म्याराथुनका विजेताहरुलाई रोटरी क्लब दमौलीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ र रोट्याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुदिप बानियाँ संयुक्तरुपमा ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाण पत्र वितरण गरेका थिए।
व्यासनगरपालिका- १० का १२ वर्षीय दिपेश रानाभाटले पूरै दूरी पार गरेका थिए। प्रोत्साहनस्वरुप उनलाई आयोजकले पाँच सय रुपैयाँ प्रदान गरेको थियो। दौडमा ५३ जनाको सहभागिता थियो।
२०५९ सालमा भारतमा आयोजित सम्मेलनमा सहभागी हुन जाँदा बस दुर्घटनामा परी ज्यान गुमाएका सचिनकुमार श्रेष्ठको स्मृतिमा रोट्याक्ट क्लब अफ दमौलीले हरेक वर्ष सचिन स्मृति ढौड प्रतियोगिताको आयोजना गर्दै आएको हो
11:42 AM
namaste Tanahun

