WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

आज सुपर मुन * डराउनु पर्दैन : वैज्ञानिकहरू

पृथ्वी र चन्द्रमा १९ वर्षयता शनिबार सबैभन्दा नजिक हँुदैछन् । नजिकै आउने भएकाले चन्द्रमा अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो -सुपर मुन) देखिनेछ । सुपर मुन औसत दूरीमा भन्दा पृथ्वीबाट ५० हजार किलोमिटर नजिक हुनेछ ।

सुपर मुनका कारण भूकम्प, सुनामीलगायत दैवीप्रकोप हुने विश्वास गरिए पनि त्यसमा सत्यता नहरकेको वैज्ञानिकहरूले बताएका

छन् । जापानमा आएको भूकम्प र सुनामीलाई सुपर देखिन लागेको घटनासँग जोडेर चर्चा गर्न थालिएपछि उनीहरूले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

'सुपर मुनको असरले समुद्री ज्वार आउनसक्ने भए पनि महाविनाशकारी घटना नै ल्याउँछ भन्नु गलत हो,' त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा.उदयराज खनालले

भने । उनका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जसलाई प्रक्रियालाई अर्थ-टाइड भनिन्छ ।

'सुपर मुनले विनाश मच्चाउने कुरा अवैज्ञानिक हो,' राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.देवीदत्त पौडेलले भने, 'चन्द्रमा पृथ्वीको निकट आउनु वा टाढा जानु एउटा नियमित खगोलीय प्रक्रिया हो ।'

चन्द्रमाले प्रत्येक साढे २९ दिनमा पृथ्वीलाई एक चक्कर लगाउँछ । यो चक्कर ५ डिग्री झुकेको लाम्चिलो गोलाकारमा

हुन्छ । लाम्चिलो गोलाकार चक्कर लगाउँदा चन्द्रमा कहिले पृथ्वीको नजिक कहिले टाढा पुग्छ । शनिबार यो पृथ्वीबाट २ लाख २१ हजार ५ सय ६७ माइलको दूरीमा हुनेछ । पृथ्वीबाट चन्द्रमाको औसत दूरी २ लाख ३८ हजार ८ सय ५७ माइल छ ।

हरेक खगोलीय पिण्डहरूले एक-अर्कालाई तानिरहेका हुन्छन् । चन्द्रमा र सूर्यले पनि पृथ्वीलाई त्यसरी नै तानिरहेका छन् । चन्द्रमा पृथ्वीको नजिकै आएपछि उसको गुरुत्वाकर्षण क्षमता बढ्न जाने भएकाले पृथ्वीमा हलचल आउन सक्ने भए पनि त्यस्तो हलचलको खासै क्षमता नहुने प्रा.डा.खनालले बताए । 'सुपर मुनको प्रभाव धेरै सामान्य हुन्छ,' नासाको गोडार्ड स्पेस प्लाइट सेन्टरका प्रमुख वैज्ञानिक डा.जेम्स गार्भिनले पनि भनेका छन् । उनका अनुसार यसमा पृथ्वीको सतहमा ठूलो हलचल ज्वारभाटा पैदा गर्न सक्ने क्षमता हँुदैन ।

सुपरमुनका बेला पृथ्वीमा दैवी विपत्ति भएका केही उदाहरण भए पनि वैज्ञानिकहरूले भने कैयन पटक केही नभएको समेत बताएका

छन् । सन् १९३८ मा सुपर मुन आउँदा न्युजिल्यान्डमा चक्रवात आएको थियो । सन् २००५ को इन्डोनेसियामा सुनामी आउनु दुई साताअघि सुपर मुन देखिएको थियो । यस्तै सन् २००४ मा एसियामा सुनामी आएको केही पछि पनि सुपर मुन देखिएको थियो । सन् १९५५, १९७४, १९९२ मा सुपर मुन देखिँदा भने मौसममा सामान्य खरावीमात्र भएको थियो ।

रंगको पर्व होली आज मनाइँदै

चैत्र, काठमाडौं । रंगको पर्व होली परम्परागतरूपमा विभिन्न रङ र अविर खेली काठमाडौं उपत्यकासहित पहाडि जिल्लाहरुमा शनिबार मनाइँदैछ । आपसी मेलमिलाप र सदभावनाको पर्वको रुपमा लिइने होली पर्व तराईका जिल्लाहरुमा भने भोली मात्र मनाउने गरिन्छ । होलीलाई फागु पर्व पनि भन्ने गरिन्छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साथीभाई र आफन्तजन भेला भएर समूह समूहमा होली खेलिरहेका छन् । हिजो पानी परेपछि काठमाडौं उपत्यकाको मौसम चिसो भएकोले होलीप्रेमीहरुलाई भने केही निराश बनाएको छ ।
एकसाता अघि फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक अगाडी गाडिएको चीरमा पूजाआजा गरेपछि होली पर्व सुरु भएको मानिन्छ । रंगीचंगी झल्लरीबाट सिंगारिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाएपछि होली सम्पन्न हुन्छ । यसैगरी ललितपुरमा गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा आपसमा रंग र अविर दलेर होली खेल्ने परम्परा चलेको मानिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रसायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति बढेको छ । कसैले इच्छाविपरित रंग वा लोला हान्यो भने सार्बजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ । होलीको नाममा कसैले जबर्जस्ती रंग वा लोला हानेमा १०० नम्बरमा टेलिफोन गर्न प्रहरीले आग्रह गरेको छ । उजुरी आउनेवित्तिकै पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।
फागु पर्व नेपाल, भारत, इटाली, श्रीलंका, अमेरिका, इन्डोनेसिया, जापानलगायत देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।

चुँदी रम्घामा भानु महोत्सवको आयोजना हुने



महोत्सव गर्ने लहरमा भिन्नै महोत्सवको रुपमा ‘साहित्यिक पर्यटनका लागि भानु महोत्सव’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा तनहुँमा ‘भानु महोत्सव २०६७’ को आयोजना हुने भएको छ । आदिकवि भानुभक्तले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरुप उहाँको देनलाई विश्वव्यापी पुर्‍याउने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।

भानुभक्तको जन्मस्थल(village)
                                 भानु जन्मस्थान विकास समितिद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा भाषिक एकताका प्रतीकका रुपमा परिचित आदिकवि आचार्यको जन्मस्थानको उत्थान र विकासका लागि सो महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।  समितिका अध्यक्ष श्रीभक्त आचार्य सो महोत्सवमा भारतका दार्जलिङ, कालिङ्पोङ सिक्किम लगायत स्थानहरुबाट प्रतिष्ठित साहित्यकारहरू आउने र करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।  उहाँले सो महोत्सवमा राष्ट्रिय कविगोष्ठी गरिने जानकारी दिँदै महोत्सवमा भानुभक्त आचार्यको ऐतिहासिक घर अवलोकन तथा उहाँले प्रयोग गर्नुभएको सामग्रीहरु पर््रदर्शनीमा राखिने जानकारी दिनुभयो।  साहित्यिक तर्ीथाटनका रुपमा रहेको रम्घा गाउँ र नेपाली भाषाका वाल्मीकिको रुपमा रहेका आचार्यको जन्मस्थानलाई साहित्यिक व्यक्तिहरूको तर्ीथाटनका रुपमा अगाडि बढाउनुपर्ने आयोजकले जोड दिएका छन् । महोत्सवमा रम्घाको संस्कृति झल्किने ५० वटा स्टल रहने आयोजकले जनाएको छ

पर्यटकलाई लोला हान्नेविरुद्ध प्रहरीको निगरानी

चैत्र, काठमाडौं । नेपाल घुम्न आएका बाह्य पर्यटकहरूलाई फागु पर्वमा जथाभावी लोला हान्ने र दुर्व्यवहार गर्नेहरूमाथि पर्यटक प्रहरीले विशेष निगरानी राख्ने भएको छ ।
सरकारले नेपाल पर्यटन वर्ष २०११ मनाइरहँदा पर्यटकहरूमाझ नकारात्मक सन्देश नजाओस् भन्ने उद्देश्यले काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटक प्रहरीले निगरानी राख्न लागेको हो ।
दस लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसहित शुभारम्भ भएको पर्यटन वर्षमा नेपाल आउने पर्यटकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै पर्यटक प्रहरी होलीमा २४ घण्टा नै तैनाथ हुने छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाका सहसचिव लक्ष्मण भट्टराईले होलीमा पर्यटकहरूको सुरक्षाको लागि प्रहरीलाई विशेष रूपले परिचालन गरिने बताउनुभयो । सहसचिव भट्टराईले वर्तमान परिस्थितिमा पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी भएकोले पर्यटक प्रहरी परिचालनसम्बन्धी विस्तृत योजना भने शुक्रबार तय हुने उहाँले जानकारी दिनुभयो ।
पर्यटन उद्योग महाशाखाअन्तर्गत पर्यटक प्रहरी शाखाका प्रहरी निरीक्षक भरत लामाले आफूहरू स्रोत र साधनले भ्याएसम्म काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटकको सुरक्षाको लागि तैनाथ हुने बताउनुभयो ।
पर्यटकहरूको चाप बढी हुने काठमाडौंको ठमेल, वसन्तपुर, पशुपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रहरूमा २४ घण्टा नै पर्यटक प्रहरी खटिने उहाँले भन्नुभयो ।

एसएलसी परीक्षामा कडाई गरिने

चैत्र, काठमाडौं । चैत १० गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी (प्रवेशिका) परीक्षालाई मर्यादित बनाउन सरकारले कडा नीति लिएको छ ।
विभिन्न सुरक्षा निकायका उच्चअधिकारीसहितको सहभागितामा शिक्षामन्त्री गङ्गालाल तुलाधरको अध्यक्षतामा शुक्रबार शिक्षा मन्त्रालयमा बसेको ‘एसएलसी परीक्षा वोर्ड’ को बैठकले परीक्षामा कडाई गर्ने निर्णय गरेको हो । विगतका वर्षमा परीक्षामा खुलेआम चिट् चोर्नेलगायतका विकृति देखिएकामा यसपटक त्यस्तो हुन नदिन आवश्यक तयारी भएको मन्त्री तुलाधरले बताउनुभयो । उहाँले चिट चोराउने शिक्षक, कर्मचारी वा सुरक्षाअधिकारीलाई सम्बन्धित ऐनअनुसार कारवाही गरिने र त्यस्तो कार्यमा अभिभावक सम्लग्न भएको पाइए सार्वजनिक अपराधको मुद्दा लगाइने निर्णय भएको जानकारी दिनुभयो । यसका लागि आवश्यक परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरीको परिचालन पनि गरिने भएको छ ।
परीक्षालाई मर्यादित बनाउने क्रममा यही चैत ८ गते जिल्ला र स्थानीयस्तरमा सबै सरोकारवालाको सहभागितामा बैठकहरू आयोजना गर्ने निर्णय पनि वोर्डले गरेको छ । यस वर्षको परीक्षामा कुल ४ लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थी र एकहजार ७२ वटा परीक्षा केन्द्र तोकिएका छन्

शनिबार चन्द्रमा पृथ्वीको नजिक आउने

चैत्र, काठमाडौं । नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूणिर्माका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ । पृथ्वी नजिक भएपछि गुरुत्वाकर्षका कारण समुन्द्रतटमा आउने ज्वारभाटामा केही वृद्धिबाहेक पूथ्वीमा कुनै विपत्तिजनक घटना नहुने खगोलविद् तथा ज्योतिषविद्को धारणा छ ।
शनिबारको दिन चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७७ किलोमिटर मात्रै टाढा हुनेछ । यसबाट भूकम्प, ज्वालामुखी विष्फोटन, सुनामी हुरीबतासजस्ता कुनै किसिमको विपत्ति नहुने तर समुन्द्रमा नियमितभन्दा ज्वारभाटाको उचाई केही वृद्धि हुने नेपाल खगोलीय समाजका संस्थापक सचिव सुरेश भट्टराई बताउनुहुन्छ ।
यसअघि २०४८ माघ ६ गते सोमबार पूणिर्माका दिन बिहान ४:१० मा चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार ५४८ किलोमिटर टाढा रहेको थियो । त्यसपछि २०६१ पुस २६ गते औँसीका दिन दिउँसो ३:५३ मिनेट जाँदा पनि चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७१ किलोमिटर दूरीमा रहेको थियो भने २०६५ मङ्सिर २८ गते राति ३:२३ मिनेटमा पूणिर्मा सुरुभएको चार घण्टा परसरेपछि पृथ्वीको ३ लाख ५६ हजार ५६७ किलोमिटर टाढा चन्द्रमा रहेको थियो ।
यसैगरी, दुई वा दुईभन्दा बढी ग्रह एकै ठाउँमा पर्दा, ती ग्रहहरू एक आपसबाट टाढा वा नजिक हुँदा विशेषगरी जलतत्वमा प्रभाव पर्ने ज्योतिषशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ् निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराई बताउनुहुन्छ । यस्तो अवस्थामा चन्द्रमाको प्रभावले लुकेर बसेको जललाई बाहिर ल्याउने, वर्षा गराउने र सूर्यको माध्यमबाट जल शोषण गरी डेढ महिनापछि सुख्खा गराउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा भट्टराई यस किसिमको प्रभाव नेपालमा पनि पर्नसक्ने बताउनुहुन्छ । पृथ्वीको नजिक चन्द्रमा आउने एउटा नियमित प्रक्रिया भएको र त्यस बखत सूर्यास्तपछि चन्द्रमाको आकार केही ठूलो देखिने गर्छ

बहत्तर वर्षपछि जेठा बाबुको काजक्रिया

तनहुँ, चैत - एक व्यक्तिले आफ्ना जेठा बाबु तिलकराम खनालको ७२ वर्षपछि  गरेका छन्। पैँतीस वर्षका उमेरमा विवाह गरी बर्मा हिँडेका जेठा बाबु तिलकराम घर नफर्किएपछि हिन्दू संस्कारअनुसार कुशलाई दागबत्ती दिई जामुने-२ गुणादीका ६१ वर्षीय नारायणदत्त क्रियामा बसेका हुन्।
  विसं १९६० मा जन्मिएका तिलकराम १९९५ सालदेखि परिवारको सम्पर्कमा आएका छैनन्। एक सय सात वर्षको उमेर भइसक्दा पनि जेठाबाबु घर नफर्किएपछि कुशलाई दागबत्ती दिइएको नारायणदत्तले बताए।
उनले आफ्ना जेठा बाबुको सन्तान नभएकाले आफूले हिन्दू संस्कारअनुसार अन्तिम विधि गरेको बताए।
तिलकरामसँग वैवाहिक जीवनमा बाँधिएकी केशीमायाको ९२ वर्षको उमेरमा १४ वर्षअघि मृत्यु भएको थियो। बुधबारदेखि क्रियामा बसेका नारायणदत्त तिलकरामका काइँला भाइ लीलाधरका जेठा छोरा हुन्

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor