भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् । यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाटसमेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् ।
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।
बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।

10:42 PM
namaste Tanahun

0 comments:
Post a Comment