, तनहूँ, चैत - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग कल-कारखानामा राजनीतिक हस्तक्षेप बढेकाले व्यवसायीहरु मर्कामा परेको बताएका छन्। राजनैतिक दलले आर्थिक क्रान्तिको नारा उठाएपनि मजदुरको नाममा राजनीति गर्ने दलका कार्यकर्ताहरुबाट अप्ठ्यारो र असहज परिस्थिति उत्पन्न भएको भन्दै उनले वर्तमान परिस्थितीमा देशमा आर्थिक क्रान्ति असम्भव भएको समेत बताए।
तनहुँ उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै जोशीले सोमबार राजनीतिक दलहरुको मजदुरलाई उचालेकै कारण व्यवसायीको लगानी धरापमा परेको बताए। उनले भने, 'लगानी धरापमा परेपनि व्यवसायी अझै निरास भएका छैनन्।'
दलको उक्साहटमा आएर मजदुरहरुले व्यवसायीको क्षमता भन्दा बढी पारिश्रमिक माग्ने गरेको भन्दै उनले मजदुरहरु उद्योगी व्यपारीको बशमा भन्दा दलको बशमा भर परेको बताए। 'हाम्रै पैसा लिएका मजदुरहरु हाम्रो बशमा छैनन, हाम्रो भरमा छैनन्।' उनले भने, 'कसैको भर्ती केन्द्र हो भने उनीहरुलाई किन पैसा दिने?' उद्योग कलकारखानामा कार्यरत मजदुरहरुलाई काम नगरी आन्दोलनमा जानका लागि व्यवसायीले लगानी गर्नुपरेको उनको भनाई थियो।
नेपाली जनताहरु सधै चुप लागेर राजनीतिक दलको खेललाई मात्र निहालिरहेकाले देशमा यस्तो अवस्था सृजना भएको उनले बताए। 'भारतमा प्याजमा एक रुपैया भाउ बढे सरकारले राजीनामा दिन्छ।' उनले भने, 'तर हामी चुप लागेर बस्छौ।' देशमा लगानी मैत्री वातावरण कहिल्य सृजना नभएको भन्दै उनले राजनीतिक दललाई तताउन जनताहरु चलाएमान हुन जरुरी रहेको बताए।
'संविधानमा पनि हामी व्यापारीको लगानी छ।' उनले भने, 'संविधान बन्ने वा नबन्नेमा पनि हामी चिन्तित छौ, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनौ।' राजनीति मुक्त उद्योग कारखाना पश्चात मात्र व्यवसाय गर्ने वातावरण सृजना हुने भन्दै उनले राजनीति भित्र उद्योग व्यवसाय संचालन गर्न नसकिने धारणा व्यक्त गरे। आर्थिक उन्नती र आर्थिक लगानी पश्च्ाात मात्र आर्थिक क्रान्ति सम्भव भएको भन्दै उनले गरिबी, बेरोजगारी बढाएर देशमा आर्थिक क्रान्ति नहुने धारणा व्यक्त गरे।
'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आर्थिक क्रान्ति अपरिहार्य छ।' जोशीले भने, 'यहाँ आर्थिक क्रान्तिको सट्टा राजनीतिक क्रान्ति चलेको छ।' राज्यले जनतालाई पुर्याउनु पर्ने सामान्य हक अधिकार समेत पुर्याउन नसकेको भन्दै जोशीले जनताहरु राज्यको भरमा नभई देउताको भरमा बाच्नु परेको बताए। 'केन्द्रिय कारागारमा गएर कसैले भित्रै गोली हान्न सक्छ।' उनले भने, 'आम नेपाली जसरी बाँचेका छन्, भगवानको देन हो।'
उद्योग बन्द गर्ने
हेटौडाका बन्द उद्योगको विषयमा उद्योगी र मजदुर विच वार्ता हुन नसके वार्ताको जिम्मेबार मजदुरहरुनै हुने भन्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मजदुरहरुले उद्योग बन्द गरेमा उद्योगी व्यवसायीले हेटौडाका मात्र नभई देशभरका उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिए।

8:00 AM
namaste Tanahun

0 comments:
Post a Comment