ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्।
काठमाडौं, १९ बैशाख ('नमस्ते तनहुँ')
अल कायदाका प्रमुख तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यू भएको छ। अमेरीकी अखवारहरूसहित अल जजिराले समेत यस खबरको पुष्टी गरेको समाचार प्राप्त भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ओसामा बिन लादेनको मृत्यू शरिर फेलापरेपछी उनको मृत्यू पुष्टी भएको छ। यस सम्बन्धमा ओसामा बिन लादेनको डिएनए परिक्षण गरेपछी मात्र घट्नाको पुष्टी गरेको थियो। अमेरीकी सैनिकहरूले अघिल्लो हप्ता पाकिस्तानमा अल कायदा माथी आक्रमण गर्दा ओसामा बिन लादेन मारिएका थिए। तर अमेरिकी अधिकारीहरूले यस घट्नाको पुर्ण बिश्वस्त नभएसम्म यसबारेमा कुनै समाचार निस्कन दिएका थिएनन्। अब यस घट्नाको पुर्ण सत्यता पुष्टी हुनासाथ अमेरिकी राष्ट्रपती ओबामा आफैले ओसामा बिन लादेन मारिएको पुष्टी गरेका छन्।यस सम्बन्धमा अमेरिकी राष्ट्रपती ओबामाले भर्खरै टेलिभिजन मार्फत वक्तव्य समेत दिर्इसकेका छन्। उनले आफ्नो वक्तव्यमा ओसामा बिन लादेन पाकिस्तानमा लुकेर बसेको एक बर्षदेखी थाहाँ भएतापनि उनी लुकेको वास्तविक स्थान थाँहा भएको थिएन। गत अगष्ट ६ मा ओसामा बिन लादेन रहेको ठाँउ पत्ता लगाएपछी उनी माथी हमला गर्न पाकिस्तानमा रहेको अमेरिकी टोलीलार्इ आदेश दिएको थियो। यस हमलामा पाकिस्तानको समर्थन रहेको तथा कुनै पनि अमेरिकी सेनाको हताहत भएको छैन। ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्। ओबामाका अनुसार ओसामा बिन लादेन कुनै इस्लामिक धार्मिक नेता नभएर एक आतंकवादी मात्र भएको समेत बताएका थिए। उनले अगाडी अमेरिका इस्लाको बिरूध्द नभएर आतंकवादको मात्र बिरोधी भएको समेत स्पष्ट पारेका थिए। ओबामाले यस घट्नाले अमेरिकाको आतंकवाद बिरूध्दको युध्दमा एक ठुलो बिजय भएको समेत बताएका छन्।
खबरका अनुसार ओसामा बिन लादेन पाकिस्तानको इस्लामाबाद नजिकै सीआईएले चलाएको एक अपरेशनको शिकार बनेको छ। उक्त अपरेशनमा लादेनका साथ उनको २० नजिकका समर्थकहरू समेत मारिएका छन्। यस घट्नालार्इ अमेरिकीहरूले ठुलो उपलव्धीका रूपमा लिएका छन्। घट्नाको पुष्टीसंगै बिश्वभर यस खबरले ठुलो तहलका मच्चाएको छ।
१० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका ओसामा बिन लादेन, अल कायदा नामक आतंकी संगठन का प्रमुख हुन। उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए। ९ सितंबर २००१ का दिन उनको संगठनले अमरीकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी बिश्वभर यस संगठन बारेमा चर्चा चलेको थियो। यस संगठनले बिश्वभर आतंकी गतिविधिहरू संचालन गरिरहेको छ।
10:25 PM
namaste Tanahun


0 comments:
Post a Comment