तनहुँ, वैशाख १९- घाँस दाउरा गर्न जाने क्रममा मर्स्याड्दी नदीले बगाउँदा सोमबार बिहान तनहुँमा आमा छोरीकै मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया गीता गुरुड र २० वर्षीया विनिता गुरुड रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।
गोरखाको ध्याम्पेसाल घर भएका ती आमा-छोरी केही समयदेखि तनहुँको आँबुखैरेनीमा कोठा भाडामा लिइ बस्दै आएका थिए। सोमबार बिहान घाँस दाउरा गर्न मर्स्याङ्दी नदी तरेर गोर्खाको जङ्गलमा जाने क्रममा उनीहरुलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए।
स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।
2:03 AM
namaste Tanahun


0 comments:
Post a Comment