सेन्दाईमा भेटिएका १ सय १५ नेपालीको सूची सार्बजनिक
सरकारले जापानका भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि सुरक्षाकर्मीको एक टोली पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका २ जनालाई जापान पठाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प तथा सुनामी पिडितहरुका लागि ५ हजार थान कम्मल पनि पठाउने निर्णय गरेको पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबार केन्द्रीय कारागारमा भएको घटनाको छानविनका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक छानविन आयोग गठन गरेको छ । आयोगमा डीआइजी कुवेर सिंह र नायवमहान्यायाधीबक्ता पे्रमराज कार्की सदस्य रहनु भएको छ ।सेन्दाईमा भेटिएका १ सय १५ नेपाली शकुशल
जापानस्थित नेपाली राजदूतावासले सुनामीग्रस्त सेन्दाईमा हालसम्म सम्पर्कमा आएका १ सय १५ जना नेपालीको सूची सार्बजनिक गरेको छ ।
जापानबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार त्यहाँ रहेका नेपालीको अबस्था बुझ्न सेन्दाई पुगेका तोहुको बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु आशिष आचार्य, सन्दीप ढुङ्गाना र आधार लामिछानेले सेन्दाईका शिविरमा पुगेर तयार पारेको सूची दूतावासले सार्बजनिक गरेको हो ।
उनीहरुकाअनुसार अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु Sendai International Center / Multilingual Suppoert Center मा अस्थायी आश्रममा बसिरहेका छन् । त्यहां खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुचारु भएको छ ।
राजदूतावास शुक्रवारको भूकम्प तथा सुनामी क्षेत्रमा रहेका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ‘सञ्चार सम्पर्क विच्छेद भएका कारण अहिलेसम्म पनि नेपालीहरुको पूर्ण तथ्याङ्क हासिल गर्न नसकिएको भएपनि राजदूतावासले जापान सरकारको परराष्ट मन्त्रालय, प्रहरी लगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसंग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थावारे सूचना संकलन गरिरहेको छ’ दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजोसम्म सम्पर्कमा नरहेकी भूकम्पग्रस्त सेन्दाइमा रहेकी श्रीमती आङफुटी शेर्पा लगायतका नेपालीहरुसंग राजदूतावासले सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
सम्पर्कमा आएका नेपालीहरुको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।
2:50 AM
namaste Tanahun


1 comments:
la la mero ma pani update gharrko 6u yo news
Post a Comment