहरू सक्रिय हुने धेरै धनजनको क्षति हुने र हिंसा भड्किने, राजनीतिक उथलपुथल हुने योग देखिन्छ। अमेरिकामा पनि आतंकवादी हमला हुनसक्ने र ठूलो दैवी प्रकोपको घटना हुनसक्ने योग देखिन्छ।
आश्चर्यजनक कुरो के छ भने जेठ ७ गतेको कुण्डली उपर्युक्त राष्ट्रहरूको एउटै पर्न गएको छ। त्यसैले विश्वमा देखिने घटनाक्रम पनि पालैसँग थोरै प्रकृतिको हुनसक्ने योग देखिन्छ। हुन त त्यसदिन विश्वमै महाप्रलय हुने भन्ने भारत र अमेरिकाका कतिपय ज्योतिष र भूगर्भविद्हरूले दावी गर्दै आए तापनि महाप्रलय नै हुने देखिदैन। नेपालको हकमा उक्त दिनदेखि पछाडि नेता र राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा फैलिने र घृणा जाग्ने हुँदा अर्को नयाँ परिवर्तनको चाहना शान्ति र समृद्धिका लागि तीव्र हुनेछ। जनतामा धार्मिक र आध्यात्मिक चेतनाको खोजी सशक्त रूपमा बढेर जानेछ कुण्डलीको ग्रहस्थिति हेर्दा नेपालको पूर्वी तराई र राजधानीमा विस्फोटन, आपराधिक गतिविधि तीव्र हुनेछ भने प्रहरी प्रशासन कमजोर र निरीह बन्नेछ। त्यस अवस्थामा सेना शान्तिका लागि सक्रिय बन्नेछ। २१ मे २०११, २०६८ जेठ ७ गते शनिबार साँझ ६ बजेदेखि नेपाललगायत छिमेकी राष्ट्रहरू र विश्वमा हुने घटनाक्रमलाई हेर्न बाँकी नै छ, त्यसपछिको घटनालाई ग्रहहरूको योगको आधारमा थप भविष्यवाणी गर्नु उपयुक्त हुन्छ। -- ज्योतिषाचार्य शालिग्राम ढकाल

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor