११ वैशाख, तनहुँ । तनहुँमा यसवर्ष सात हजार चार सय ७५ मेटि्रक टन अदुवा उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालय तनहुँले गत वर्षको तुलनामा यसवर्ष अदुवा उत्पादन बढेको जनाएको छ । गत वर्ष सात हजार २१ मेटि्रक टन अदुवा उत्पादन भएको थियो ।
जिल्लाका बैदी, कोटा, भिरकोट, रिसिङ, राम्झाकोटलगायतका करिब एक दर्जन गाविस अदुवा खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएका अदुवा करिब ७० प्रतिशत बाहिरी देशमा निर्यात हुने गरेको सो कार्यालयले जनाएको छ ।
अन्य खेतीको तुलनामा अदुवाखेती गर्न सजिलो, बढी मिहिनेत नपर्ने र मूल्य पनि राम्रै पाइने भएपछि अधिकाँश कृषक यसखेतीतर्फ आर्कषित हुन थालेको सो कार्यालयले जनाएको छ । अदुवा प्रति धार्नी रु चार सयसम्म बिक्री हुने गरेको बताइएको छ ।
6:49 AM
namaste Tanahun



0 comments:
Post a Comment