तनहुँ, चैत २९- तनहुँ गजरकोट ५, पुट्टारका खड्गबहादुर विश्वकर्माले रकम पाएका छन्। हिमाल रेमिटका सौरभ बजगाईँले मुक्तिनाथ मनि ट्रान्सफरको कार्यालयमा विश्वकर्मालाई रकम बुझाएका हुन्।
रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'
एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।
दुबईमा कार्यरत खड्गका छोरा पद्म विश्वकर्माले चैत ३ गते खड्गबहादुरको नाममा पठाएको ५९ हजार ४० रुपैयाँ गाउँकै होमनाथ ढकालले नक्कली नागरिकताको प्रमाण पत्र बुझाएर रेमिटान्सबाट निकालेका थिए।
रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'
एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।
3:11 AM
namaste Tanahun

0 comments:
Post a Comment