तनहुँ,29 चैत । आफू सुतेको ओछ्यानमा आइतबार राति अचानक आगालागी हुँदा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ ।व्यास नगरपालिका-१० बीसघरेस्थित पाटीमा लामो समयदेखि बस्दै आएकी नाम ठेगाना खुल्न नसकेकी ६०÷६५ वर्षकी वृद्धाको सुतेको ओछ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।साँझपख मैनबत्ती बालेर सुत्नेक्रममा मैनबत्ती ढलेर आगो लागेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
3:13 AM
namaste Tanahun


0 comments:
Post a Comment