
11:58 PM

namaste Tanahun
No comments

तनहुँ, फागुन - महाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्। उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।
घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका दिनेश दरैलाई थप उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ।

Posted in:
2
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
0 comments:
Post a Comment