
10:21 AM

namaste Tanahun
No comments
महोत्सव गर्ने लहरमा भिन्नै महोत्सवको रुपमा ‘साहित्यिक पर्यटनका लागि भानु महोत्सव’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा तनहुँमा ‘भानु महोत्सव २०६७’ को आयोजना हुने भएको छ । आदिकवि भानुभक्तले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरुप उहाँको देनलाई विश्वव्यापी पुर्याउने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।
 |
| भानुभक्तको जन्मस्थल(village) |
भानु जन्मस्थान विकास समितिद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा भाषिक एकताका प्रतीकका रुपमा परिचित आदिकवि आचार्यको जन्मस्थानको उत्थान र विकासका लागि सो महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष श्रीभक्त आचार्य सो महोत्सवमा भारतका दार्जलिङ, कालिङ्पोङ सिक्किम लगायत स्थानहरुबाट प्रतिष्ठित साहित्यकारहरू आउने र करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले सो महोत्सवमा
राष्ट्रिय कविगोष्ठी गरिने जानकारी दिँदै महोत्सवमा भानुभक्त आचार्यको ऐतिहासिक घर अवलोकन तथा उहाँले प्रयोग गर्नुभएको सामग्रीहरु पर््रदर्शनीमा राखिने जानकारी दिनुभयो। साहित्यिक तर्ीथाटनका रुपमा रहेको रम्घा गाउँ र नेपाली भाषाका वाल्मीकिको रुपमा रहेका आचार्यको जन्मस्थानलाई साहित्यिक व्यक्तिहरूको तर्ीथाटनका रुपमा अगाडि बढाउनुपर्ने आयोजकले जोड दिएका छन् । महोत्सवमा रम्घाको संस्कृति झल्किने ५० वटा स्टल रहने आयोजकले जनाएको छ
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
0 comments:
Post a Comment