क्वालालम्पुर । नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रवासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने भएको छ ।
मलेसियाको निलाई शहरमा नै पहिलो पटक साँस्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकले बताएको छ । अप्रिल १७ का दिन बिहान ११ बजे देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसियामा कार्यक्रमको आयोजना हुने छ ।
आयोजक प्रवासी मगर संघ मलेसिया निलाई इकाई कमिटि हो भने सहआयोजक: भुपेन्द्र महतरा, केबी र किरण बजगाई रहेका छन् । साँस्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रवासमा नै काम गर्ने प्रवासी नेपाली रहेको अयोजकले जनाएको छ ।
कलाकारहरुमा क्रमश: सीमा, मीलन, रोशन, नगेन्द्र, सुरेश, सुमन, रामकृष्ण, भीम, दोरण, चीत्र, राज, श्रीराई, दीया, रमला, दीनेश र सुधा लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ ।
कार्यक्रममा प्रतियोगितात्मक भएकोले उपहारहरु पनि राखिएको छ । कार्यक्रममा प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, तितृय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई अन्य आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ । कार्यक्रम हेर्नको लागि प्रबेश शुल्क आर एम:१५ मात्र लाग्ने पनि आयोजकले जनाएको छ ।
तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागि निशुल्क बसको व्यवस्था गरिएको छ । कार्यक्रमको विशेष सहयोगीमा सयपत्री होटल, रमाइलो होटल, इन्द्रेणि होटेल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक:fwwmc , आई.एम.ई र रेमित- मास्टर रहेका छन् ।
9:44 PM
namaste Tanahun


0 comments:
Post a Comment