२ चैत्र, तनहुँ । जिल्लामा विषादीरहित तरकारी उत्पादन गर्न छ वटा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । तनहुँ आइपिएम कृषक एसोसिएसनको सहयोगमा आँबुखैरेनी गाविस वडा नं १ र २ मा एक हजार ७०० आइपिएम कृषक पाठशाला, बरादी आइपिएम कृषक पाठशाला, क्यामिन बर्लाची आइपिएम कृषक पाठशाला, शिवालय आइपिएम कृषक पाठशाला, छाङ गाविसको मनोहरी आइसपएम कृषक पाठशाला र छिम्लेश्वारा आइपिएम कृषक पाठशाला छन् ।
जिल्लाका कृषकलाई विषादीरहित तरकारी उत्पादनका लागि प्रोत्साहन गर्न प्रविधि, रासायनिक मल, वर्णसङ्कट जातका बीउ, कीराका विषादीहरू सहयोग गर्दै आइरहेकाको तनहुँ आइपिएम कृषक एसोसिएसनकी अध्यक्ष एवम् सहजकर्ता लक्ष्मी वाग्लेले जानकारी दिनुभयो ।
उक्त प्राविधिकद्वारा गरिएको तरकारीखेतीबाट करिब २०० कृषक प्रत्यक्षरूपमा लाभान्वित भएको उहाँले बताउनुभयो । जिल्लाको रिसिङ, दुलेगौडा, ढोरफिर्दीलगायतका ३५ गाविसमा आइपिएम पाठशाला सञ्चालन गरिसकिएको जानकारी दिँदै उहाँले उक्त अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक समूहलाई रु छ हजार बराबरको बीउवीजन, रासायनिक मल, विषादी प्रदान गरिएको छ । प्रत्येक कृषकले कम्तिमा तीन रोपनी क्षेत्रफलमा तरकारीखेती गुर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । यसरी उत्पादन गरिएको तरकारी कृषक स्वयम्ले बिक्री गरी आम्दानी लिन सक्ने बताइएको छ
8:09 AM
namaste Tanahun


0 comments:
Post a Comment