तनहुँ, फागुन २६- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारलाई माओवादीले सहयोग गरे पनि काम गर्न नसकेको बताएका छन्। माओवादीले नेतृत्व पाएको भए दुई वर्षअघि नै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई संविधानसमेत जारी गरिसक्ने दाबी पनि उनले गरे।'माओवादीले झलनाथजीलाई जोतिराखेको छ तर बूढो गोरुले जोत्नै सक्नुभएन्, उनले भने- बहर गोरुले जोत्न पाएको भए २ वर्षअघि नै काम सकिइसक्थ्यो।
भानु-८ स्थित हिमालय माध्यमिक विद्यालयको ३७ औं वार्षिकोत्सव उद्घाटन गर्न तनहुँको चाम्बास आएका नेता भट्टराईले माओवादीले एमालेलाई प्रधान मन्त्री दिएर भए पनि रष्ट्रिय सहमतिको सरकार गठन गर्न लागिपरे पनि एमालेले काम गर्न नसकेको टिप्पणी गरेका हुन।
वर्तमान समयमा संविधान निर्माण र शान्ति प्रक्रिया टुड्गोमा पुग्न कठिन रहेको भन्दै नेता भट्टराईले जेठ १४ गते पनि संविधान जारी नभए देश भयावह अवस्थामा पुग्ने धारणा व्यक्त गरे। संविधान निर्माण दलहरुको प्रमुख दायित्व भएकाले आन्तरिक स्वार्थभन्दा माथि उठेर सबै दलले संविधान निर्माणका लागि खनाल नेतृत्व सरकारलाई समर्थन गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने उनले बताए।

| हामी "FACEBOOK"मा पनि छौ। ताजा खबरका लागिADD US,THERE"NAMASTE TANAHUN" |
12:32 AM
namaste Tanahun

0 comments:
Post a Comment