पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ ।
पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले नयाँ पार्टी खोलेर राजनीतिमा आउने तयारी गर्नुभएको छ । बिभिन्न साना मोर्चा र संघसंगठनलाई एकीकृत गरेर कटवालले आफ्नै नेतृत्वमा राजनीतिक मोर्चाको घोषणा गर्न लाग्नुभएको हो । लोकतन्त्र दिवसको अघिल्लो दिन आगामी बैशाख १० गते सुदुरपश्चिमको धनगढीमा नयाँ पार्टीको घोषणा गर्ने तयारी रहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार कटवालले पार्टीको नाम संयुक्त राष्ट्रिय मोर्चा राख्न लाग्नु भएको छ ।माओवादी युद्धताका सेना प्रहरीको गागिर छोडेर भागेका भगौडा सेना प्रहरी भगौडा माओवादी राजावादी गणतन्त्र र धर्मनिरपेक्षता विरोधी व्यक्ती तथा एक सय विभिन्न संघ संस्थालाई एकतृत गरेर कटवालले पार्टी घोसणाको तयारी गर्नुभएको हो । पार्टी घोषणा धनगढीको खुल्लामाचमा गर्ने बुझिएको छ । प्रधान सेनापतिबाट अबकाश लिएपछि पनि सेनालाई राजनीतिक रंग दिनेगरि बेलाबेला टिप्पणी गर्दै आउनुभएका रुम्माङ्गगत कतवालले माओवादी विरोधी दलहरु कमजोर भएको विश्लेषण गर्दै माओवादी विरुद्ध ससक्त उत्रन पार्टी गठन गर्न लाग्नु भएको स्रोतको दावी छ ।
पार्टी घोषणा पछी कटवालले युवा परिचालमा विशेष ध्यान दिने गरि संगठनको निर्माण र परिचालन गर्न लाग्नु भएको छ । सेनावाट अवकाश भएपछी आवश्यक परे राजनितिमा आउने बताइरहनु भएका कटवालको राजनितिक पार्टी माओवादीको लागी कसीलो प्रतिवाद हुनसक्ने बिश्लेषण गरीएको छ ।
11:36 AM
namaste Tanahun

