आजको दिनमा विवाहित महिलाहरुले रातो कपडा र गहनामा सजिएर विभिन्न्न मिस्ठान्न परिकार सहित आमालाई सम्झन्छन ।
काठमाडौं, २० बैशाख (namaste tanahun)
आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थऔसी । आमा प्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशिर्वाद लिएर माता तिर्थऔसी मनाइदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा खानेकुरा खान दिई आशिर्बाद थाप्ने चलन छ । आमा नहुनेले भने काठमाडौ उपत्यकाको १० किलोमिटर पश्चिमदक्षीणमा अवस्थीत मातातिर्थकुण्डमा गई कपाल मुण्डन गरेर स्नान पिण्डदान र शाद्धाकर्म गरेर सम्झने गर्दछन । कुण्डमा गएर आमाको मुख हेरीने भएकाले पनि यस दिनलाई आमाको मुख हेर्न दिन भनिएको हो । खास गरेर आजको दिनमा विवाहित महिलाहरुले रातो कपडा र गहनामा सजिएर विभिन्न्न मिस्ठान्न परिकार सहित आमालाई सम्झन्छन । मातातिर्थ मन्दीरमा बिहानैदेखि स्नान गर्नेहरुको भिड लागेको छ । मेलालाई व्यवस्थित गर्न चार सय स्वयंसेवक खटाइएको व्यावस्थापन समितिले जनाएको छ । सुरक्षाका लागि थानकोट बलम्वु मातातिर्थबाट प्रहरी परिचालन गरिएको माता तिर्थसंरक्षण तथा बिकास संस्थाले बताएको छ ।
2:28 AM
namaste Tanahun


0 comments:
Post a Comment