तनहुँ, चैत १६- निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आफ्नो जिल्लाको विकासका लागि संसदमार्फत् पठाइएको रकम तनहुँकी सभासदले स्याङ्जामा खर्च गरेकी छिन्। नेकपा एमालेबाट समानुपातिकतर्फकी सभासद हसिना बेगमले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपियाँ माइती जिल्ला स्याङ्जा पठाएकी हुन्।
योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।
स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।
तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।
तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।
आर्थिक वर्ष ०६७/६८ का लागि आएको १० लाख रुपियाँ उनले स्याङ्जाका विभिन्न मदरसा, मस्जिद, आमा समूह र एक विद्यालयलाई छुट्टाएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ। बेगमले ६ मदरसा विद्यालयका लागि ५ लाख ५० हजार, दुई मुस्लिम आमा समूहलाई २ लाख ८५ हजार र फूलबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपियाँको योजना कार्यक्रममा उल्लेख भएको जिल्ला विकास समिति स्याङ्जाका बुद्धिप्रसाद रेग्मीले बताए। बेगमले प्रशासनिक खर्चका लागि ५० हजार, प्राविधिक खर्चका लागि १५ हजार छुट्टाए पनि ५० हजारको योजना भने अहिलेसम्म तोकेकी छैनन्।
योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।
स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।
तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।
तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।
11:51 AM
namaste Tanahun

0 comments:
Post a Comment