
6:35 AM

namaste Tanahun
No comments

काठमाडौ ३ चैत । सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको सजाय सुनाएका पूर्व मन्त्री एवम् कांगे्रस नेता चिरििाजवी वाग्लेलाई आज प्रहरीले पक्राउ गरेको छ । बाग्लेलाई प्रहरीले उनकै कालो पुल र भत्केको पुलको विचमा रहेको घरबाटै पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा करिब ८ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा हिजो फैसला गर्दै सर्वोच्च अदालतले करिब डेढ वर्ष कैद तथा २ करोड ३ लाख जरिवाना र त्यत्ति नै बमोजिमको बिगो असूल गर्ने फैसला सुनाएको थियो । प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायधीश खिलप्रसाद रेग्मीको संयुक्त इजलासले त्यस्तो फैसला गरेको थियो । पटक पटक मन्त्री भएका वाग्लेले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको र स्रोत नखुलाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
0 comments:
Post a Comment