तनहुँ, फागुन २६- लास जलाउनका लागि मलामी चढेर आउँदै गरेको बस दुर्घटना हुदाँ तनहुँमा बिहीबार साँझ २० मलामी घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।तनहुँको अरुणोदयबाट शव लिएर आउँदै गरेको ग १ ख २१४३ नम्बरको बस अरुणोदय- ५, ओख्लेपानीमा सडकदेखी करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते मध्ये सबै अरुणोदय गाविसका बासिन्दा रहेका छन्।
गम्भीर घाइतेमध्ये १० जनालाई थप उपचारका लागि पश्चिमाञ्ल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र अन्य घाइतेको भिमादस्थित स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ।
| WE ARE IN FACEBOOK ,FOR FAST NEWS YOU CAN ADD US THERE!! |
9:04 PM
namaste Tanahun


0 comments:
Post a Comment