नेपाल पर्यटन वर्ष २०११ को अवसरमा पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले तनहुँको पोखरी भाज्याङ गाविस-१ को बेलबासमा जिल्लाकै ठूलो माच निर्माण सुरु गरिएको छ । मादी र सेती नदीमा जलबिहार गर्न प्रवेश विन्दुको रुपमा विकास गर्ने उद्देश्यले उक्त माच निर्माण गरिन लागेको बताइएको छ ।
स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गरी रु एक लाख ५० हजारको लागतमा उक्त माच निर्माण गर्न लागिएको समाजसेवी यामबहादुर आलेले बताउनुभयो । उक्त माच जिल्लाकै ठूलो भएको दाबी उहाँले गर्नुभयो । मित्रता युवा क्लबको सकि्रयतामा उक्त माच निर्माण कार्य थालिएको छ । पर्यटन वर्ष २०११ नजिकिँदै जाँदा मादी र सेती नदीमा जलबिहार गर्ने पर्यटकको सङ्ख्या बढ्दै जान थालेपछि यसको प्रवेश बिन्दुको रुपमा बेलबासलाई उपयुक्त ठानी माच निर्माण गर्न लागिएको समाजसेवी आलेले बताउनुभयो

10:50 PM
namaste Tanahun

0 comments:
Post a Comment