WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

कुशलले बनाए हावाबाट गुड्ने कार

फागुन, बागलुङ । सोलारबाट गुड्ने कार बनाएर देशव्यापी चर्चा कमाएका बागलुङका युवा बैज्ञानिक कुशल केसीले हावाबाट गुड्ने कार बनाउनु भएको छ । जम्मा नौ दिनमा हावाबाट गुड्ने कारको नमुना बनाई केसीले परिक्षण गर्नु भएको हो ।

‘हावा दिदा गुड्ने कार विश्वकै पहिलो हो’ बागलुङ बिनामारे ७ का १७ बषिर्य कुशलले भन्नुभयो-’छोटो समयमा धेरै मेहनत गरेर परिक्षण सफल गराउन सकें ।’ कारलाई फागुन २४ गते त्रिभुवन बिश्वबिद्यालय कीर्तिपुरमा सार्वजनिक गरिने छ । त्यसैगरी चैत १ र २ गते हृवाइट हाउस कलेजमा आयोजना हुने हिमालयन साइन्स फेयर २०११ मा प्रदर्शन गरिने बताइएको छ ।
इन्धनबाट भन्दा वातावरणिय लगायतका महत्वले पनि हावाबाट चल्ने कार भविष्यका लागि आवश्यक हुने उहाँले बताउनुभयो । काठमाडौंको नासा इन्टरनेसनल कलेज कक्षा ११ बिज्ञान संकायमा अध्ययनरत कुशलले जाडो बिदाको समयलाई सदुपयोग गरी कारको नमुना बनाएर सफल परिक्षण गरेको बताउनुभयो ।
‘काठ, बल्ब बेरिङ, प्लाष्टिक मिलाएर हावाको टर्वाइन दिँए, कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिँदा कार चल्यो’ केसीले भन्नुभयो-’यसमा डाइनामो, इन्जिन र अन्य व्याट्री केहि पनि छैन, हावा दिँदा गुडिहाल्छ ।’
चाहेको गतिमा चलाउन हावा बढाए पुग्ने उहाँको भनाई थियो । ‘दिनमा करिव १५ घण्टा भन्दा बढि समय लगाएर नौ दिनमा आमा बावाको अघि कार परिक्षण गराएको हुँ ।’ उहाँले भन्नुभयो-’हावाले गुड्ने कार हुन्छ जस्तो लागेको थिएन, चार पटकको प्रयासपछि सफल भएँ ।’
नमुना कार निर्माण गर्न १८ हजार खर्च भएको र कार निर्माणका लागि कलेजले सहयोग गरेको उहाँले बताउनुभयो । उक्त कार कार्टुन, काठ, प्लाष्टिक र लुगा सुकाउने तारको चक्काबाट बनाइएको छ ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor