
काठमाडौ , बैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले पार्टीको निर्णय विपरित गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री झलनाथ खनालको अस्तित्व समाप्त हुने चेतावनी दिनुभएको छ । तेह्रथुम सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा ओलीले माओवादीलाई गृहमन्त्रालय दिए शान्ति प्रकृया टुंगोमा नपुग्ने दावी गर्दै कुनै पनि हालतमा माओवादीलाई गृह मन्त्रालय दिन नहुने स्पष्ट पानुभयो ।
ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्षवीच भएको सातँबुदे सहमतिले मुलुक अगाडि बढ्न नसकेको भन्दै त्यस्तो सहमतिको भरमा मुलुक चल्न नसक्ने बताउनुभयो ।
निर्धारित समयमा समय बनाउन नसक्ने संविधानसभाको औचित्य समाप्त भईसकेको दावी गर्दै ओलीले संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नुहने बताउनुभयो ।
4:10 AM
namaste Tanahun


0 comments:
Post a Comment