WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँका २६ वटा परीक्षा केन्द्रबाट ६ हजार ५७ जना प्रशिक्षार्थीले परीक्षा दिने

आजबाट सुरु हुने २०६७ सालको एसएलसी परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । यस वर्षो एसएलसी परीक्षामा तनहुँ जिल्लामा नियमित तर्फ५ हजार ५ सय ४२ जना, एक्जाम्टेट तर्फ५ सय १५ जना गरी ६ हजार ५७ जना प्रशिक्षार्थीहरु सामेल हुँदै छन् ।
विद्यार्थीहरुलाई सहज र शान्तिपर्ूण्ा रुपमा परीक्षा दिनका लागि जिल्लाका विभिन्न गाउँ विकास समितिमा २६ वटा परीक्षा केन्द्र तोकिएको र आवश्यक शान्ति सुरक्षाको प्रवन्ध मिलाइएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले बताउनु भयो ।
त्यस्तै कमालले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरु र प्रश्नपत्र तथा आवश्यक सामग्रिहरु पुर्‍याइ सकिएको र परीक्षा केन्द्रमा आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गर्नका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरुलाई जिम्मा दिइसकेको पनि जानकारी गराउनु भयो ।
यस वर्षो एसएलसी परीक्षा सञ्चालनका लागि सत्यवती उच्च माध्यामिक विद्यालय दमौलीमा क र ख, निर्मल उच्च माध्यमिक विद्यालय दमौलीमा क र ख, जलदेवि उच्च माध्यमिक विद्यालय, कालिका माथि देवघाट, बालविकास उच्च माध्यमिक विद्यालय भिरकोट, शिव उच्च माध्यमिक विद्यालय ऋषिङ्ग रानीपोखरी, महेन्द्र ज्योती उच्च मावि शिशाघाटलाई परीक्षा केन्द्र निधारण गरिएको छ ।
त्यस्तै, मिन उमावि थर्पु, खैरेनी उमावि खैरेनीटार, पञ्चमुनीदेव उमावि दुलेगौंडा, गाउँफर्कोदय उमावि ढोरफिर्दी, आधारभूत उमावि राइपुर, जनज्योती उमावि भिमाद, चन्द्रज्योती उमावि घिरिङ्ग सुन्धारा, सिर्द्धार्थ उमावि किहू, त्रिभुन उमावि रुपाकोट, विद्यानिकुञ्ज उमावि मिर्लुङ्ग, चन्द्रावती उमावि बसन्तपुर, कालीका उमावि पुर्कोट, होरालो शारदा शिक्षा सदन उमावि भानु, पवित्रा उमावि बन्दीपुर, भानु उमावि बन्दीपुर, रामशाह उमावि आँवुखैरेनी र माहेन्द्रि उमावि गजौडे परीक्षा केन्द्रहरु रहेका छन् ।

यसै गरी २०६७ सालको प्रवेशिका परीक्षामा देशभरिमा एक हजार ६ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको र परीक्षालाई मर्यादित बनाउन एक हजार ६ सय ७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको छ भने यस वर्षएसएलसी परीक्षामा देशभरबाट ४ लख ९६ हजार २ सय ४३ जना विद्यार्थीहरुले परीक्षा दिंदै छन ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला-जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइसकेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन् ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor