1.एसएलसी परीक्षा आजदेखि सुरु १० चैत । यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाँच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
चैत्र, विराटनगर । मोरङको विराटनगरस्थित एक ट्युसन सेन्टरबाट एसएलसीको अंग्रेजी विषयको प्रश्नपत्र बरामद भएको छ । एसएलसीको पहिलो दिन विहीबार देशभर अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहँदा प्रहरीले विराटनगरको एक्सेल एकेडेमी ट्युसन सेन्टरबाट प्रश्नपत्र बरामद गरेको हो ।
अपांगता भएका विद्यार्थीहरुलाई थप डेढ घण्टा समय दिइएको छ । सरकारले यसबर्ष चिट चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताउनुभयो ।
परीक्षाको लागि मुलुकभर एक हजार ६ सय ७२ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि ४७ हजार २ सय ४२ जना कर्मचारी खटिएका छन् । काठमाडौंमा सबैभन्दा बढी ८३ केन्द्रबाट २ हजार ८ सय ६० जनाले परीक्षा दिनेछन् । मनाङमा सबैभन्दा कम एउटा केन्द्रबाट १ सय २२ जनाले एसएलसी दिनेछन् । एसएलसी परीक्षा १८ गते सकिने छ ।
2.ट्युसन सेन्टरबाट एसएलसीको प्रश्नपत्र बरामदचैत्र, विराटनगर । मोरङको विराटनगरस्थित एक ट्युसन सेन्टरबाट एसएलसीको अंग्रेजी विषयको प्रश्नपत्र बरामद भएको छ । एसएलसीको पहिलो दिन विहीबार देशभर अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहँदा प्रहरीले विराटनगरको एक्सेल एकेडेमी ट्युसन सेन्टरबाट प्रश्नपत्र बरामद गरेको हो ।
प्रहरीले सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
3. जनसेना एसएलसीमा
यसैबीच यसवर्षको एसएलसी परीक्षामा चितवन र नवलपरासीबाट ६ सय २७ जनाले एसएलसी परीक्षा दिने भएका छन् । नवलपरासीस्थित चौथो डिभिजनबाट ५ सय ८० र चितवनस्थित तेस्रो डिभिजनबाट ४७ जना परीक्षामा सहभागी छन् । नवलपरासीका जनसेनाहरुले चोरमारास्थित नवलपुर र अरुणखोला बोर्डिङ स्कुलबाट परीक्षा केन्द्रबाट सहभागिता जनाएका छन् ।
चितवनका जनसेना जुटपानीस्थित पृथ्वी उच्चमावि परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएका तेस्रो डिभिजन शक्तिखोरका प्रवक्ता जनक विष्टले बताउनुभयो । उनीहरु सबै जनसैन्य खुला शिक्षालयबाट परीक्षामा सामेल भएका हुन् ।
10:54 PM
namaste Tanahun


0 comments:
Post a Comment