काठमाडौ चैत । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका बिदेशी कामदारले एम्नेष्टी इन्टरनेशनलमार्फत आफ्नो नाम दर्ता गराए वैधानिक भिषा प्राप्त गर्ने भएका छन् ।
गैरकानुनी रुपमा बसेको अबधि दश वर्ष पुगेको भएमात्र यस्तो सुबिधाको दावी गर्न पाइने भएको छ । दश वर्षभन्दा बढी कोरियामा बसेका चिनियाँ नागरिकहरुले भने गत साताबाट सो सुबिधा लिन थालीसकेको एम्नेष्टीले जनाएको छ ।
५ वर्षभन्दा बढी एकै ठाउँमा बसेको ब्यक्तीले सोही भूमिमा स्थायी बसोवास गर्ने अधिकार पाउनुपर्ने आबाज अन्तर्राष्ट्रियरुपमा उठेपछि विभिन्न देशहरुले यसलाई मान्यता दिन थालेका छन ।
कोरीयामा दशकौं बसेर त्यहाको आर्थीक बिकासमा टेवा पुर् याउनेलाई पनि कोरिया सरकारले सरकारले पक्राउ गरेर देश निकाला गर्दै आए पनि हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवावपछी दश वर्ष भन्दा बढी बस्नेलाई कोरियामै बसोबासको स्वीकृति दिने निण्र्ँय गरेको हो ।
6:41 AM
namaste Tanahun


0 comments:
Post a Comment